मुख्यमन्त्री निश्चित– प्रदेश ३, ४ र ५ मा क्रमशः पौडेल, गुरुङ र पोखरेल

मुख्य समाचार राजनीति समाचार

लिभु संवाददाता
माघ २८, २०७४
काठमाडौं– प्रदेशसभामा बहुमतप्राप्त दल एमालेबाट संसदीय दलको निता चुनेसँगै प्रदेश नम्बर ३ र ५ मा सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश– ३ मा एमाले संसदीय दलका नेता डोरमणि पौडेल चुनिनु भएपछि मुख्यमन्त्री बन्ने निश्चित भएको छ । त्यसैगरी यसअघि नै प्रदेश–५ मा एमाले संसदीय दलको नेतामा शंकर पोखरेल चुनिइसक्नु भएको छ । उहाँ अब मुख्यमन्त्री नियुक्त हुनुहुनेछ ।
मुख्यमन्त्री बन्नका निम्ति पौडेलले एमालेका ५८ र माओवादी केन्द्रका २३ सांसदले समर्थन प्राप्त गर्नु भएको छ । उहाँ मुख्यमन्त्री नियुक्त भएलगत्तै प्रदेश प्रमुख सचिवालयले शपथ खुवाउने जनाइएको छ । प्रदेश–५ मा नेता पोखरेल मुख्यमन्त्री नियुक्तको तयारी भएको छ । दुवैजना नियुक्ति भएलगत्तै वामगठबन्धनले मन्त्रिमण्डल घोषणा गर्ने छ ।
प्रदेश ४ मा एमाले संसदीय दलको नेतामा पृथ्वीसुब्बा (पीएस) गुरुङ निर्विरोध निर्वाचित हुनु भएको छ । गुरुङ उक्त प्रदेशको मुख्यमन्त्री बन्नुहुने निश्चित भएको छ । एमाले केन्द्रीय समितिको सचिव रहनु भएका गुरुङ आदिवासी जनजाति आन्दोलनमा समेत संलग्न र परिचित नेता हुनुहुन्छ ।
त्यसैगरी प्रदेश–१ मा शेरधन राई, प्रदेश– २ मा लालबाबु राउत, प्रदेश–६ मा महेन्द्रबहादुर शाही र प्रदेश– ७ मा त्रिलोचन भट्ट मुख्यमन्त्री बन्ने निशिचत भएको छ । प्रदेश–२ मा संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु बाहेक सबैमा वाम गठबन्धनको सरकार गठन हुँदैछ ।

Leave a Reply

Your email address will not be published.