राजनीतिज्ञ भुइँदल राईको निधन

समाचार

लिभु संवाददाता
काठमाडौं– राजनीतिज्ञ तथा सामाजिक अभियनता भुइँदल राईको ९१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अल्जाइमरलगायत रोगबाट ग्रसित राईको सुनसरीको इटहरी उपमहानगरपालिका–९ ओसियन पार्कस्थित माइला छोरा पार्थराजको घरमा बुधबार निधन भएको हो ।

भुइँदलको जन्म १९८६ साउन ११ गते माझकिरात भोजपुरको सिन्द्राङ–१ माक्साहुत (हाल– हतुवागढी गाउँपालिका–३) गाउँमा भएको थियो । राई राजनीतिक रूपमा तत्कालीन हतुवागढी भीमेश्वर ग्रामपञ्चायतको तहबिल (सचिव), भोजपुरको पहिलो जिल्ला सभापति, प्रधानपञ्च, सगरमाथा अञ्चल पंचायतका निर्देशन अधिकारी र राष्ट्रिय पंचायतका सदस्य हुनुहुन्थ्यो ।

राजनीतिक, सामाजिक, सांस्कृतिक, सामाजिक विभेद, कृषि लगायत विषयका लेखक राई समाजमा ‘थाम्पुक ल्हिम किरात’ नामबाट परिचित हुनुहुन्थ्यो । उहाँको विविध विषयका ९७ वटा पुस्तक कृति प्रकाशित छन् । ‘जाँडरक्सीमात्र खाएर जिउँने हाम्रो समाजमा पढ्न, लेख्नतिर डो¥याउन सकिन्छ कि भनेर मैले बाटो लिएँ,’ उहाँ जीवित छँदै भन्नुभएको थियो, ‘तर हाम्रो संस्कार छैन । न राजनीतिक संस्कार या पढ्ने नै । मैले त पुस्तक लेखेर, बेचेर धन कमाउन सक्छु भनेर एकपछि अर्को प्रकाशन गरेँ । तर आफन्तहरू सबै बिरानो भए । बोल्यो भने भूइँदलले किताब टत्र्mयाउँछ । बरु नचिनेजस्तो गरेपछि आनन्दै । तर मैले पुस्तक लेखन र प्रकाशन गर्न छाडिन ।’

राईको चार छोरा गंगाराज, पार्थराज, किवाङहाङ तथा थाङमेतहाङ र तीन छोरी चङमायुमा, हाङकोयुमा तथा छेन्नुयुमा हुनुहुन्छ । उहाँको बिहीबार किरात मुन्दुम विधिअनुसार सुनसरीको धरानस्थित हरियाली वनमा समाधिस्थ गरिने जेठा छोरा गंगाराज राईले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published.