युगकवि श्रेष्ठको प्रतिमामा माल्यार्पण तथा स्मरण

मुख्य समाचार

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानको सहआयोजनामा युगकवि सिद्विचरण श्रेष्ठको १४३ओैँ जन्मजयन्तीका अवसरमा उहाँको योगदानबारे स्मरण गरिएको थियो ।

प्रतिष्ठान परिसरमा रहेको युगकवि श्रेष्ठको प्रतिमामा माल्यार्पणसहित युगकवि श्रेष्ठले नेपाली साहित्यमा पुर्याएको सिर्जनात्मक र क्रान्तिकारी योगदानबारे परिचर्चा गरिएको थियोे। यसैबिच ७८ वर्षको उमेरमा कीर्तिशेष हुनुभएक‍ी युगकविकी माहिँली सुपुत्री सरिता श्रेष्ठ खैगोलीप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले युगकवि सिद्विचरण श्रेष्ठलाई निरङ्कुश राणाशासनविरुद्ध नेपाली साहित्यमा क्रान्ति ,सङ्घर्ष र बहुभाषिक सिर्जनालाई अघि बढाउन सफल व्यक्तित्वको रूपमा चित्रण गर्नुभएको भएको थियोे । प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ’विमल निभा’
ले युगकवि सिद्विचरण श्रेष्ठका कवितामा पाइने युगीन चेतना र प्रभावबारे धारणा राख्नुभएको थियो।

कार्यक्रमको ओैचित्यबारे प्रकाश पार्दै स्वागत मनतव्यका क्रममा प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले युगकवि सिद्विचरण श्रेष्ठले नेपाली साहित्यको स्वच्छन्दतावादी तथा प्रगतिवादी धारामा पुर्याएको योगदानबारे चर्चा गर्नुभएको थियोे ।

यस कार्यक्रममा युगकवि सिद्विचरण प्रतिष्ठानका सदस्य डा.फणीन्द्रराज निरौलाले युगकवि श्रेष्ठले नेपाली साहित्यमा सर्वप्रथम हडताल र क्रान्ति जस्ता शब्दको प्रयोग गर्दै युगीन चेतनाबोध गराउन सक्षम देखिएक‍ो भन्दै उहाँको जीवनीबारे परिचर्चा गर्नु भएको थियोे ।यस्तै प्राडा विश्वनाथ भण्डारीले युगकवि सिद्विचण श्रेष्ठको सिर्जनात्मक र क्रान्तिकारी योगदानबारे आफ्नो दृष्टिकोण राख्नुभएको थियोे ।

यसैगरी कार्यक्रम समापनका क्रममा सभाध्यक्ष तथा युगकवि सिद्विचरण प्रतिष्ठानका उपाध्यक्ष प्राडा मोहन लोहनीले युगकविले राणाशासनविरुद्ध सङ्घर्ष गर्दा सर्वस्वहरणसहित जेलनेल भोग्नु परेको यथार्थ अवगतै छ ।उहाँले एकसाथ साहित्य र राजनीतिक परिवर्तनमा ऐतिहासिक भूमिका निर्वाह गर्नु भएको थियोे भन्दै कवि व्यक्तित्व बारे परिचर्चा गर्नुभएको थियोे ।कार्यक्रमको उद्घोषण प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियोे ।
सम्प्रेषण :प्राज्ञ चेतनाथ धमला

Leave a Reply

Your email address will not be published. Required fields are marked *