चेल्सी र आर्सनलको ‘लण्डन डर्बी’ आज

खेल

एजेन्सी । प्रिमियर लिगको साविक विजेता चेल्सीले आज आफ्नो लण्डनको छिमेकि आर्सनलको सामना गर्दै छ । आर्सनलको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार १.३० बजे सुरु हुने छ ।

आर्सनलका लागि दुई मुख्य खेलाडि मिडफिल्डर मेसुट ओजिल र डिफेन्डर एवम् कप्तान लोरेन्ट कोसियल्नी घाइते रहेका छन् । त्यस्तै सिड कोलासिनाच, ओलिभर जिरुड र आरोम राम्जी पनि घाइते छन् । आर्सनलले आफ्नो पछिल्लो खेलमा वेस्ट ब्रोमसँग १-१ को बराबरी खेलेको थियो ।

अर्को तर्फ चेल्सीको प्रशिक्षक एन्टोनियो कोन्टेका लागि सबै मुख्य खेलाडिहरु फिट रहेका छन् । डिफेन्डर आन्द्रेस क्रिस्टेन्सन र मिडफिल्डर एडेन हाजार्ड पनि टोलीमा फर्किने देखिन्छ ।

आर्सनल आफ्नो पछिल्ला १७ घरेलु मैदानमा खेलिएका खेलहरुमा १६ मा अपराजित रहेको छ । यी दुई बीच खेलिएका पछिल्ला दुवै खेल बराबरीमा टुङिएको थियो ।

Leave a Reply

Your email address will not be published.