एन्जिलाले चुमे मिस राई–२०१८को उपाधि

कला साहित्य -संस्कृति प्रदेश प्रदेश १ मनोरन्जन मुख्य समाचार

लिभु संवाददाता
माघ २५, २०७४
काठमाडौं– मिस राई २०१८ को उपाधि खोटाङकी एन्जल राईले हात पारेकी छन् । बिहीबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा प्रतियोगिता सम्पन्न भएको हो । एन्जिला विज्ञान विषय लिएर कक्षा १२ मा अध्ययनरत छात्रा पनि हुन् । खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ की एन्जिला हाल काठमाडौंको कपनमा बसोबास गर्दैआएकी छिन् ।
प्रतियोगितामा फस्ट रनरअप प्रभा राई, सेकेन्ड रनरअप श्रद्धा राई र थर्ड रनरअप पवित्रा राई भएका छन् । आमसमुदायको एसएमएस भोट र प्रतियोगीहरुको खुबीका आधारमा क्रमशः उत्कृष्ट १४, उत्कृष्ट १० र त्यसपछि उत्कृष्ट ६ जनालाई छनोट गरिएका हुन् । उत्कृक्ष् ६ जनामा एन्जल, पवित्रा, प्रभा, सिर्जना, श्रद्धा र सिमस राई छानिएका थिए ।

Leave a Reply

Your email address will not be published.