आयोगले ७७ जिल्लाकै निर्वाचन अधिकारीलाई प्रशिक्षण दिदैँ

मुख्य समाचार

काठमाडौ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन प्रक्रिया, मतगणना लगायतका प्रक्रियागत बिषयमा आज ७७ जिल्लाकै निर्वाचन अधिकारीलाई प्रशिक्षण दिदैँछ ।

आयोगले काठमाडौं, बिराटनगर र नेपालगञ्ज गरी तीन स्थानमा जिल्ला निर्वाचन अधिकारीलाई प्रशिक्षण प्रदान गर्न लागेको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

प्रशिक्षणमा ७७ वटै जिल्लाका निर्वाचन अधिकृत सहभागी भएका छन् । प्रशिक्षणमा राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया, मतपत्रको प्रयोग र मतगणनाको विषय समावेश गरिएको छ ।

प्रशिक्षण पश्चात जिल्ला निर्वाचन अधिकारीले सम्बन्धित जिल्लामा रहेका राष्ट्रिय सभाका मतदातालाई माघ १४ देखि १८ गतेभित्र निर्वाचन प्रक्रियाबारे जानकारी गराउनुपर्नेछ ।

बहुमतीय र एकल संक्रमणीय प्रणालीका आधारमा माघ २४ गते हुने निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ हजार ५६ मतदाता सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published.