काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले राजनीति शुद्धीकरण अभियान सुरु गरेका छन् । अभियानको सुरुवात भन्दै कांग्रेस युाव नेता तथा कार्यकर्ताले अाज बिहान काठमाडौं नयाँ बानेश्वरको सडकमा जुत्ता पालिस गरेका छन् ।कांग्रेस नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङलगायतले सडकमा हिँडिरहेका पैदलयात्रीका जुत्ता पालिस गरिदिएका थिए । कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले शहीद दिवसको अवसरमा पार्टी शुद्धिकरणका लागि प्रतिकात्मक रुपमा बटुवाको जुत्ता पालिस गरेका थिए ।फोहोर जुत्ता पालिस गरेर सफा गरेझैं दलहरुले पनि आफूलाई शुद्धीकरण गर्नुपर्छ भनेर आफूहरुले अभियान सुरु गरेको नेताहरुको भनाइ छ । यो अभियानमा सहभागी नेताहरुले शुद्धीकरणका लागि पार्टी नेतृत्वलाई पनि दवाव दिँदै आएका छन् ।