गणेश र कमलसिंलाई ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’

काठमाडौं – किरात वाम्बुले राई भाषाको पत्रिका लिब्जु भुम्जुका सम्पादक गणेश राई ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’बाट पुरस्कृत भएका छन्।

आज(शुक्रबार) २५औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२५ को अवसरमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
बद्री प्रसाद पाण्डे र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले संयुक्त रुपमा राईलाई पुरस्कार प्रदान गरेका हुन्।

प्रतिष्ठानले सृजनाका माध्यमबाट पहाडी र हिमाली क्षेत्रमा बोलिने नेपाली,वाम्बुले भाषा,,साहित्य संरक्षणमा योगदान दिएकाले राईलाई पुरस्कृत गरिएको जनाएको छ। पुरस्कार राशी एक लाख रहेको छ। राई गोरखापत्रको नयाँ नेपाल बहुभाषिक पृष्ठमा थप समावेश गरिएको वाम्बुले राई भाषापृष्ठको संयोजकसमेत हुन्।

यस्तै,गोरखापत्रको नयाँ नेपाल बहुभाषिक पृष्ठमा समावेश गरिएको थारु भाषापृष्ठका संयोजक कमलसिं रानाथारु पनि नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कारबाट पुरस्कृत भएका छन्।

प्रतिष्ठानले तराई मधेश क्षेत्रमा बोलिने मातृभाषा(रानाथारु)को साहित्य सम्बृद्धिमा पुर्याएको योगदानलाई कदर गर्दै रानाथारुलाई पुरस्कृत गरिएको जनाएको छ। पुरस्कार राशी एक लाख रहेको छ।

प्रकाशित : शुक्रबार, फागुन ०९, २०८१२३:१८