काँग्रेस जिल्ला कोषाध्यक्षको सम्मेलन नुवाकोटमा हुने

मुख्य समाचार

काठमाडौँ।  नेपाली काँग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको दोस्रो राष्ट्रिय सम्मेलन आगामी चैत ७ र ८ गते नुवाकोटमा हुने भएको छ ।

काँग्र्रेस जिल्ला कोषाध्यक्षले यहाँ आज पत्रकार सम्मेलन गरी स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा दोस्रो राष्ट्रिय सम्मेलन नुवाकोटमा गर्न लागेको जानकारी दिइएको हो ।

काँग्रेस जिल्ला कोषाध्यक्ष सम्मेलनका संयोजक एवं काँग्रेस काठमाडौँका कोषाध्यक्ष गोविन्द पुडासैनीले ‘हामी बद्लिन्छौँ, काँग्रेस बदल्छौँ’ भन्ने मूल नाराका साथ सम्मेलन गर्न लागेको जानकारी दिनुभयो । “यो सम्मेलनले काँग्रेसलाई नवजीवन दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।

काँग्रेस जिल्ला कोषलाई सुदृढ, समृद्ध, पारदर्शी र जवाफदेही बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

जिल्ला कोषाध्यक्षका उपसंयोजक एवं धादिङका कोषाध्यक्ष बाबुकृष्ण सापकोटाले प्रथम राष्ट्रिय सम्मेलनबाट पारित भएका घोषणापत्रलाई अविलम्ब कार्यान्वयन गर्नका लागि दोस्रो सम्मेलनले दबाब दिने बताउनुभयो ।

काँग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षको पहिलो राष्ट्रिय सम्मेलन गत वर्ष पुुस ८ र ९ गते काठमाडौँमा भएको थियो ।

Leave a Reply

Your email address will not be published.