खाने गाँस छैन, मदिरा जताततै

पत्रपत्रिका

अछाम ।जिल्लाको विकट बस्तीमा बाटो, बिजुलीलगायत विकास पूर्वाधारले छोएको छैन । चामल, मकै, गहुँ, कोदोलगायत अन्न प्रयाप्त छैन । धेरैलाई साँझ खाएपछि बिहान खान समस्या छ । तर, हरेक घरमा मदिरा सेवन हुने गरेको छ ।

गाउँमा घरेलुका साथै विभिन्न ब्राण्डका मदिरा पनि भित्रने गरेको रामरोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताइन् । गाउँमा हुने सभा, सम्मेलन र छलफलमा पनि प्रायः मदिरा सेवन गरेकाहरु मात्र भेटिने उनको भनाई छ ।

केही समय पहिले वडा नम्बर ३ कार्यालयले आयोजना गरेको पूर्ण जन्मदर्ता घोषणाको सार्वजनिक समारोहमै मदिरा सेवन गरेकाहरुलाई थाम्न मुस्किल परेको रावलले बताइन् । नृत्य प्रस्तुतीका लागि बोलाइएका ११ जना युवाले होहल्ला गरेका थिए । रावलले भनिन् । गाउँ छिर्यो कि दारु नै दारु गन्ध आउँछ, नखाएको मान्छे भेटाउनै मुश्किल हुन्छ । आजको नयाँ पत्रिकामा खबर छ ।

Leave a Reply

Your email address will not be published.