गणेश वाम्बुले राई
सयौं थुंगा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची–महाकाली
प्रकृतिको कोटी कोटी सम्पदाको आ“चल
बीरहरुका रगतले स्वतन्त्र र अटल
ज्ञान भूमि, शान्ति भूमि, तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल ।
नेपालको राष्ट्रगानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) हुन् भने यसको संगीतकार अम्बर गुरुङ हुन् । जनआन्दोलन–२०६२÷६३ पछि बनेको नया“ राष्ट्रिय गान हो यो । रचनकार व्याकुल माइला प्रदीपकुमार राई (वाम्बुले) ओखलढुंगा जिल्ला मानेभन्ज्याङ गाउ“पालिका–६ (साविक थाक्ले–८) हिलेपानीमा जन्मेका हुन् । यही हिलेपानी गाउ“मा रहेको श्री महादेवस्थान प्राथमिक विद्यालय (हाल– मावि)बाट माइलाले अक्षर आरम्भ गरेका हुन् । यतिखेर यही विद्यालयको इतिवृत्तिबारे लेख्ने जमर्को गरिएको छ ।
शिक्षकले चाहेमा गर्न सक्छ
प्रसङ्ग हो– प्रधानाध्यापक लोकराज श्रेष्ठज्यूको विदाई । एकजना शिक्षकले चाहेमा गर्न सक्छ भन्ने उदाहरण यहा“ केलाउन खोजिएको छ । यस विद्यालयलाई प्राविबाट निमावि र माविमा बढोत्तरी गर्ने प्रधानाध्यापक श्रेष्ठले २०७२ साउन २९ गतेबाट जिल्लान्तर सरुवा भएर आफ्नै घरपायक उदयपुर जिल्लाको मया“खु–२ स्थित मया“खु माविमा फर्किनु भएको छ । एकजना मान्छेको जीवनको ऊर्जाशील २२ वर्ष समय सा“च्चै महत्वपूर्ण हुन्छ नै । श्रेष्ठले २०५० सालदेखि २०७२ साउनसम्म २२ वर्ष हिलेपानी गाउ“मा शिक्षण गरेर बिताउनु भयो । उहा“को पेशागत प्रतिवद्धताको प्रतिफल उहा“को नेतृत्वले हिलेपानीस्थित महादेवस्थान प्रावि, निमावि र त्यसपछि मावि बन्न सक्यो । मावि बनेपछि प्रवेशिका (एसएलसी) परीक्षा दिएर पास हुनेहरुको संख्या जिल्लाकै अग्रस्थानमा रहन सफल भएको छ । यहा“बाट पास गर्ने विद्यार्थीहरूमध्ये केही अब्बल सावित भएका छन् । उसो त व्याकुल माइलाले हर्कपुर निमाविमा (२०४१ सालतिर) पढ्दाताका पढाउने गुरुमध्ये एक लोकराज श्रेष्ठ पनि हुनुहुन्थ्यो ।
हिलेपानी गाउ“
हिलेपानी भन्नाले ओखलढुंगा जिल्ला मानेभन्ज्याङ गाउ“पालिका वडा नं.६ (साविक थाक्ले गाविस वडा नं.५, ६, ७, ८ र ९) भन्ने बुझिन्छ । यद्यपि स्थानीय बोलिचालीमा ‘हिलेपान’ भनिन्छ र महादेवस्थान स्कुललाई ‘हिलेपान स्कुल’ भनेर चिनिन्छ । यो विद्यालय दुधकोसी पारि खोटाङ जिल्लाको बाहुनीडांडा गाविसको पायक पर्ने ठाउ“ हो । यो विद्यालयको सेवा क्षेत्रका रुपमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.१ (बाहुनीडांडा गाविसको वडा नं.५, ६, ७, ८ र ९) लाई लिन सकिन्छ । ती क्षेत्रबाट हिलेपानीस्थित माध्यमिक विद्यालयमा पढ्न आउन हालसालै दुधकोसीको बाइसीघाटमा झोलुङ्गेपुल बनेको छ । हिलेपानी आउने झाप्पागाउ“का बासिन्दालाई सजिला भएको छ । नेपाल सरकारले कक्षा १ देखि १२ लाई विद्यालय तहका रुपमा विकास गरेको छ । त्यसैले स्नातक तहदेखि माथिलाई विश्वविद्यालय शिक्षा भन्ने बुझिन्छ ।
हिलेपानीमा प्रारम्भिक शिक्षा लिएर स्नातकभन्दा माथिल्लो तह तथा उपाधि हासिल व्यक्ति÷व्यक्तित्वहरू ः
१. स्व. लघुधन राई (राष्ट्रिय सभाका पूर्वसांसद) – बिएल, एमपीए
२. अविनाथ राई (नेपाल सरकार अर्थमन्त्रालयका अवकाशप्राप्त उपसचिव)– एमकम
३. गणेशकुमार राई (सम्पादक– लिब्जु–भुम्जु, वरिष्ठ उपसम्पादक कान्तिपुर दैनिक)–बिएड्, एमए (नेपाली)
४. प्रदीकुमार राई (राष्ट्रगानका रचनाकार)– बिएल, एमपीए
५. पेशलकुमार राई (विद्यालय निरीक्षक, मानेभन्ज्याङ गापा)– एमएड् (अंग्रेजी)
६. मनराज राई (नेपाल सरकार वन मन्त्रालयका शाखा अधिकृत)– बिएस्सी (वनविज्ञान) र एमपीए अध्ययनरत
७. गगन राई (शिक्षक)– एमएड् दोस्रो वर्ष अध्ययनरत
८. भुवन राई (एमबिएस, पहिलो वर्ष अध्ययनरत)
९.सन्तोष राई –एमएड पहिलो वर्ष अध्ययनरत
१०. लोकेन्द्र राई (लोकेन्द्र जेरो किराती, समाजसेवा)– बिए
११. पन्चराज राई (शिक्षक)– बिएड्
१२. मेघबहादुर राई (शिक्षक)– बिएड्
१३. पबिरास राई (शिक्षक)– बिएड्
१४. मोहनमाया राई (शिक्षक)– बिएड्
१५. नरेशकुमार राई (हाल–कोरिया)– बिबिएस
१६. सुनिल राई (काठमाडौंमा कार्यरत)– बिबिएस
१७. शुभकुमारी राई (शिक्षक)– बिएड्
१८. सुनिता राई –बिए
अन्यत्र पढेका ः
हिलेपानी स्थायी ठेगाना रहेका १. अनुपा राई (एमए, अंग्रेजी) २. नानुकला राई (एमबिएस) र ३. मिली राई (बिएड्) ।
विदेशबाट स्नातक
थाक्ले–८ स्थायी ठेगाना रहेका बिद्युत राई– ब्याचलर्स डिग्री (बिजिनेस एण्ड म्यानेजमेन्ट, किङस्टोन युनिभर्सिटी, लण्डन) र योजना राई– ब्याचलर्स डिग्री (बिजिनेस एण्ड म्यानेजमेन्ट, युनिभर्सिटी अफ केन्ट, युके)। थाक्ले–९ जाक्माका बुद्धराज राई – बिएस्सी (पुष्टि हुन बा“की)।
स्नातक अध्ययनरत ः
स्नातक पढ्दै गरेका हिलेपानीका युवाहरु जन्तराम राई (बिए), ठण्डसिंह राई (बिएड्), पूर्णसिंह राई (बिएस्सी), शुभकर्ण राई (बिए), हुकुम राई (बिए), निशान राई (बिबिएस), चौकामाया राई (बिएड्), बस्नीमाया राई (बिएड्), पूर्णमाया राई (बिएड्), नमिता राई (बिए), नबिनकुमार राई (बिएड्), एकानसरी राई (बिएड्, विवाह– राघादीप, ओ.) ।
स्नातक पढ्दै गरेका हिलेपानीका युवाहरु सिर्जना राई (बिए), सन्जी राई (बिए), बलराज राई (एमबीबीएस तेस्रो वर्ष), श्यामकुमार राई (बीसीई प्रथम), सचेता राई (बिबिएस), मालिका राई (बिए), सोमिका राई (बिएड्) । कमल राई (युकेमा अध्ययनरत)।
स्नातक पढ्दै गरेकाका मन्जित राई (बिएड्), सम्जित राई (बिएड्), समिला राई (बिएड्), बलिधन राई (बिएड्), लक्ष्मण राई (हाल– जापानमा पढ्दै), नमिता राई (बिएड्), सुकबीर राई (बीएड्)।
स्नातक पढ्दै गरेका जाक्माका अमृतबहादुर राई (बीएड्), उना राई (बिबिए), सुमन राई (जापानमा अध्ययनरत) र कुमबहादुर राई (युकेमा अध्ययनरत)। तल्लोरिचुवाका संजय थापामगर (बिए), गुने मगर (बिए), मिनाकुमारी राई (बिएड्), शर्मिला राई (बिएड्) ।
स्नातक नसक्दै विदेश ः
हिलेपानीका पचुराम राई (बिबिएस, हाल– कोरिया), विमनकुमार राई (बिएड्, हाल– बेलायती सैनिक), पाण्डव राई (बिएड्, हाल– बेलायती सैनिक), जुद्ध राई (बिएड्, हाल– कोरिया), सुजनकुमार राई (बिएड्, हाल– कोरिया)।
लोकराज श्रेष्ठ
जन्म ः वि.सं.२०१७ असार ३, मया“खु–२, उदयपुर । बुबा ः बेगमबहादुर श्रेष्ठ आमा ः चिनिमाया श्रेष्ठ । मातृभाषा ः नेवारी । वैवाहिक स्थिति ः श्रीमती विणाकुमारी श्रेष्ठ तथा ४ छोरी र १ छोरा । शिक्षा ः एसएलसी २०३६ साल, आईएड २०४५ साल, बि.एड्. २०६८ साल (त्रिवि)। शिक्षण आरम्भ ः २०३७ साल सिन्धुलीबाट । ओखलढुंगामा हर्कपुर निमावि (हाल– उच्चमावि) २०३८ कात्तिकबाट । त्यसयता ओखलढुंगा कार्यथलो बनाएर २०५० देखि २०७२ साउनसम्म । स्थायी शिक्षक ः प्राथमिक तह प्रथम । पेशागत आवद्धता ः कोषाध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला कार्यसमिति, ओखलढुंगा । आजीवन सदस्य ः नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय समिति । ठेगाना ः मया“खु, उदयपुर ।
विद्यालय र कार्यरत शिक्षकहरुको शैक्षिक योग्यता ः
श्री महादेवस्थान मावि
१. मेघबहादुर राई (प्रअ, प्रावि अस्थायी)– बि.एड्.
२.रामकुमार यादव (स्थायी प्रावि)– एमएड्
३. शम्भुप्रसाद साह (निमावि अस्थायी)– आईएस्सी.
४. दिलिपकुमार राई (निमावि राहत)– आई.कम.
५. पबिरास राई (निमावि राहत)– बि.एड्.
६. योगेन्द्रप्रसाद चौधरी (निमावि राहत) – एमएड्
७. राजेशकुमार साह (निजी स्रोत)– बिएस्सी (एजुकेसन)
८. भेषराज धमला (निजी स्रोत)– बिएड्
९. मोहनमाया राई (प्रावि अस्थायी) – बिएड्
१०. शुभराम राई (प्रावि राहत)– आई.एड्.
११. भक्तिकुमारी राई (प्रावि राहत)– आईएड्
१२. जिना राई (निजी स्रोत) – आईएड्
१३. सुकबिर राई (निजी स्रोत)– आईएड्
१४. प्रमिला राई (निजी स्रोत) – एसएलसी
१५. जन्तुमाया राई (बाल शिक्षा)– कक्षा १२
१६. सिर्जना राई (लेखा सहायक)– कक्षा १२
१७. शस्त्रकुमार राई (सहयोगी), एसएलसी
वि.व्य.स. अध्यक्ष– गंगबहादुर राई
पहिलो हेडमास्टर बमबहादुर राई
श्री महादेवस्थान प्राथमिक विद्यालयको संस्थापन प्रधानअध्यापक बमबहादुर राई (वाम्बुले बोड्वाम) हुनुहुन्थ्यो । उहा“को जन्म वि.सं. १९७८ सालमा थाक्ले–९ तल्लो रिचुवा गाउ“मा भएको थियो । निधन २०५६ जेठ १२ गते भएको थियो । विद्यालयमा उहा“को फोटो राखिएको छ । उहा“ ब्रिटिश आर्मीबाट अवकाश प्राप्त लाहुरे हुनुहुन्थ्यो । गोर्खा पल्टन सिपीएल नं. ८०७१४ थियो । दोस्रो विश्वयुद्ध बर्माको युद्धमा लड्नु भएको थियो । त्यसपछि भारतबाट अवकाश लिएर स्वदेश फर्किनु भएको थियो । स्वदेश फर्केपछि नेपाली सेनामा भर्ती भई क्लर्क भएर साढे तीन वर्ष जति काम गर्नुभएको थियो । त्यसपछि आफूले जानेको ज्ञानलाई महादेवस्थान प्राविमा पहिलो हेडमास्टर भएर बा“ड्नु भएको थियो । उहा“को छोरा ईश्वरमान राई हुनुहुन्छ । (स्रोतः जेठो नाति ढाकबहादुर राईसित २०७२ असोज ४ गते गरिएको टेलिफोन कुराकानी)
शिक्षक सिंगबहादुर राई
सिंगबहादुर राईको जन्म १९७७ पुस २५ गते ओखलढुंगा थाक्ले–८ खानद्यालमा भएको थियो । उहा“ सिंगापुर पुलिस फोर्समा भर्ती हुनुभएको थियो । उहा“ १० जीआर पल्टनमा राइफल म्यान नं.२११३८८३३ हुनुहुन्थ्यो । उहा“ भर्ती भएपछि ९ वर्ष २२ दिन काम गर्नुभयो । त्यसपछि घायल पेन्सनमा अवकाश पाउनु भएको थियो । आफ्नै गाउ“ फर्केपछि हिलेपानीको श्री महादेवस्थान प्राविमा लगभग तीन वर्ष जति पढाउनु भएको थियो । रेकर्डअनुसार केही समय हेडमास्टरको जिम्मेवारीसमेत निभाउनु भएको थियो । उहा“को निधन २०६९ पुस २७ गते आफ्नै निवास घलेसारमा भएको थियो । उहा“को श्रीमती सिंगमाया राई, एक छोरा कुमारराज राई र पा“च छोरी हुनुहुन्छ । (स्रोत ः सिगबहादुर राईको नाति प्रवीण राई, २०७२ असोज १)
शिक्षक जयबहादुर राई
जयबहादुर राई (भावाचाचो)को जन्म वि.सं. १९९४ मा हिलेपानीमा भएको थियो । जयबहादुर राईले साधारण लेखपढ गर्नुभएको थियो । मुखिया (हल्दार) रणजित राईको छोरा हुनुले लेखपढमा क्षमतावान हुनुभयो भने आफुले हासिल गर्नुभएको ज्ञान अरुलाई सिकाउन सक्ने हुनुहुन्थ्यो । त्यसैले महादेवस्थान प्राविमा केही समय पढाउनु भएको थियो । उहा“ पंचायत कालमा थाक्ले गाउ“ पंचायतको प्रधानपंच र उपप्रधानपंचसमेत हुनुभएको थियो । उहा“को निधन २०६७ कात्तिक २ गते भएको थियो । उहा“को श्रीमती पबित्रा राई, एक छोरा मेघबहादुर राई र ७ छोरी हुनुहुन्छ । छोरा मेघबहादुर महादेवस्थान माविका वर्तमान प्रधानअध्यापक हुनुहुन्छ भने कान्छी छोरी भक्तिकुमारी राई शिक्षिका हुनुहुन्छ । (स्रोत ः मेघबहादुर राई र भक्तिकुमारी राईति ०७२ असोज ८ गते भएको कुराकानी)
सेकेन्ड मास्टर गजहस्त राई
गजहस्त राई (भावाचाचो) को जन्म १९८९ साल थाक्ले–६ हिलेपानी ओखलढुंगा । उहा“ १६ वर्षको उमेरमा २००८ सालमा ब्रिटिश सेनामा बोई भर्ती हुनुभयो । उहा“ गोर्खा पल्टन सिपीएल नं. २११३४६२१ सेभेन जीआरमा १६ वर्ष ७ महिना सेवा गरेर २०२४ साल जेठमा अवकास पाउनु भयो । उहा“ पेन्सनमा निस्कदा उमेरले ३२ वर्षको हुनुहुन्थ्यो । त्यसपछि उहा“ले २०२४ भदौबाट श्री महादेवस्थान प्राविमा शिक्षक भएर पढाउन थाल्नुभयो । पल्टनमा हासिल गर्नुभएको सीप, दक्षता, पढाइको ज्ञानलाई बा“ड्नु भयो । उहा“को सेवाको कदर स्वरुप उहा“ २०३० सालमा स्थायी शिक्षक बन्ने मौका पाउनुभयो । तर, स्थायी बनेपछि गाउ“ छाडेर अन्यत्र सरुवा गरियो । उहा“ गाउ“ छाडेर टाढा जानुपर्ने बाध्यता थिएन । त्यसैले शिक्षक सेवाबाट राजीनामा दिनुभयो । समाजमा उहा“लाई ‘सेकेन्ड मास्टर’ भनेर बोलाइन्थ्यो । त्यही नामबाट चिनिनु भयो । निधन २०६४ मंसिर १५ मा भयो । उहा“का श्रीमती आनसरी राई, ८ छोरा र २ छोरी हुनुहुन्छ । (स्रोतः छोरा देवीप्रसाद राई र नरेशकुमार राई, २०७२ असोज ४ गते कुराकानी)
विद्यालय सुधार योजना ः
महादेवस्थान प्राविलाई २०५१ सालमा निमावि बनाउने काम भयो । त्यसपछि माध्यमिक तहमा पु¥याउने योजना बन्यो । विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र समुदायले माध्यमिक तह संचालन गर्नुपर्ने प्रस्ताव अघि बढाए । त्यसको निम्ति ‘महादेवस्थान निमावि विद्यालय सुधार योजना–२०६३’ बनाइएको कागजात प्रमाण विद्यमान छ । यदि सुधार योजना नबनेको भए, सम्भवतः अझै निमाविकै पढाइ भइरहेको हुनसक्थ्यो । समुदायको चाहना र प्रधानाध्यापक तथा शिक्षकहरुको इच्छाशक्तिले मावि बन्न सफल भयो ।
मावि बनाउन प्रमाणपत्र र लाइसेन्स
त्यतिबेला नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गत शिक्षक सेवा आयोगले शिक्षणका निम्ति अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) हुनुपर्ने व्यवस्था लागू गरिसकेको थियो । महादेवस्थान निमाविलाई माध्यमिक तहमा बढोत्तरी गर्नका निम्ति दुईजना शिक्षकले शिक्षाशास्त्रमा स्नातक तह (बि.एड्.) हासिल गरेको र त्यसमा एकजनाको लाइसेन्स अनिवार्य हुनुपथ्र्यो । जसका निम्ति त्यसै विद्यालयमा कखरा सिकेर बिएड् उत्तीर्ण गरेका पंक्तिकार गणेशकुमार राईको सर्टिफिकेट तथा माध्यमिक तहको शिक्षक लाइसेन्स र पेशलकुमार राईको बिएड् सर्टिफिकेटले काम गर्नसक्यो । आज बिएड् पढेर लाइसेन्स प्राप्त भाइबहिनीहरुले सोही विद्यालयमा पढाइरहेका छन् ।
पुस्तकालय स्थापना
हिलेपानीको यस महादेवस्थान माविलाई व्यवस्थित तथा बौद्धिक सम्पन्नताका निम्ति पुस्तकालय स्थापना गरिएको छ । रिपब्लिक आयरल्याण्डको टिचर्स युनियनको आर्थिक अनुदान तथा फोगल्याम र आदिवासी मानवअधिकार केन्द्र (हुरिनपेक) संस्थाको पहलमा २०६७ सालमा महादेवस्थान माविमा सामुदायिक पुस्तकाल स्थापना भएको छ । करिब ८० हजार रुपैया“ बराबरको विविध विधाका पुस्तकहरु उपलब्ध गराएको छ ।
त्यसपछि भक्तपुरको एभरेष्ट इङ्लिस स्कुलले १ लाख २५ हजार रुपैया“ बराबरको बालसाहित्य, कला, विज्ञानलगायतका पुस्तक सहयोग गरेको छ । त्यसैगरी यसरी हिलेपानी गाउ“को शिक्षाको विकासका लागि सहरका निजी विद्यालय, देशी, विदेशी संस्थाले सहयोग पु¥याएका छन् ।
हेडमास्टरको अगुवाई
मास्टर गाउ“का बालबालिकालाई पढ्न र पढाउनका निम्ति खटाइएका व्यक्ति नै मास्टर हो । मास्टरहरुमध्ये एकजना हेडमास्टर हुनेमा दुईमत छैन । हेडमास्टरको नेतृत्वमा जिम्मेवारी बा“डफा“ड गरिएको हुन्छ । उनकै अगुवाईमा प्रशासनिक कार्य, शिक्षण र अतिरिक्त क्रियाकलापहरु सुचारु रहन्छ । मास्टर भनेका स्कुलको मात्र नभएर समाजको अगुवा हो । मास्टर भनेका समाजको न्यायधीश, विकासको संवाहक, पूर्वाधार निर्माण, आर्थिक अगुवाई गर्ने दूत, अन्य विद्यालयदेखि जिल्ला शिक्षा र तालुकदार मन्त्रालयसम्म पहु“च विस्तार गर्ने व्यक्ति हुन् ।
यसको उदाहरणका रुपमा मास्टर मानबहादुर राई एक हुनुहुन्छ । उहा“को अगुवाई हिलेपानी समाजले पाएको छ । विद्यालयको ढुंगा, माटो, काठ, खर, बा“स जुटाएर भवन बनाउने काममा समुदाय जुटाउनेदेखि विद्यार्थीलाई टाढाको जाकुमखोलादेखि कमेरो माटो बोकाएर स्कुलको भित्ता सेतो पोत्नेसम्मका काम गराउनु भयो । घरका भुराभुरीदेखि गाउ“का केटाकेटीहरुलाई बटुलेर स्कुलको कक्षा कोठामा रमाउन सिकाउनु भयो । आफ्नो छोरीलाई पढाउनु पर्ने काममा चुक्नु भएपनि गाउ“का निरक्षरहरुलाई प्रौढ शिक्षा पढ्न लगाएर साक्षर तुल्याउनु भयो । दिउ“सो केटाकेटीलाई स्कुलमा र सा“झ गाउ“का प्रौढहरुलाई पढाउन चुक्नु भएन ।
मानबहादुर राईपछि दृष्टिकोणधारी हेडमास्टर लोकराज श्रेष्ठले हिलेपानी गाउ“का चेलाचेलीलाई पढ्न र पढाउन सबैभन्दा धेरै समय अगुवाई गर्नुभयो । कक्षाको पाठ्यपुस्तक र पुस्तकालयको किताबमात्र पढ्ने नभई शताब्दीऔंदेखि बोल्दै आएको वाम्बुले राई मातृभाषा लेख्नसमेत प्रेरित गराउनु भयो । हिलेपानीको श्री महादेवस्थान प्राविको आ“गनमा पहिलो पटक २०५५ साल कात्तिक १ गते सम्पन्न भएको वाम्बुले राई भाषाको कविता गोष्ठी भएको थियो । उक्त कविता गोष्ठीमा छात्रछात्रालाई सहभागी हुन प्रेरितमात्र गर्नुभएन, उहा“ स्वयंले वाम्बुले भाषामा कविता लेखेर वाचन गर्नुभयो । सो पहिलो गोष्ठीमा प्रधानाध्यापक लोकराज श्रेष्ठ (विवश बन्धु)ले वाचन गर्नुभएको एउटा मुक्तक यस्तो छ ः
उङ हिबुङडा
खुसी क्लुम्साखो आम्सिख्वाल खुसिङ फल सेपास्सि फ्वा“डा
ब्याथा रिप्साखो आम्सिख्वाल पिताङ्के क्लिस्सि फ्वा“डा
ब्अीम्बे, आक्वाल रान्चो दुम्सो ह्वाला जिवन
प्रिय, खुइखुइ उङ्गु इः साथन्वास्से बिलै दुम्सि हिबु“डा ।
अनुवाद ः
मैले पाउने भए
खुसी रोपेर अलिकति खुसीको फल फलाउन सके
व्यथा लुकाएर अलिकति आ“सु लुकाउन सके
सोच्छु, कति राम्रो हुने थियो होला जीवन
प्रिय, सधैसधै म तिम्रो साथैमा बिलाउन पाए ।
(लिब्जु–भुम्जु त्रिभाषीय त्रैमासिक, वर्ष–७, अंक–३, पूर्णाङ्क १०, २०५५, पाना नं.२६
यसरी वाम्बुले भाषा लेखनको प्रारम्भिक चरणमा वाम्बुले साहित्यलाई सार्वजनिक रुपमा वाचन गर्ने क्रम महादेवस्थान विद्यालयको आ“गनबाट सुरु भएको हो । त्यो क्रम २०५६ र ०५७ सालसम्म निरन्तर तीनवर्ष एकैथलोमा कविता गोष्ठी भएपछि चौथो वर्षबाट अन्य वाम्बुले गाउ“घरमा फरक–फरक ठाउ“मा गरिदैआएको छ । महादेवस्थान विद्यालयको आ“गनबाट फैलिएको वाम्बुले मातृभाषाको प्रभाव विस्तारै परिवार, समाज र देशमा देखिएको छ । वाम्बुले भाषाको सुवास मगमगिदै अघि बढेको छ ।
यसकारणले महादेवस्थान अगाडि
महादेवस्थान निमाविलाई माध्यमिक विद्यालय बनाउनु अघि प्रधानाध्यापक लोकराज श्रेष्ठले ‘विद्यालय सुधार योजना–२०६३’ निर्माण गर्नुभएको थियो । कार्ययोजना बनाइएपछि त्यसको अक्षरस पालना गर्ने र गराउने काममा दत्तचित्त रहनुभयो, सबै शिक्षक–शिक्षिका । त्यसपछि सोही सुधार योजनालाई परिमार्जन गर्दै कार्यसम्पादन गर्दै आउनु भएको छ ।
त्यसैगरी विद्यालयको सेवा क्षेत्रभित्र स्थापिन दुधकौशिका प्राविमा यसै विद्यालयको पूर्वविद्यार्थीहरु एसएलसी, आईएड, बिएड् पढेर शिक्षक बनेर काम गर्दैआउनु भएको छ । त्यसैगरी हिलेपानीकै सुनकोसी निमावि, जाक्माको समाज सेवा युवा प्रावि, जयरामघाटको दुधकोसी निमावि, रिचुवा प्राविमा समेत पठनपाठन गराउने शिक्षकहरु दत्तचित्त भएर पढाउदै आउनु भएको छ । हिलेपानीस्थित महादेवस्थान माविमा पढ्न आउनुअघिको जग बलियो बनाउने काममा स्थानीय शिक्षक, शिक्षिकाले गतिलो भुमिका निर्वाह गर्नसक्नु भएको भन्ने प्रमाणित हुन्छ ।
महादेवस्थान मावि र एसएलसी परिणाम
महादेवस्थान माविका विद्यार्थीले २०६७ सालबाट पहिलो ब्याचले एसएलसी परीक्षा दिएका थिए । त्यसपछि २०६८, २०६९, २०७० र २०७१ गरी पा“च ब्याचले एसएलसी दिइसकेका छन् । त्यसमध्ये १ सय ८ जनाले एसएलसी उत्तीर्ण गरेको रेकर्डमा छ । शैक्षिक सत्र २०७२ मा महादेवस्थान माविमा ३०० विद्यार्थी पढ्दैछन् । शैक्षिक सत्र २०७१ द्येखि विद्यार्थीलाई विद्यालयको लोगोसहित टाई, पेटीसमेत लगाउने व्यवस्था गरिएको छ । मंगलबार र शुक्रबार सेतो सर्ट लगाउनुपर्छ भने अन्य बेलामा नीलो सर्ट र गाढा नीलो पाइन्ट तथा छात्रालाई फ्रक पोशाक लगाउने नियम बनाइएको छ । आगामी वर्षदेखि कक्षा १ बाट अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने लक्ष्य लिइएको विद्यालयले जनाएको छ । तर पनि बालकक्षाका नानीहरुलाई मातृभाषा वाम्बुलेमै बोलीव्यवहार तथा सिकाईको पहल गरिएकोले आकर्षण बढ्दो छ । स्थानीय शिक्षिकाले पढाउने गरेका छन् ।
०७० सालबाट ४ वटा कम्प्युटरको व्यवस्था गरिएको छ । सोलार प्यानलबाट बिजुलीको व्यवस्था गरिएको छ । कम्प्युटरबारे विद्यार्थीलाई सामान्य सिकाउने गरिएको छ । विद्यालयले लिने त्रैमासिक र अन्य परीक्षाका निम्ति प्रश्नपत्र निर्माण, पत्राचार टाइपिङ गरी प्रिन्टिङ मेसिनको व्यवस्था गरिएको छ । (शिक्षक दिलीप राईसित २०७२ भदौ २५ गते टेलिफोनमा वार्तामा आधारित)
विद्यालय सुधार योजना
श्री महादेवस्थान निमावि हिलेपानीलाई सुधारका निम्ति प्रधानाध्यापकले ‘विद्यालय सुधार योजना–२०६३’ निर्माण गर्नुभएको थियो । उक्त योजना यस प्रकार रहेको छ–
श्री महादेवस्थान निमावि हिलेपानी थाक्ले–७
विद्यालय कोड नं.१२०५२०००४
विद्यालय सुधार योजना–२०६३ (२०६३–२०६८)
शिक्षामा सबै सहभागी होऔं ।
हाम्रो भनाई
यस महादेवस्थान निम्न माध्यमिक विद्यालय हिलेपानी थाक्ले–७ ओखलढुंगाको स्थापनाकालदेखि हालसम्म सम्पूर्ण जटिल तथा कठिन परिस्थिति आत्मसाथ गर्दै विद्यालयको भविष्य उज्ज्वल बनाउन कर्मठ शिक्षकहरु, लगनशील विद्यार्थीहरु, आदर्शवान अभिभावक, जनप्रतिनिधि तथा अन्य सहयोगीहरु सक्रियतापूर्वक सलग्न भई क्रियाशील रह“दै आउनु भएका सम्पूर्ण महानुभावप्रति कृतज्ञता ज्ञापन गर्दछौं ।
यस विद्यालय स्थापना हुनुपूर्व यस क्षेत्रको आदिवासीको रुपमा परिचित राई जातिहरुमा शिक्षाको चेतना कम रहनु अस्वभाविक थिएन । २००७ सालको प्रजातन्त्र स्थापनापश्चात् २०१६ सालमा एमपी बलबहादुर राईको सक्रियता तथा यस क्षेत्रका सीमित गन्यमान्य व्यक्तिहरुको आग्रहमा विद्यालय प्राथमिक तह स्थापना भयो । त्यसपश्चात् अभिभावकहरुको शिक्षाप्रति सकारात्मक धारणाको अभावको कारण तथा छोराछोरी सानै छन्, सक्षमतापूर्वक विद्यालय पुग्न सक्दैनन् भन्ने धारणाले पनि धेरै उमेर भएपछिमात्र विद्यालय भर्ना गराउने मानसिकता बोकेका हुन्थे भने हाल आएर यस क्षेत्रका अभिभावकहरुमा छोरीलाई शिक्षित बनाउनु पर्दैन भन्ने रुढिवादी चिन्तन अन्तर्राष्ट्रिय जगतमा फैंलदै गएको महिला जागरण अभियान तथा सशक्तिकरण एवं लैगिक समानता एवं स्वतन्त्रताको सकारात्मक असरको फलस्वरुप विद्यालयमा छात्रा भर्ना प्रतिशत अभिवृद्धि भएको छ । जसको प्रत्यक्ष प्रमाण विगत भर्ना संख्याले पुष्टि गर्दछ ।
हालसम्म पनि केही अभिभावकहरुमा अशिक्षा, गरिबी र शैक्षिक चेतनाको अभावले निरन्तर नियमित रुपमा विद्यालय नपठाई आयआर्जनको स्रोतका रुपमा प्रयोग गरिरहेको पाइन्छ । यस्ता सवालहरुमा सजग र सतर्कता अवलम्बन गरी बालहित र अधिकारलाई मध्यनजर राखी सम्बन्धित सबै सचेत हुनुपर्ने अपेक्षा राख्दै विद्यालयको उन्नति प्रगतिका लागि समान रुपले अघि बढ्न आग्रह गर्दै अन्त्यमा विद्यालय सुधार योजना बनाउन सहयोग पु¥याउने सबै प्रति सादर धन्यवाद प्रकट गर्दछौं ।
यस दस्तावेजको प्रारुप तयार गर्न प्राविधिक सुझाव दिई सहयोग गर्नुहुने जि.शि.का. ओखलढुंगाका वि.नि. श्री लेखनाथ लुईटेलप्रति कृतज्ञता जाहेर गर्दछौं । अन्त्यमा यस योजनाको कम्प्युटर छपाई गर्नुहुने श्री सुधा कम्प्युटर इन्स्टिच्युटका श्री तुलसी खतिवडालाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।
यसको अध्ययन गरी रचनात्मक सुझाव दिनुहुन सबैस“गै आग्रह गर्दछौं ।
जेष्ठ, २०६३
प्रस्तुतकर्ता ः लोकराज श्रेष्ठ
प्र.अ. एवं महादेवस्थान निमावि हिलेपानी परिवार
विषय सूची
खण्ड–क
१. ऐतिहासिक पृष्ठभूमि
यस विद्यालयको सेवा क्षेत्र पूर्व सीमाना थाक्ले गाविस वडा नं.९ जाक्मा, पश्चिम भण्डारे खोला, उत्तर सिरानटोल र दक्षिण खोटाङ जिल्ला बाहुनीडांडा गाविस वडा नं.८ सम्म रहेको छ । यस विद्यालयको काखैमा रहेको हिन्दु धर्मावलम्बीहरुको देवताहरुको पनि देवता महादेवको थान रहेकोले यहा“का भद्रभलाद्मी गन्यमान्य महानुभावहरुले श्री महादेवस्थान जुराएको भनिन्छ । तत्कालीन ब्रिटिस लाहुरे ब्रमलाल राईको नेतृत्वमा लंकबहादुर राई, रणजित राई, बीरसिंह राई तथा स्थानीयबासीहरुको आग्रहमा तत्कालीन एमपी बलबहादुर राईको पूर्ण सहयोगमा वि.सं.२०१६ साल भदौ ९ गते प्राथमिक तहको कक्षा १ अध्यावधि जिवित तित्रीको बोटमुनि रहेको फलैचामा १०÷११ जना शिक्षार्थीहरु उपस्थित गराई पठनपाठन कार्य, हाल थाक्ले गाविस वडा नं.९ तल्लो रिचुवाका संस्थापक शिक्षक÷प्र.अ. श्री बमबहादुर राईबाट अक्षराम्भ गराइएको भनाई छ । तत्कालीन नेतृत्वले गाउ“घरमा विद्यालय स्थापनाको खुशियालीमा गाउ“मा देउसी भैलो खेली आएको दान दातव्य र स्थानीय चन्दा र जनश्रमदानबाट विद्यालयको लागि घडेरी खरिद गरी भवन निर्माण भयो । त्यसपश्चात् २०५१ को शैक्षिक सत्र जेष्ठ ८ गते निमावि तहको कक्षा ६ संचालनार्थ क्षे.शि.नि. पूर्वान्चल धनकुटाबाट अनुमतिप्राप्त तथा कक्षा ७ को लागि २०५२ जेष्ठ जिशिका ओखलढुंगाबाट कक्षा थप अनुमति प्राप्त भयो । निमावि तह संचालनको अवस्थामा उक्त तहमा ३५ जना शिक्षार्थी थिए भने हाल १०१ जना र प्रावि तहमा १६२ गरी जम्मा २६३ जना विद्यार्थी अध्ययनरत छन् । हाल शिक्षक संख्या स्विकृत प्रावि ३, निमावि १ तथा निजी श्रोतमा निमावि २ र प्रावि तह १ गरी ७ जनाले शैक्षिक सेवा पु¥याइरहेको छ ।
२. सामाजिक अवस्था
यस विद्यालयको सेवा क्षेत्रभित्र अधिकांश राई जातिहरुको बसोबास छ भने ३÷४ घर कामी जातिको बसोबास छ । यस क्षेत्रमा मातृभाषाको रुपमा वाम्बुले भाषा बोल्छन् भने सम्पर्क भाषाका रुपमा राष्ट्रभाषा नेपाली अर्थात् खस भाषा बोल्छन् । रहनसहन प्राय एकै किसिमको पाइन्छ । यहा“का पुरुष जातिले दौरा, सुरुवाल, कमिज, सर्ट, पाइन्ट, टोपी, भोटो लगाउ“छन् भने महिलाले गुन्यु, चोली, फरिया, ब्लाउज, लु“गी अधिकांशले लगाउ“छन् । साथै कुर्ता सुरुवाल, सल र जुत्तँ, चप्पल पनि लगाउ“छन् ।
यस क्षेत्रका बासिन्दाहरु हिन्दु धर्ममा नै रहेर शिवभक्त, रामभक्त भई पूजाआजा गर्छन् भने भरखरै प्रचलित किरात धर्म मान्ने मानिस पनि छिटफुट देखिन्छ । (किरात धर्म भन्नाले आम किराती जातिले परापूर्वदेखि मान्दै ल्याएको मुन्दुम, मुद्धुम, मुन्धुममा आधारित प्रकृतिपूजा तथा बलिपूजामा आधारित धर्म हो । यहा“ बुझाइको कमीले गर्दा महागुरु फाल्गुनन्दद्वारा प्रतिपादित सत्यहाङ्मा पन्थ र उनका अनुयायी आत्मनन्द र ओमनन्दले विस्तार गरेको धार्मिक आचरणलाई मात्र किरात धर्म हो भन्ने बुझाइ रहेको पाइन्छ । वास्तवमा सत्यहाङ्मा, परम्परागत प्रकृतिपूजा र बलिपूजाको नया“ रुप तथा पहिचानजन्य धर्म हो– किरात धर्म । सम्पादक) शिवभक्त मान्नेमध्ये नेतृत्व लिने व्यक्तिलाई सपनाको फललाई विश्वास गरी सधैभरि सेतो कपडा लगाउने, सेतो झोली, चिम्टा, फलामको लठ्ठी बोक्ने, टेक्ने र वर्षमा एकपटक जो शिवभक्त छन् उसको घरमा पूजा विधि गर्ने गरेको पाइन्छ भने अन्यले दिवाली गर्ने गरेको पाइन्छ । वार्षिक चाडबाडमध्ये दसै, तिहार, धान्यपूर्णिमा, ऋषि तर्पणी, साउने संक्रान्ति, बाला चतुरदशी मुख्य रुपमा मनाइन्छन् । अन्य संस्कारमा मागी विवाह, चोरी विवाह र प्रेम विवाह गर्दछन् । त्यस पश्चात आफ्नो जातीय रीत अनुसार ढोकभेट परम्परा मुताबिक गर्दछन् । मृत्यु संस्कार सकअसकलाई ध्यान दिएर क्रिया बरखी गर्दछन् भने मृत्यु भएको शवलाई पाखो तथा डांडो भागमा पु¥याइ उचित नापको खाडल खनी पुर्ने अर्थात् चिहान बनाउने प्रचलन छ ।
३. आर्थिक अवस्था
यस विद्यालय सेवा क्षेत्रभित्र बसोबास गर्ने समुदायको आर्थिक अवस्था अधिकांश बासिन्दाहरु निरपेक्ष गरिबीको रेखामुनि रहेको पाइन्छ । यहा“को जनताको आर्थिक आयआर्जनको प्रमुख स्रोत खेतीपाती नै हो । सिंचाईको सुविधा नभएकोले अनाज अपेक्षाकृत उत्पादन हुदैन । आकासे वर्षादमा भरपर्नुपर्ने बाध्यताले आफ्नो दस नङ्ग्री खियाएर गरेको परिश्रमले वर्ष दिन खान पुग्दैन । जागिरे जीवनयापन गर्ने व्यक्ति औलामा गन्न पुग्दैन । उपर्युक्त कारणले गर्दा रोजगारीको खोजीमा गाउ“ छाड्न बाध्य छन् । कोही देशभित्र नै अन्य प्रमुख सहर जान्छन् भने अधिकांश युवाहरु वैदेशिक रोजगारमा आफ्नो जायजेथा धितो राखी साहुको चर्को ब्याज कबोल गरी भारत, मलेसिया, कतार, दुबाईलगायत खाडी राष्ट्र गएको पाइन्छ । यहा“को प्रमुख खेतीपातीमा मकै, कोदो हुन् भने सुर्ती, खुर्सानी, गोलभेडा, जुन्यालो, गहत सहायक खेतीको रुपमा उब्जाउने गर्दछन् । पर्याप्त सिंचाईको सुविधा लिन भौगोलिक रुपमा असमर्थ भएपनि प्राप्त स्रोत सदुपयोग गरी तरकारी खेती र फलफूल खेतीलाई व्यवसायिक रुपमा अवलम्बन गर्न सके जीवनस्तर उठ्ने छ अन्यथा सुधार आउने सम्भावना कम देखिन्छ ।
४. भौगोलिक अवस्था
यस विद्यालयको सेवा क्षेत्रको भूबनोट भिरालो प्रकृतिको रहेको छ । उत्तर दिशाबाट पूर्व दक्षिणतर्फ पसारिएर फर्केको जग्गा छ भने यस ठाउ“को पूर्वतिर जाक्मा गाउ“, पश्चिममा भण्डारे खोला, उत्तरमा हिलेपानी सिरानटोल र दक्षिणतर्फ दुधकोसी तथा सुनकोसी नदी पर्दछ । हाल निर्माणाधीन अवस्थामा रहेको सिद्धिचरण राजमार्गले यस थाक्ले गाविसको मध्यभाग वडा नं. ६, ७, ४ हु“दै ओखलढुंगा सदरमुकाम पुगेको छ भने हिलेपानी–हलेसी दिक्तेल सडक पनि यस थाक्ले गाविसको वडा नं.८ हु“दै गएको छ । अन्य ठाउ“ जान यस विद्यालयको छेउसम्म मितेरीभन्ज्याङ जाक्मासम्म जाने निर्माणाधीन अवस्थामा रहेको धुले सडक कृषि सडकको रुपमा खनिदै रहेको छ । वनजंगलको अवस्था गाउ“को माथिल्लो क्षेत्रमा रहेको छ जसलाई नियन्त्रित रुपमा विकास गर्न सके भावी सन्ततिलाई वनपैदावारबाट सुविधा उपभोग गर्न कठिनाई आउने छैन र बन्चित पनि हुनुपर्ने छैन । जिल्लाको अन्य भागको तुलनामा यस क्षेत्रमा कम वर्षाद हुने भएकोले हावापानी गर्मी किसिमको पाइन्छ । यातायातको मौसमी सुविधा भएकोले केही सुगमता प्राप्त भएको महसुस गर्नुपर्छ । यस क्षेत्रमा बहने दुई ठूला नदीहरुबाट भने जलविद्युत सेवा सिंचाई सुविधा उपयोग भएको छैन ।
५. भौतिक पूर्वाधार
यस विद्यालय सेवा क्षेत्रभित्रको भौतिक पूर्वाधारको चर्चा गर्दा यातायातको क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेको सिद्धिचरण मार्ग धुले सडक नै हो जुन सडकबाट यस जिल्लाको छिमेकी गाविस टोक्सेलको वडा नं.१ माझीटार नै जिल्ला प्रवेशद्वार हो । यस सेवा क्षेत्रको पश्चिम क्षेत्र भण्डारे खोला यस जिल्लाको समेत दुःखद हो । जुन क्षेत्रमा अनियन्त्रित पहिरो जानाले प्रतिकुल असर परिरहेको छ । गृष्मकालीन समयमा खच्चड तथा मासिनको माध्यमबाट सामान ओसारपसार गर्नुपर्ने हुन्छ । उक्त समस्या समाधानार्थ भण्डारे क्षेत्रमा पहिरो नियन्त्रण र पुल निर्माण गर्नु अत्यावश्यक देखिन्छ । अन्य सुविधाको सवालमा यस क्षेत्रबाट करिब ५ किमि उत्तरमा करिब तीन लाईन भीएचएफ टेलिफोन सुविधा छ साथै यस सेवा क्षेत्रभित्र दुई लाई सेटेलाइट टेलिफोन उपलब्ध भएपनि विविध कारणले चालु अवस्थामा छैन । अन्य संचारमा हुलाक, रेडियो, टेलिभिजन र सीमित रुपमा पत्रपत्रिका पाइन्छ । शक्ति स्रोतका रुपमा अधिकांशले प्राकृतिक इन्धन दाउरा नै प्रयोग गरेको पाइन्छ । केही व्यक्तिले छिटफुट रुपमा सोलार र गोबर ग्यास प्रयोग गरेका छन् । सामाजिक संघ संस्था भने प्रावि तहका विद्यालय प्राय वडा अन्तर्गत छ । निमावि तह भने पा“च वडाको बीचमा रहेको छ । यस निमावि तहलाई निकट भविष्यमा मावि तहमा रुपान्तरण गर्ने जनचासो अभिवृद्धि गराइएको छ । अन्य संस्थाको सवालमा उपस्वास्थ्य चौकी थाक्ले–१, अतिरिक्त हुलाक १, गैससमा स्वावलम्बन विकास १, गरिबस“ग विश्वेश्वर कार्यक्रम नामक संस्था छ भने सुनाखरी युवा क्लब, नवसगरमाथा युवा क्लब, फुलबारी युवा क्लब र असल शासन रेडियो पत्रिका प्रो–पब्लिक प्रकाशनस“ग सम्बन्धित असारे क्लब समेत क्रियाशील देखिन्छ ।
त्यसैगरी थुम्कीदुम्की सामुदायिक वन उपभोक्ता समुह गठन गरी वनजंगललाई नियन्त्रण गरी गाउ“मा सहुलियत आर्थिक संकलन गरी एउटा टोलको समुह बनाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराई आय आर्जन कार्यलाई प्रोत्साहन पु¥याएको पाइन्छ । हाल स्थापित संघसंस्थाहरुले पर्याप्त सेवा पु¥याउन असमर्थ देखिन्छ । सरकारी तथा गैरसरकारी संस्थाहरुले सक्रिय रुपमा बहुउद्देश्यीय कार्यक्रम संचालन गरी आफ्नो क्षेत्र बढाएको खण्डमा अपेक्षित उद्देश्य पूरा नहोला भनेर शंका गरिरहनु पर्दैन ।
६. विद्यालय स्थापना कालदेखि हालसम्मका पधानाध्यापकहरुको नामावली (योजना खाकामा उल्लेख भएकोमा केही थप गरिएको छ । सं.)
१. बमबहादुर राई थाक्ले–९ ओखलढुंगा २०१६
२. सिंहबहादुर राई थाक्ले–८ ओखलढुंगा
३. मानबहादुर राई थाक्ले–८ ओखलढुंगा
४. तेजबहादुर केसी थाक्ले–२ ओखलढुंगा
५. मानबहादुर राई थाक्ले–८ ओखलढुंगा
६. नारायण शर्मा कटुन्जे, ओखलढुंगा
७. जगप्रसाद ठाकुर धनुषा
८. विष्णुदेव चौधरी (निमित्त प्रअ) ओद्राहा, सप्तरी
९. शारदाप्रसाद निरौला ओखलढुंगा
१०. लोकराज श्रेष्ठ मया“खु–२, उदयपुर २०५० सालदेखि २०७२ साउन
११. मेघबहादुर राई (प्रअ), थाक्ले–७ ओखलढुंगा २०७२ साउनबाट
पहिले र अहिलेका शिक्षकहरु ः
१. जयबहादुर राई थाक्ले–७ ओखलढुंगा
२. केदारप्रसाद गौतम टोक्सेल–२, ओखलढुंगा
३. गजहस्त राई (सेकेन्ड मास्टर) थाक्ले–६, ओखलढुंगा
४. रासबहादुर राई थाक्ले–८ ओखलढुंगा
५. पदमबहादुर श्रेष्ठ तलुवा, ओखलढुंगा
६. राजलाल महतो लहान, सिरहा
७. गोविन्दप्रसाद अधिकारी टोक्सेल–१, ओखलढुंगा
८. सागरप्रसाद अधिकारी टोक्सेल–२, ओखलढुंगा
९. सत्यनारायण नायक
१०. शेरबहादुर श्रेष्ठ
११. श्रीदेवसिंह चौधरी
१२. नरनाथ दाहाल नारायणस्थान, ओखलढुंगा
१३. श्रीप्रसाद साह कचनारी–२, सिरहा
१४. नवधन राई थाक्ले–७ ओखलढुंगा (२०५२।१२।२१)
१५. रामप्रसाद गौतम टोक्सेल, ओखलढुंगा (२०५२।९।१२)
१६. शम्भुप्रसाद साह कचनारी–२, सिरहा (२०५४।५।२२)
१७. प्रकाश राई थाक्ले–७ ओखलढुंगा
१८. गंगबहादुर राई थाक्ले–७ ओखलढुंगा (२०५४।१२।१३)
१९. कृष्णमाया राई थाक्ले–७, ओखलढुंगा (२०५७।५।२६)
२९. शुभकुमारी राई थाक्ले–८, ओखलढुंगा (२०६३।५।२१)
२६. रक्षमान राई थाक्ले–८, ओखलढुंगा (२०५४।८।१)
२४. किसुनदेव चौधरी बकधुवा–७, सप्तरी (२०५७।५।२६)
२१. आश्राचन राई थाक्ले–८, ओखलढुंगा (२०५५।८।२१)
३०. गंगाकुमारी राई थाक्ले–५, ओखलढुंगा (२०६३।८।१)
२०. दिलिपकुमार राई थाक्ले–८, ओखलढुंगा (२०५७।५।२६)
२२. भक्तकुमारी राई थाक्ले–७ ओखलढुंगा (२०५७।१२।१)
२३. रामकुमार साह धनगढी, सप्तरी (२०५७।११।१)
२५. शुभराम राई थाक्ले–८, ओखलढुंगा (२०५७।१०।१२)
२७. रामकुमार यादव तिनुवापही–२, सिरहा
२८. पबिरास राई थाक्ले–८, ओखलढुंगा (२०६३।५।२१)
३१. मेघबहादुर राई थाक्ले–७, ओखलढुंगा (२०६३।५।२१)
(अहिले कार्यरत शिक्षकहरुको नामावली माथि दिइएको छ ।)
खण्ड–ख
विद्यालयको वर्तमान अवस्था
क) भौतिक अवस्था
वि.सं.२०१६ अर्थात् विद्यालय स्थापना कालदेखि विभिन्न शैक्षिक चुनौतीहरुलाई आत्मसात गरी हर प्रयास हालसम्म मौजुद राख्न सफल केही उल्लेखनीय कार्य निम्नानुसार छन् । तापनि विभिन्न सामयिक समस्या समाधान गर्न अत्यावश्यक छ । हालसम्मको भौतिक अवस्थामा भवन संख्या चारवटा छन् । जसमा कक्षा कोठा सातवटा, कार्यालय कोठा १, स्टोर कोठा १ गरी जम्मा कोठा संख्या ९ वटा छन् । शैक्षिक कार्य संचालनका लागि प्रत्येक कोठामा सिमेन्ट प्लास्टर निर्मित कालोपाटीको व्यवस्था छ । अन्य साम्रगीमा टेबल संख्या ५ थान, कुर्सी २५ थान, दराज ३ थान, डेस्कबेन्च ८३ जोर, सुचनापाटी १ वटा, प्राकृतिक धारा खानेपानी १, शौचालय २ कोठे १, सिमित खेलमैदान (विद्यार्थीको अनुपातमा सानो), शैक्षिक सामग्रीहरुमा सन्दर्भ सामग्री, शिक्षक गाइड, पाठ्यपुस्तक ६ सेट, गणित सम्बन्धी विभिन्न सामग्रीहरु, विज्ञानस“ग सम्बन्धित सामग्री, पूर्वव्यवसायिकस“ग सम्बन्धित सिमित सामग्रीहरुको व्यवस्था गरिएको छ । नक्सा पोस्टरहरुमा नेपाल तथा विश्वको नक्सा चार्ट ४ थान, ग्लोब २ थान, स्वास्थ्य र साहित्य सम्बन्धी केही थान पुस्तक, पकेट बोर्ड ५ थान, शब्दपत्ति, अक्षर पत्ति, वाक्यपत्तिहरु, आवश्यक मात्रामा शिक्षक निर्मित छन् । विद्यार्थी उपस्थिति बोर्ड ५ थान छन् भने खेल सामग्रहरुमा इनडोर गेममा चेस २ थान, क्यारेमबोर्ड २ थान, लुडो ३ थान छन् भने सांस्कृतिक कार्यक्रमस“ग सम्बन्धित ५ जोर केटाकेटीको उपयुक्त पोशाकहरु पर्दाहरुमा भित्री बाहिरी ढोका गरी ४, मादल १ र केही घुगुरुहरु छन् । छपाई सम्बन्धी लिथो मेसिन १ प्रयोग गरिरहेको अवस्थामा छ । अव व्यवस्था गर्नुपर्ने सवालहरुमा शिक्षक शौचालय २ कोठे र छात्राहरुका लागि २ कोठे शौचालय अत्यावश्यक छ । विद्यालयको तल्लो भागमा पहिरो रोकथाम गर्न तारजालीको आवश्यकता छ भने विद्यालय परिसर सफा राख्न तारबारको व्यवस्था गर्न अत्यावश्यक छ ।
नोट –
१) पुस्तकालयको व्यवस्था गर्ने ।
२) माइक्रोस्कोपबाहेक विज्ञानका अन्य सामग्रीहरु व्यवस्था गरिनुपर्ने ।
३) दुईकोठे एउटा शौचालय शिक्षकहरुका लागि निर्माण गरिनुपर्ने ।
४) छात्राहरुको लागि २ कोठे शौचालय अनिवार्य निर्माण गरिनुपर्ने ।
५) अफिस तथा सामग्री व्यवस्थापनको लागि २ वटा स्टिल दराजको व्यवस्था गरिनुपर्ने ।
६) शिक्षक निर्देशिकाको व्यवस्था गरिनुपर्ने ।
७) सिप सिकाईको लागि भलिबल १ सेट, क्यारेमबोर्ड १ सेट, टेबल टेनिस १ सेट, ब्याटमिन्टन १ सेट व्यवस्था गरिनुपर्ने ।
८) खेलकुद विकासका लागि विद्यालय हाताभित्र खेलमैदान निर्माण गरिनुपर्ने ।
९) विद्यालय कम्पाउन्डमा घेराबारको लागि व्यवस्था गरिनुपर्ने ।
२. सेवा क्षेत्रभित्रको जनसंख्या विवरण
(क) घरधुरी र जनसंख्या विवरण
क्र.सं. टोल घरधुरी महिला पुरुष जम्मा
१. धाराटोल २२ ७८ ८२ १६०
२. कुवाखोला १३ ५० ३८ ८८
३. राईटोल ८ २३ २० ४३
४. तित्रीडांडा ५ ३० २४ ५४
५. खनद्याल १४ ३४ ३८ ७२
६. बिसौना ८ २५ २० ४५
७. ग्रोकताल ६ २८ २२ ५०
८. चनौटे २ ७ १० १७
९. रातमाटे ४ १६ १८ ३४
१०. महडांडा ५ १३ १२ २५
११. जेरोटोल १० ३१ ३७ ६८
१२. जम्मा ६५६
शिक्षा ः
तह महिला पुरुष
एसएलसी १४ ५१
प्रवीणता ३ ४
स्नातक १ ३
स्नातकोत्तर ० २
(ख) उमेरगत जनसंख्या
१) ३–४ वर्षका जनसंख्या ३३ जना रहेकोले एउटा बालकक्षा संचालन गरिनुपर्ने ।
२) पा“च वर्षमुनिका ८ जना केटाकेटीको लागि एउटा विस्तारित प्राथमिक कक्षा संचालन गर्ने ।
३) ६–९ वर्षका एकजना केटी देखिएकाले विशेष प्रोत्साहन कार्यक्रम गरी विद्यालयमा भर्ना गर्न उत्प्रेरणा जगाउने ।
४) १०–१४ वर्षका ४ जना विद्यालय नआउने केटाकेटीको लागि एउटा विस्तारिक कक्षा संचालन गर्ने ।
५) ६३ जना १५–४५ र ४५ वर्ष माथिका ५६ जना निरक्षर निरक्षर महिलाका लागि ६ वटा साक्षरण कक्षा ।
६) १५–४५ र सोभन्दा माथिका निरक्षर पुरुष ३३ जनाको लागि दुईवटा प्रौढ कक्षा संचालन गरिनुपर्ने ।
खण्ड– ग
१. दुरदृष्टि
यस विद्यालयको माथि उल्लेख भएको सुचकको अध्ययन गर्दा विद्यालयमा विविध समस्याहरु रहेको र उक्त समस्याहरु निराकरण गर्दा विद्यालय भौतिक रुपले सम्पन्न हुने, शैक्षिक गतिविधिमा प्रगति हुने र आर्थिक रुपमा सम्पन्न भई गुणस्तरीय शिक्षा प्रदान गर्न उपयुक्त स्थान बन्न सक्नेछ । त्यसैले विद्यालयका सम्पुर्ण परिवार तथा शुभचिन्तकहरुले उक्त पक्षमा ध्यान केन्द्रित गर्न जरुरी छ ।
२. उद्देश्य
विद्यालय सुधारका लागि निम्न कार्य गरिनेछ ः
१) भौतिक निर्माण ः शौचालय, खेलमैदान, घेराबारा, झ्यालढोका निर्माण, खेल सामग्री खरिद आदि ।
२) शैक्षिक ः शिक्षक तालिम, दरबन्दी थप, शैक्षिक सामग्री खरिद, शिक्षक निर्देशिका खरिद, बालविकास केन्द्र स्थापना, महिला साक्षरता कार्य संचालन ।
३) आर्थिक ः विद्यालयलाई आर्थिक रुपमा सवल तुल्याउन नेपाल सरकारस“ग रकम माग गर्ने र विद्यालय स्तरीय स्रोतहरुको खोजी गरिने ।
२. योजना निर्माण
योजना निर्माणमा विद्यालयस“ग सम्बन्धित सरोकारवालाको सहभागिता उल्लेखनीय छ । त्यसैले योजना कार्यान्वयनमा समेत निजहरुको भुमिका कदरयोग्य हुनेछ ।
३. कार्यक्रम र रणनीति
सरकार, समुदाय र विद्यालयका पहलमा विद्यार्थी भर्ना, दलित तथा महिला सहभागिता, शौचालय निर्माण, झ्यालढोका निर्माण, खेलमैदान निर्माण, अतिरिक्त क्रियाकलापमा जनसहभागिता जुटाइने छ । शिक्षक तलब र भत्ता, थप दरबन्दी, प्रशासनिक र मसलन्द खर्च, तालिम, पाठ्यपुस्तक, छात्रवृत्ति, शिक्षण सामग्री, विज्ञान सामग्री, शिक्षक निर्देशिका, विस्तारित कक्षा संचालन, प्रौढ कक्षा, विशेष प्रोत्साहन, बालविकास केन्द्र, महिला साक्षरता, शैक्षिक सामग्री आदि सरकारबाट प्राप्त गरिने छ ।
(उक्त सुधार योजनालाई २०७१ मा परिमार्जन गरिएको निवर्तमान प्रधानआध्यापक लोकराज श्रेष्ठले मौखिक जानकारी दिनु भएको तर सो सुधार योजना प्राप्त हुनसकेको छैन । लेखक)
विद्यालयको जग्गा
नेपाल सरकार भूमि सुधार तथा व्यवस्था विभागले उपलब्ध गराएको जग्गाधनी दर्ता प्रमाण पुर्जामा श्री महादेवस्थान प्रावि हिलेपानीको नाममा थाक्ले–७ ओखलढुंगामा कित्ता नं.२१४ मा १–१२–१–३, कित्ता नं.३९० मा ४९–९–२–०, कित्ता नं.२०७ मा २–१–२–२ र कित्ता नं.२३१ मा ५–९–२–२ क्षेत्रफल जग्गा रहेको उल्लेख छ । पहिलो र दोस्रो कित्ता २०४५।६।१५ मा कायम भएको हो भने त्यसपछि २०५५।२।७ र अन्तिमको २०६६।५।२३ मा कायम रहेको मिति उल्लेख छ । २०५५ सालमा राष्ट्रिय सभाका पूर्वसांसद श्री लघुधन राईले आफ्नो सांसद कोषबाट खरिद गरिएको हो भने २०६६ सालमा समुदायको चन्दा र आन्तरिक स्रोतबाट जुटाइएको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष दिबराज राईले जनाउनु भएको छ ।
हिलेपानी स्कुलमा छात्रवृत्ति
१. भक्तपुरको ब्यासीटोलमा रहेको एभरेष्ट इङ्लिस स्कुलले हिलेपानीको महादेवस्थान माविसित दौत्य सम्बन्ध कायम गरेको छ । २०६७ सालको एसएलसी उत्तीर्ण छात्रामध्ये उत्कृष्ट अंक हासिल पुर्णमाया राईलाई कक्षा ११ र १२ मा पढ्ने, खाने, बस्ने र स्कुलमा बालबालिकालाई पढाउने अवसरसहितको छात्रवृत्ति प्रदान ग¥यो । सोक्मटार गाउ“का निरक्षर बाबु–आमाकी छोरी पूर्णमायाले अवसरलाई सदुपयोग गर्न सकिन् । उनी हाल भक्तपुरमै बि.एड्. दोस्रो वर्षमा पढ्दै छिन् । त्यसैगरी उक्त विद्यालयले हिलेपानी स्कुलबाट एसएलसीमा छात्रछात्रामध्ये उत्कृष्ट अंक हासिल गर्ने एकजनालाई ५ हजार रुपैया“ राशिको ‘कमला–भक्त शैक्षिक प्रोत्साहन पुरस्कार’ प्रदान गर्दैआएको छ । सो छात्रवृत्ति अहिलेसम्म बलराज राई, जीवन बिक,
यसरी हिलेपानीको स्कुललाई प्रवद्र्धन गर्नुको मुख्य कडी व्याकुल माइलाले अक्षराम्भव गरेको विद्यालय हुनु हो । एभरेष्ट स्कुलका संस्थापक प्रिन्सिपल भक्तराज राजभण्डारी खोटाङको नुनथला निवासी हुनुहुन्छ । र उहा“ले आफ्नी जीवनसंगीनी तथा स्कुलकी भाइस प्रिन्सिपल कमला राजभण्डारीको नाममा स्थापित शैक्षिक प्रोत्साहन पुरस्कारले महादेवस्थान माविबाट एसएलसीमा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीले उच्च अध्ययन गर्न राहत प्रदान गरेको छ ।
२. ललितपुरको कुमारीपाटीस्थित मुनलाईट उच्चमावि (मोलिस कलेज)ले महादेवस्थान माविबाट एसएलसीमा उत्कृष्टमध्ये एकजनालाई कक्षा ११ र १२ मा व्यवस्थापन र विज्ञान संकायमध्ये कुनै एक पढ्न निःशुल्क अध्ययन छात्रवृत्ति दिएको छ । व्याकुल माइलाको पहलमा २०७२ सालबाट यो अवसर जुटाइएको हो ।
३. काठमाडौंको सामाखुसीमा रहेको तक्षशिला उच्चमाविले महादेवस्थान माविबाट एसएलसीमा उत्कृष्टमध्ये एकजनालाई विज्ञान, मानविकी, व्यवस्थापनमध्ये एक संकायमा कक्षा ११ र १२ पढ्न निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेको छ । व्याकुल माइलाको पहलमा २०७२ सालबाट यो अवसर जुटाइएको हो ।
शिक्षकलाई प्रोत्साहन पुरस्कार
महादेवस्थान माविबाट एसएलसीमा विद्यार्थीले विषयगत रुपमा सबैभन्दा धेरै अंक हासिल गर्ने विद्यार्थीको प्राप्ताङ्कको आधारमा एकजना विषय शिक्षकलाई रु.५०००÷– (पा“चहजार) को ‘रजन–बिनु शैक्षिक प्रोत्साहन पुरस्कार’को व्यवस्था गरिएको छ । यो पुरस्कारबाट २०६९ सालमा गणित शिक्षक राजेशकुमार साह र २०७० मा अंग्रेजी शिक्षक मेघबहादुर राईले प्राप्त गर्नुभएको छ । यसरी प्रोत्साहनमूलक कार्यले विद्यार्थी र शिक्षकलाई राहत मिलेको छ । छोटो समयमै परिणाम सकारात्मक र उत्साहजनक नतिजा प्राप्त भएको छ ।
लाहुरेको योगदान
हिलेपानीका श्री महादेवस्थान माविको श्रीवृद्धिमा ब्रिटिश लाहुरे अगुवाहरुको योगदान अतुलनीय रहेको छ । बमबहादुर राई, सिंगबहादुर राई, गजहस्त राई त्यसको उदाहरण हुन् । भूपू र स्वर्गभइसकेका हिलेपानीका गर्भजित राई, रुपलाल राई, चन्द्रबहादुर राई, सोङबीर राई ब्रिटिस लाहुरे थिए । त्यसैगरी हिलेपानी स्कुलमा पढेर लाहुरे भएर पेन्सन पकाउनेहरुमा मनकुमार राई, केशर राई, तेजन राई, दिलकुमार राई, ज्ञानबहादुर राई, कर्णबहादुर राई हुनुहुन्छ । जाक्माका भूपू ब्रिटिस लाहुरेहरु स्व. टिकाबहादुर राई, स्व. सिंगबहादुर राई (ठाइला), सनिसरजित राई (अस्ट्रेलियाबाट २०७२ भदौमा स्वदेश फर्किनुभएको र हाल इमाडोल), दिलबहादुर राई (हाल युके)। रिचुवाका ठण्डसिंह थापामगर, दुर्गाधन थापामगर, तीर्थबहादुर थापामगर, असिधन थापामगर, ओबीधन थापामगर, अमृतबहादुर राईलगायत अवकाश पाइसक्नु भएको छ । त्यसैगरी भारतीय सेनामा काम गरेर अवकाशप्राप्तहरुको अगुवाई उनबहादुर राईले गर्दै आउनु भएको छ । अहिले ब्रिटिस सेनामा कार्यरत थाक्ले–८ का ठण्डसिंह राई र पाण्डव राई तथा थाक्ले–५ का नरेश राई र थाक्ले–९ जाक्माका रोजन राई (युके) र राजेन्द्र राई (सिंगापुर पुलिस फोर्स), लवश्वर राईलगायत भारतीय सेनामा कार्यरत हुनुहुन्छ । गाउ“को शिक्षा सुधारका निम्ति उहा“हरुको योगदानको खोजी हुन बा“की छ ।
वैदेशिक रोजगारी हिलेपान
वैदेशिक रोजगारीका क्रममा आज हिलेपानी क्षेत्रका युवा (जो हिलेपान धारा स्कुलमा पढेकाहरु हुन्) हरु साउदी, बहरेन, कतार, मलेसिया, दुबई, कोरिया, जापानलगायत मुलुकमा कार्यरत हुनुहुन्छ । उहा“हरुले आफ्नो घरपरिवारको आर्थिक अवस्था धान्नेमात्र नभई आफ्नो सन्तानको उज्ज्वल भविष्यका लागि शिक्षामा लगानी गर्दै आउनु भएको छ । विदेशमा कमाएको पैसालाई हिलेपानी गाउ“मै आरसीसी घर बनाउने, गाउ“को स्वास्थ्य चौकीको सुधार गर्ने, विद्यालयको सुधार, सहकारी, व्यवसायिक कृषि तथा पशुपालनमा लगानी गर्ने कामको थालनी भएको छ । यो सराहनीय पक्ष हो । वैदेशिक रोजगारीबाट कमाएकामध्ये अधिकले काठमाडौं उपत्यका वरपर घरजग्गा बनाएर बसोबास गरेका छन् ।
निजामती, जंगी र अन्य सेवा
हिलेपानी क्षेत्रका युवाहरु औलामा गन्ती गर्न सकिने संख्यामा निजामती सेवा, जंगीतर्फ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा कार्यरत रहेका छन् । जंगी सेवामा अधिकृत तहभन्दा मुनिमात्र रहेका छन् । विभिन्न निजी क्षेत्रका उद्योग व्यवसायतर्फ हिलेपानीका युवाहरुको लगानी, संलग्नता प्रत्यक्ष रुपमा देखिएको छैन । केही युवाहरु व्यवसायको क्रममा पोखरा र भिमादमा घरजग्गा जोडेर स्थायी बसोबास गरेका छन् । त्यसैगरी काठमाडौं उपत्यकामा केहीको स्थायी बसोबास रहेको छ ।
भाषा, साहित्य, संस्कृतिमा हिलेपान
हिलेपानी गाउ“ विशुद्ध वाम्बुले राईहरुको बसोबास थलो हो । वाम्बुले भाषा लिखित रुपमा र साहित्य सिर्जना कार्यको अगुवाई हिलेपानीले गरेको पाइन्छ । हिलेपान धारा स्कुल नै त्यसको मुख्य थलो हो । वाम्बुले भाषा र साहित्यको श्रीवृद्धि र निरन्तरतामा उदयपुर, वाम्द्याल, वाक्सा, झाप्पालगायत गाउ“हरुको उपस्थिति पनि अतुलनीय बनेको छ । वाम्बुले राईको साझा पहिचानमा सबै गाउ“हरुको ऐक्यवद्धता रहेको पाइन्छ ।
निष्कर्ष,
कटारी–सोलुखुम्बु सिद्धिचरण मार्ग र मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग)ले छोएको हिलेपानी गाउ“ सुन्दर छ । तर कुनै दिन यो ठाउ“ अत्यन्तै बिकट पनि थियो भनेर यात्रा संस्मरणमा कुनै एक लेखकले हिलेपानी गाउ“को चर्चा गरेका छन् । किनभने ती लेखक मतुवाली थिएनन् । राई गाउ“मा बास बस्ताको क्षण न दुध, दही, मोहीको व्यवस्था थियो या त बास बस्ने गतिलो पाहुना घरको व्यवस्था थियो । गाउ“को नाम हिलेपानी तर पानीसमेत पिउन नपाएको परिस्थितिको चर्चा गरेका थिए । वास्तवमा हिलेपानीमा पानीको अभाव अहिले पनि छ ।
त्यस्तै, भएपनि हिलेपानी गाउ“मा बसोबास गर्ने वाम्बुले राईहरु शिक्षामा केही हदसम्म बामेसरेको देखिन्छ । तात्कालीन एमी बलबहादुर राईको जोडबलमा श्री महादेवस्थान विद्यालयको स्थापना भयो । उक्त विद्यालयलाई सुचारु राख्ने र शिक्षाको उज्यालो छर्ने काममा तात्काली ब्रिटिश लाहुरले युवाहरुले महत्वपूर्ण भूमिका निभाएको स्पष्ट हुन्छ । राष्ट्रगानको रचयिता यही विद्यालयको छात्र हुन् भनेर इतिहासको विरासतमा नाम लेखाउने पुस्ता वर्तमानमा साक्षी रहेकोले अझै थप केही हुनसक्नेछ भन्न सकिन्छ । त्यसबेला र आज ५६ वर्षसम्म आइपुग्दा हिलेपानीका बासिन्दाले शिक्षामा पर्याप्त प्रगति गर्नसकेका छैनन् । विद्यालय स्थापना भएको झन्डै छदशकमा दुधकोसी र सुनकोसीमा अर्बौं क्युसेक पानी बगिसकेको छ । अविरल बगिरहने छ । हाम्रो सामाजिक जीवनको चौतर्फी विकासमा उज्यालो ल्याउने प्रमुख आधार शिक्षा नै भएकाले हिलेपानी गाउ“का गर्विला व्यक्ति सदस्यहरुले यसतर्फ सोच्न जरुरी छ । माथि उल्लेखित करिब दुई दर्जन स्नातकहरुको नाम र पढेको संकाय हेर्दा अधिकांशले शिक्षाशास्त्रमात्र पढेका छन् । अझै धेरै विषय विज्ञान, व्यवस्थापन, कानुन, मानविकीका विविध विषय, इन्जिनियरिङ, खाद्य प्रविधिलगायतका समय सापेक्ष विषयहरुतर्फ पनि ध्यान पुग्नु पर्ने देखिन्छ । त्यसनिम्ति आर्थिक हैसियतभन्दा पनि पढ्छु नै भनेर प्रतिवद्ध विद्यार्थीको पहिलो आवश्यकता हो । एउटा विद्यालय बलियो भयो भने राष्ट्रको इज्जत जोगिन्छ भन्ने कुरा ‘सयौं थु“गा फूलका हामी एउटै माला नेपाली’ले प्रमाणित गरेको छ ।
(सहयोगीहरुप्रति आभार : दिलिप राई, जन्तराम राई, हुकुम राई, पूर्णसिंह राई, ज्योति राई, सन्तोष राई, मोहनकर्ण थापामगर, बलराज राई, सचेता राई, देवीप्रसाद राई, ढाकबहादुर राई, अमृतबहादुर राई, मन्जित राई, लोकेन्द्र जेरो किराती, बीरबहादुर राई, भक्तकुमारी राईलगायत)