‘मुख्यमन्त्री र सभामुख चयनको विधि तय गर्न एमाले स्थायी कमिटी बैठक’

राजनीति

काठमाडौं । प्रदेश सरकारका मुख्यमन्त्री र सभामुखहरुको चयन प्रक्रियाको मापदण्ड निर्धारण गर्न एमाले स्थायी कमिटी बैठक पार्टी कार्यलयमा बस्दैछ । पार्टी एकता, राष्ट्रियसभा निर्वाचन र प्रदेशका मुख्यमन्त्री तथा सभामुखहरुको विषयमा छलफल गर्न भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाउनुभएको हो ।

आज दिउँसो पार्टी कार्यालयमा बस्ने बैठकमा पार्टी एकता, राष्ट्रियसभा निर्वाचन र प्रदेशका मुख्यमन्त्री तथा सभामुखहरुको विषयमा छलफल हुने एमालेका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । एमाले(माओवादी कार्यदलको आइतबारको बैठकले प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको बाँडफाँडमा सहमति गरेको थियो ।

जसअन्तर्गत एमालेले ४ वटा प्रदेशमा मुख्यमन्त्री, ४ वटामा सभामुख र २ वटामा उपसभामुख पाउने छ । यस्तो माओवादीको भागमा २ मुख्यमन्त्री, २ सभामुख र ४ उपसभामुख परेको छ । आजको बैठकमा कार्यदलको सिफारिश, राष्ट्रियसभा निर्वाचन र पार्टी एकताबारे पनि छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.