‘लिब्जु–भुम्जु पुरस्कार’ कवि सुमन जाबालाई

मातृभाषा मुख्य समाचार

लिभु संवाददाता
काठमाडौं – वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०७४ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि सुमन राई (सुमन जावा) लाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ त्रिभाषीय त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिदैआएको छ । कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय गरेको हो ।

‘लिब्जु–भुम्जु’ वर्ष २४, अंक–१, पूर्णाङ्क–६९, २०७४ (किरात येले संवत् ३७९६÷सन् २०१७) मा प्रकाशित ‘आः कावा’ (मेरो साथी) शीर्षक कविता छनोट भएको हो । यस कविताले किराती वाम्बुले समाजको सामाजिक जनजीवन, परम्परागत मूल्यमान्यता, चालचलन, विकास निर्माणले समाजलाई पारेको प्रभाव, गाउँघरमा बिताएका बाल्य स्मृति, हितैषी र उनको मृत्यु, धामीझाँक्री परम्परा, पढाइलेखाइ चलनलाई कलात्मक र आलंकारिक ढंगले अभिव्यक्त गरिएको छ ।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.१ उँबु रिनुवाल गाउ“मा २०४७ साउन १३ गते जन्मिनु भएका कवि सुनम राई १३ वर्षको उमेरदेखि कविता र कथा विधामा कलम चलाउँदै आएका छन् । उहाँले स्नातक (बीसीए÷ब्याचलर इन कम्प्युटर एप्लिकेसन) हासिल गर्नु भएको छ । उहाँको वाम्बुले मातृभाषामा कविता प्रकाशन हुँदैआएको छ ।

यो पुरस्कार मातृभाषा संरक्षण अभियानमा जुटेका स्रष्टाहरूका निम्ति नेपाल टेलिभिजनमा कार्यरत पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पाराईले ‘लिब्जु–भुम्जु’ पत्रिकाको नाममा २०५५ सालमा स्थापना गर्नु भएको हो । क्याम्पाराईले आफ्नो सिर्जना गीत, साहित्यबाट हासिल गर्नु भएको पारिश्रमिक तथा पुरस्कारबाट ‘लिब्जुभुम्जु पुरस्कार’ प्रदान गरिदैआएको छ ।

पुरस्कारको राशि तीन हजार रुपैयाँ र सम्मान प्रमाणपत्र रहेको छ । उक्त पुरस्कार २०७५ मंसिर २० गते हुने ‘२०औं वाम्बुले राई भाषाको कविता गोष्ठी’ समारोहमा प्रदान गरिने छ ।

यो पुरस्कारबाट हालसम्म कविहरु विरही विमल, शुभचन्द्र राई ‘सुवास’, रजन सुबुकु, दुर्गा बैरागी राई, प्रमोद दीनदुःखी राई, प्रकाशहरि क्याम्पाराई, बिद्रोही साहिला, भुवन गुर्भा राई ‘आ“सु’ र शुभराज राई (काजी), धिरेन्द्र रुम्दाली, बिर्जमान राई, कुम्भराज राई, रामकुमार राई (आङ्गुस), झरना वाम्बुले राई, अन्चल जाबा राई, अप्सन क्याम्पाराई सम्मानित हुनु भएको छ ।

‘लिब्जु–भुम्जु पुरस्कार–२०७४’ पुरस्कारप्राप्त कविता –

आः कावा

सुमन जावा

क्वाल आः कावा
बेबाल्वा कोइकोइ चाम्दो पुचुब
कोइकोइ घाँस दिँचुब
जिच्वा अम्बक तिर्चाल
कच्याखो फाक्च्याल पासाक
क्वाङ–क्वाङ कप्टेर जुचुब ।
गोट या कोइकोइ दिँचुब
ब्ओब खोलाल्वाम दहल्वा ज्वाक्वा या पुचुब
इम्सेम क्वाल कावा ब्वाँम थि ।

स्कुल या कोइकोइ दिँचुब
आङ्गु ¥यान्डा ¥यासिलो– उङ्गुइ ग्यार्चो
उङ्गु ख्राँबोलो आङ्गुइ कुइझाम्सिचो
गार्जा–चार्जा क्लुम्चाल्वाइ उङ्निम्फा कोइकोइ
भाना–आम्ना जातुरल्वा रिबेतिड्
राक्सै हाल्चाल्वाइ उङ्निम्फा कोइकोइ
इम्सेम क्वाल कावा ब्वाँम थि ।

याक्सि कुर्फु घुर्मी कोइकोइ दिँचुब
ब्रिङ्कुल्वाम घिर्लिङ चाचाल–
कुचु उटु ह्वाम् पास्सै ग्यार्सैफुर्सै
‘आः कावा त्यासचै ख्वाल्बो गतिहिम्चिम नि’
द्यान्साक वाँआमेङ योर आसेल्वाइ आमाउः ।

हिलेपान भन्ज्याङल्वा टुमुन्चो भाटिङासिङ भरल्वा
जयराम पुल ब्लाम्फिचुब
इल्वाम दुइ टास्या ह्वाल्ठेङ भरल्वा
सोड्वा दोभान उफिँचुब
बाल्चो राम इल्वाङ याक्सि भारि
ध्याप्ति पुछारल्वाम बरपुमल्वा नाइचाल
ह्याट्ठो ग्ल्वाकु क्वासै
आः कावाख्वा बाँसुरि ट्वाप्तुम
आँ बाँसुरि ट्वाप्सिवा सा¥वास् ब्रोचो !
क्वालछिनआँ तिवाइँ दुखा मापाच्चो
च्वाक्बोब्य्राक्बोख्वाइ सालाङ् पासिख्लेब्बे ।

इम्सेम क्वाल कावा ब्वाँम थि
आँङ्गु आः ट्वाम खाचिल्वाम मुयो थि
सेप्नाल पाखाह्याट्ठो गोट दिचाल
आः कावालाइ ह्योचोपुप्मेखो ब्वाइबिम्
लुङआँ ठेइसि दुम्साक आः कावाखो
आङ दुखा ल्यातुम्
क्वाट फाफुलो ट्वालच्यास्साक
ह्वाइल्वाङ ह्वाइल्वाङ पासै बन ब्अ्वार्बिम
इसपासाक क्वाल कावा
ह्योचोपुप्मेखो ल्याक्गाउँम्मे
आङ हिवाटिल्चाम डुक्सो
सप्पैथोक ज्वाम्चोबिल फ्वाइसुम
आङ बाँसुरि या फ्वाइसुम
टिचाम–पाइचामतिड् फ्वाइसुम
तर, भारि कुर्साक पाइमुन्चो भेस्टा फ्वान्चुकमेँ थि
इमचै आफ्वाइसु
आङ ब्अिम्चाम आम क्वाट् भेस्टा
आङ ब्अिम्चाल र्वाल्चो पिताङ्खे पिचाम भेस्टा ।

आः कावा
क्वालोक्वालचोट ङाबुनाल हिब्बे
ब्आफ्लेम पाइसिमाक रै’छा
चाकुल ह्वाम्बा भुम्जु ल्वाम
चाकुल हुरुरु वाल्सै लिब्जु आमह्वाम्बा पिम
चाकुल नाच्चितोला, घरिक इस्पुतोला
ङाबुनाल आङ हिस्सि ग्यार्सिमेँ हिब्बे–
थामपाराक ब्रिङ्कुल्वाम घिर्लिङल्वा चाँचुबल्वा फुर्सिमेँ थि ।

(लिब्जु–भुम्जु पूर्णाङ्क ६९ बाट)

Leave a Reply

Your email address will not be published.