विरोधले छोएन दीपिकाको ‘पद्मावत’लाई, पहिलो दिनमै गतिलो आम्दानी

मनोरन्जन

एजेन्सी  ।बलिउडका विवादास्पद निर्देशक सञ्जय लीला भन्सालीको बहुप्रतिक्षित फिल्म ‘पद्मावत’ ले पहिलो दिन दर्शकबाट राम्रो प्रतिक्रिया पाएको । करणी सेनाको तीब्र विरोधका बावजुद दर्शकले हिम्मत देखाउँदै यो फिल्मलाई सुपरहिट बनाएका हुन् ।

२५ जनवरीमा रिलिज गरिएपछि बक्स अफिसमा ‘पद्मावत’ को कमाई धेरै राम्रो देखिएको हो । करणी सेनाको धम्की र हंगामालाई बिर्सँदै दर्शकहरु पद्मावत हेर्न हलसम्म पुगेका छन् । दर्शकहरुले हलसम्म पुगेर सञ्जय लीला भन्साली, दीपिका पादुकोण र रणवीर सिंहको समर्थन गरेका हुन् । यसको प्रमाण फिल्म हलमा लागेको दर्शको भिड पनि भएको छ।

देशका सिनेमा हलक ३५ प्रतिशत पर्दामा यस फिल्मलाई रिलिज गरिएको छैन । जसका बावजुद पनि यो फिल्मले पहिलो दिनमा करिब १७ देखि २० करोडको कमाई गर्न सफल भएको हो ।

यसभन्दा पहिले २४ डिसेम्बरमा फिल्मको प्रिभ्यु स्क्रीनिङ्ग गरिएको थियो । फिल्म विश्लेषक तरण आदर्शले एक ट्वीट गर्दै बुधवार भएको प्रिभ्यु स्क्रीनिङ्गमा ‘पद्मावत’ले ५ करोड रुपैयाँ कमाएको थियो ।

ट्रेड विश्लेषक अक्षय राठीले बताए अनुसार विरोधको स्वर शान्त भएमा यो फिल्म बम्पर कमाई गर्ने बताएका छन् । ‘मलाई विश्वास छ राजपुतहरु यस फिल्मलाई देखेपछि गर्व महसुस गर्नेछन्’, उनले भनेका छन् । ‘पद्मावत’ हिन्दी, तमिल र तेलुगु भाषाका साथै देशभरका ७ हजार पर्दामा रिलिज भएको छ ।

Leave a Reply

Your email address will not be published.