१. पृष्ठभूमि
– सुमेरियनहरुबाट हजारौं वर्ष पहिलेदेखि गन्ती प्रथा प्रारम्भ
– गन्ती प्रथालाई जाति, समुदाय वा समूहको सभ्यता वा विकासको परिचायकको रुपमा पनि लिने गरिएको
– नेपालका धेरै भाषाभाषीमध्ये धेरैको आफ्नै गन्ती प्रणाली छैन । नहुनेमा वाम्बुलेराई पनि एक हौं ।
– ‘क्वाल’ वा ‘क्वालो’ शब्दले एक वा एउटा जनाउंछ । क्वालसंग एक–दुईको अर्थमा क्वालसंग निस शब्द पनि प्रयोग गरिन्छ तर निस शब्द दुईको अर्थमा स्वतन्त्रपूर्वक प्रयोग गरिंदैन ।
– श्री ब्राइन हुटन हजसनले आफ्ना किताब Comparative Vocabulary of the Dialects of the Kiranti Language, 1857 मा क्वालो (एक), निक्सी (दुई), सुम्माखा (तीन) र फिबाखा (चार) भनेर चारसम्मको गन्ती प्रस्तुत गर्नु भएको देखियो
– वाम्बुले गन्ती सम्बन्धमा शब्दकोश प्रकाशनकालतिर प्राज्ञ वैरागी काइँलासंग छलफल हुंदा आफ्नो भाषासंग सामिप्य राख्ने अन्य मातृभाषाको गन्तीलाई प्रयोगमा ल्याउन सकिने सल्लाह दिनुभएको थियो
– ‘आफ्नै भए अरुको किन चलाउने’ भनेर अग्रिम सोधखोज गर्ने प्रतिवद्धताका साथ त्यसबेला चुपचाप बसिएको थियो
– शब्दकोश प्रकाशनपश्चात सोधखोज कार्यलाई निरन्तरता दिइएको थियो तर ब्राइन हुटन हजसनको भन्दा पर पुग्न सकिएन
– वाम्बुले भाषामा गन्ती थिए÷थिएनन् भन्ने सम्बन्धमा एकिनसाथ भन्न सकिने कुनै दरिलो आधार फेला पार्न सकिएन
– ‘ख्रिप्चाम’ (गन्नु) र ‘ख्रिप्सिवा’ (गन्ती) भन्ने शब्दावलीहरु प्रयोगमा रहेकाले गन्ती गर्ने प्रचलन नै थिएन भन्न मिल्ने भने देखिएन
– वाम्बुले गन्ती नपाइएको कारणले विशेष गरेर वाम्बुले सम्बन्धी प्राज्ञिक कार्यमा अप्ठ्यारो व्यहोर्नु प¥यो
– पाठ्यपुस्तक निर्माण लगायत भाषा विकासका लागि गरिने अन्य प्रयासहरुमा कठिनाइ सामना गर्नुप¥यो
– गन्ती प्रणालीको अभावमा वाम्बुले जातिको नै समग्र पक्षमा कुनै न कुनै रुपमा प्रभाव परेको र त्यसको निर्माण आवश्यकता मात्र नभएर अनिवार्य नै भएको देखिएकोले वाम्बुले गन्ती निर्माण गरियो ।
२. वाम्बुले गन्ती निर्माण
– वाम्बुलेमा १ (क्वाल÷क्वालो) र २ (निस) गन्तीका शब्द प्रचलनमा छन् । हजसन महोदयले ३ (सुम्माखा) र ४ (फिबाखा) को गन्ती आफ्ना किताबमा उल्लेख गरेका छन् ।
– तसर्थ, यी बाहेक अरु गन्तीको निर्माण÷निर्धारण गर्नुपर्ने देखियो । यस क्रममा भाषिक र भौगोलिक सामिप्य राख्ने मातृभाषाहरु (बाहिङ र सुनुवार), भौगोलिक सामिप्य राख्ने राईमातृभाषाहरु (चाम्लिङ र कुलुङ), राईमातृभाषामा समृद्ध मानिने वान्तवा र अन्य राईमातृभाषा (पुमा) को अध्ययन गरियो ।
– साथै, अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भाषाको पनि धेरथोर अध्ययन गरियो । यीनै अध्ययनको संश्लेषणबाट तपसिल बमोजिम वाम्बुले गन्ती निर्माण गरिएको ।
वाम्बुले गन्ती
नेपाली अंक(देवनागरी लिपि) वाम्बुले गन्ती
० स्याको
१ क्वाल
२ निस
३ सुम
४ फिब
५ ङा
६ रुक
७ चानी
८ रेत
९ नु
१० क्वाल्स्याको
शून्य (०) देखि नौ (९) सम्मका गन्ती
० (स्याको)
नेपालीमा शून्य भनिने यो अंकको ठ्याक्कै वाम्बुले रुप भेटिएन । यसलाई सुनुवारले ‘सुम’, बाहिङले ‘मावा’, चाम्लिङ र वान्तवाले ‘नाम’ र पुमाले ‘मेत’ भन्ने गरेको पाइयो । वाम्बुलेमा यस संख्याको शाब्दिक रुप नभेटिए पनि पर्यायको रुपमा स्याको (स्याकोस्याको), स्वाङ्ख्वा र फ्याल्याफ्याल प्रयोगमा रहेकाले यसमध्ये ‘स्याको’ लाई प्रयोग गर्ने प्रस्ताव गरिएको हो ।
१ (क्वाल)
वाम्बुलेमा १ (एक) लाई ‘क्वालो’ वा ‘क्वाल’ भनिन्छ । दुवै शब्द सही र शुद्ध भएता पनि उच्चारण गर्न सजिलोको हिसाबले ‘क्वाल’ शब्द प्रयोग गर्ने प्रस्ताव गरिएको हो ।
२ (निस)
वाम्बुलेमा ‘क्वाल’ संग जोडिएर प्रयोग हुने ‘निस’ शब्दले २ (दुई) जनाउंछ । तर, सोही अर्थमा यसको स्वतन्त्र प्रयोग भने भएको पाइन्न । तसर्थ, अब उप्रान्त २ (दुई) शब्दलाई जनाउन ‘निस’ शब्द प्रयोग गर्ने प्रस्ताव गरिएको हो । स्मरणीय छ, २ (दुई) शब्दलाई सुनुवारमा ‘निसी’, बाहिङमा ‘निक्सी’ र कुलुङमा ‘नित्ची’ भनिन्छ ।
३ (सुम)
हजसन महोदयले वाम्बुले गन्तीमा ३ (तीन) लाई ‘सुम्माखा’ लेखेका थिए । यसलाई वान्तवामा ‘सुम्का’, कुलुङमा ‘सुप्ची’, पुमामा ‘सुम’, सुनुवारमा ‘साँ’, बाहिङमा ‘साम’ र चाम्लिङमा ‘सिम्’ भनिदो रहेछ । तसर्थ, ‘सुम्माखा’ लाई पनि सही मान्दै ‘सुम’ लेख्न उपयुक्त ठानेको छु ।
४ (फिब)
त्यस्तै, हजसनले ४ (चार) लाई ‘फिबाखा’ लेखेका थिए । तर, यो शब्दले अध्ययन गरिएका कुनैपनि किराती भाषाहरुसंग सामिप्य राखेको पाइदैन । यसलाई वान्तवाले ‘ङाका’, चाम्लिङले ‘ल्यु’, सुनुवार र बाहिङले ‘ले’, कुलुङले ‘लिची’ र पुमाले ‘चुछित’ भन्ने गरेको पाइयो । पूर्व अनुसन्धानकर्ताले कुनै न कुनै आधारमा ‘फिबाखा’ लेखेको हुनसक्ने अनुमानमा उक्त शब्दलाई पनि सही मान्दै ‘फिब’ लेख्ने प्रस्ताब गरेको छु ।
५ (ङा)
५ (पाँच) अंकलाई वान्तवामा ‘छुका’, कुलुङमा ‘ङाची’, सुनुवारमा ‘ङ’, बाहिङमा ‘ङो’ र चाम्लिङमा ‘ङा’ भनिने गरेको पाइँदा बहुसंख्यकले प्रयोग गरिएको ‘ङा’ शब्द वाम्बुलेमा पनि प्रयोग गर्न प्रस्ताव गरिएको हो ।
६ (रुक)
६ (छ) अंकको गन्ती पनि वाम्बुलेमा पाइएन । यस अंकलाई छिमेकी सुनुवारले ‘रक’ र बाहिङले ‘रुक्वा’ भन्ने गरेका पाइंदा वाम्बुलेमा ‘रुक’ प्रयोग गर्ने प्रस्ताव गरिएको हो । स्मरणीय छ, यस शब्दलाई वान्तवा र चाम्लिङले ‘तुका’, र कुलुङले ‘तुक्ची’ भन्दछन् ।
७ (चानी)
यस अंकलाई सुनुवारले ‘चनी’ र बाहिङले ‘चन्नी’ भन्ने गरेका पाइयो र यस आधारमा ‘चानी’ प्रयोग गर्ने प्रस्ताव गरिएको हो । यसलाई वान्तवा र चाम्लिङले ‘सुका’, पुमाले ‘सेत’ र कुलुङले ‘नुक्ची’ भन्दछन् ।
८ (रेत)
८ (आठ) अंकलाई सुनुवारले ‘ससी’, बाहिङले ‘या’, पुमाले ‘रेत’, कुलुङले ‘रेत्ची’ र वान्तवाले ‘रेक्वा’ भन्ने गरेका पाइयो । तसर्थ, बहुसंख्यक भाषीले प्रयोग गर्ने शब्दसंग मिल्दोजुल्दो शब्द ‘रेत’ प्रयोग गर्न उपयुक्त ठानिएको हो ।
९ (नु)
यस अंक अध्ययन गरिएका भाषीहरुमा पृथकपृथक नाम रहेको पाइयो । वान्तवा र चाम्लिङले क्रमशः ‘नुका’ र ‘नुनाम’ प्रयोग गरेका देखिंदा वाम्बुलेमा ‘नु’ प्रयोग गर्ने प्रस्ताव गरिएको हो
दस (१०) देखि एकसय (१००) सम्मका गन्ती
दस (१०) देखि एकसय (१००) सम्मका गन्ती साधारणतय दुई किसिमले लेख्ने गरिएको पाइन्छ – एउटा १०, २०, ३० ………१०० को संख्यालाई छुट्टै नाम दिएर त्यसमा १, २, ३ ……. ९ थप्ने र अर्को ० देखि ९ सम्म जसरी लेखिन्छ त्यसरी नै लेख्ने । वाम्बुले सन्दर्भमा १०, २०, ३० ………१०० को संख्यालाई छुट्टै नाम निर्माण गर्नभन्दा ० देखि ९ सम्म जसरी लेखिन्छ त्यसरी नै लेख्न सहज हुने देखिंदा त्यो किसिमको पद्धति अपनाउने प्रस्ताव गरिएको हो । यस अनुसार १०, ११, १२ …………… लेख्दा क्रमशः ‘क्वाल्स्याको’ (१+०), ‘क्वाल्क्वाल’ (१+१), ‘क्वाल्निस’ (१+२) …….. लेख्नु पर्दछ ।
प्रस्तावि वाम्बुले गन्ती
नेपाली अंक वाम्बुले गन्ती वाम्बुले अंक (किरात–वाम्बुले लिपि)
० स्याको ण्
१ क्वाल ज्ञ
२ निस द्द
३ सुम घ
४ फिब द्ध
५ ङा छ
६ रुक ट
७ चानि ठ
८ रेत ड
९ नु ढ
१० क्वाल्स्याको ज्ञण्
११ क्वालक्वाल ज्ञज्ञ
१२ क्वालनिस ज्ञद्द
१३ क्वाल्सुम ज्ञघ
१४ क्वालफिब ज्ञद्ध
१५ क्वाल्ङा ज्ञछ
१६ क्वालरुक ज्ञट
१७ क्वालचानि ज्ञठ
१८ क्वालरेत ज्ञड
१९ क्वाल्नु ज्ञढ
२० निसस्याको द्दण्
२१ निस्क्वाल द्दज्ञ
२२ निसनिस द्दद्द
२३ निस्सुम द्दघ
२४ निसफिब द्दद्ध
२५ निस्ङा द्दछ
२६ निसरुक द्दट
२७ निसचानि द्दठ
२८ निसरेत द्दड
२९ निस्नु द्दढ
३० सुमस्याको घण्
३१ सुमक्वाल घज्ञ
३२ सुमनिस घद्द
३३ सुम्सुम घघ
३४ सुमफिब घद्ध
३५ सुमङा घछ
३६ सुमरुक घट
३७ सुमचानि घठ
३८ सुमरेत घड
३९ सुम्नु घढ
४० फिबस्याको द्धण्
४१ फिबक्वाल द्धज्ञ
४२ फिबनिस द्धद्द
४३ फिब्सुम द्धघ
४४ फिबफिब द्धद्ध
४५ फिबङा द्धछ
४६ फिबरुक द्धट
४७ फिबचानि द्धठ
४८ फिबरेत द्धड
४९ फिबनु द्धढ
५० ङास्याको छण्
५१ ङाक्वाल छज्ञ
५२ ङानिस छद्द
५३ ङासुम छघ
५४ ङाफिब छद्ध
५५ ङाङा छछ
५६ ङारुक छट
५७ ङाचानि छठ
५८ ङारेत छड
५९ ङानु छढ
६० रुकस्याको टण्
६१ रुकक्वाल टज्ञ
६२ रुकनिस टद्द
६३ रुक्सुम टघ
६४ रुकफिब टद्ध
६५ रुकङा टछ
६६ रुकरुक टट
६७ रुकचानि टठ
६८ रुकरेत टड
६९ रुक्नु टढ
७० चानिस्याको ठण्
७१ चानिक्वाल ठज्ञ
७२ चानिनिस ठद्द
७३ चानिसुम ठघ
७४ चानिफिब ठद्ध
७५ चानिङा ठछ
७६ चानिरुक ठट
७७ चानिचानि ठठ
७८ चानिरेत ठड
७९ चानिनु ठढ
८० रेत्स्याको डण्
८१ रेतक्वाल डज्ञ
८२ रेतनिस डद्द
८३ रेतसुम डघ
८४ रेतफिब डद्ध
८५ रेतङा डछ
८६ रेतरुक डट
८७ रेतचानि डठ
८८ रेतरेत डड
८९ रेतनु डढ
९० नुस्याको ढण्
९१ नुक्वाल ढज्ञ
९२ नुनिस ढद्द
९३ नुसुम ढघ
९४ नुफिब ढद्ध
९५ नुङा ढछ
९६ नुरुक ढट
९७ नुचानी ढठ
९८ नुरेत ढड
९९ नुनु ढढ
१०० क्वाल्स्याकोस्याको – क्वाल्सय ज्ञण्ण्
(नोट – कारणले किरात लिपिलाई युनिकोडमा बदल्ने व्यवस्थालाई प्राविधिक रुपमा प्रतिकुल रहेकोले अहिलेलाई सम्बन्धित अंकको स्थानमा अक्षरमात्र रहेको जानकारी गराइन्छ । सम्पादक)
एकसय (१००) देखि माथिका गन्ती
संपे्रषण, उच्चारण र सजिलोको हिसाबले नेपाली भाषामा प्रचलनमा रहेका सय, हजार, लाख, करोड, अर्ब आदि संख्या जनाउने शब्दलाई नै वाम्बुलेमा पनि प्रयोग गर्नु पर्ने प्रस्ताव गरेको छु ।
४. गणितीय चिन्हहरु
आम प्रचलनमा रहेका गणितीय चिन्हहरु नै वाम्बुले गणितमा प्रयोगमा ल्याउन उपयुक्त देखिन्छ । उच्चारणको हकमा जोड (Addition) लाई ‘जम्मा’, घटाउ (Subtraction)लाई ‘घटइ’, गुणन (Multiplication) लाई ‘गुना’ र भाग (Division) लाई ‘द्वाइ’ भनिने छ । त्यसैगरी, बराबर (Equal) लाई ‘बाराबुर’, वर्गमूल (Square Root) लाई ‘वर्गमूल’ नै, कोष्ठक (Bracket) लाई ‘क्वाठा’, शेष (Remainder) लाई ‘हेइचो’ (यसको नामपद हेइसी हुन्छ) र उत्तर (Answer) लाई ‘ज्वाफ’ वा ‘ब्अ्वार्चो’ (विशेषणपद) लेख्ने प्रस्ताव गरिएको छ ।
५. अन्त्यमा आग्रह
– यो प्रयास मैले गर्न हुन्थ्यो–हुन्थेन यकिनसाथ भन्न सक्दिनं । तर गरें । आवश्यकता र अनिवार्यताले डो¥याएर गरें । आफ्नो मातृभाषाको उत्थान र उन्नयनको लागि गरें ।
– यस प्रयासले वाम्बुले भाषाको श्रीवृद्धिमा महत्वपूर्ण योगदान गर्ने विश्वास मैले लिएको छु ।
– वाम्बुले मौलिक गन्ती अस्तित्वमा भए त्यसलाई यस कार्यले विस्थापन गर्दैन र गर्ने पनि छैन । भविष्यमा यदि मौलिक गन्ती भेटिएमा भेटिएका हदसम्म तत्क्षण नै प्रतिस्थापन गर्नेगरी प्रस्तावित वाम्बुले गन्ती प्रयोग ल्याउनु भै वाम्बुले भाषाको विकास प्रयासमा सहभागी हुन वाम्बुले मातृभाषी र सम्बन्धित सबैमा विनम्र आग्रह गर्दछु । धन्यवाद ! जय वाम्रास !
चैत्र, २०७२