किरात प्रदेश नामाकरणको लागि हस्तक्षर अभियान सुरू

प्रदेश प्रदेश १ राजनीति समाचार

लिभु संवाददाता
काठमाडौं– नेपालको संघीय प्रदेश–१ लाई ‘किरात प्रदेश’ नामाकरण गर्न दबाव दिने उद्देश्यले किरात राई यायोक्खा केन्द्रीय समितिको आयोजनामा शुक्रबारदेखि हस्ताक्षर अभियान सुरू भएको छ ।


केन्द्रीय राजधानी काठमाडौको कोटेश्वरस्थित यायोक्खा हातामा हस्ताक्षर अभियान सुरू भएको हो । यायोक्खा केन्द्रीय कार्यसमितिका कार्यवाहक अध्यक्ष दिवस राईले अभियान उद्घाटन गर्दै किरात कुनै एउटा जाति विशेष नभएर सभ्यता भएको बताए ।

किरात पूर्वी नेपालको भूगोलको नाम भएको बताउँदै कार्यवाहक अध्यक्ष राईले भन्नुभयो, ‘एक नम्बर प्रदेशको नाम किरात राख्दा कोही झस्किनु पर्दैन ।’ प्रदेशको नामाकरण किरात राख्दा देश विदेशबाट भूमिबासीहरू जुरुक्क उठेको राईको दावी छ ।

यायोक्खाले दुई दशकदेखि नेपालको पूर्वी भागका १४ जिल्लालाई किरात प्रदेश हुनुपर्ने अभियान जारी राखेको छ । प्रदेशको नाम किरात राख्न दबाब दिने उदेश्यले २५ लाखभन्दा बढी हस्ताक्षर संकलन गरेर प्रदेशको मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदीपकुमार भण्डारीलाई बुझाउने यायोक्खा महासचिव जिवन हाताचो राईले बताउनु भयो ।

हस्ताक्षर अभियान यायोक्खा जिल्ला समिति इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, खोटाङ लगायतका जिल्लाहरू, भातृ संगठन किरात राई विद्यार्थी संघ, किरात राई युवा संघ लगायतले एकसाथ हस्ताक्षर अभियान सुरू गरेको यायोक्खा केन्द्रीय सदस्य तथा प्रचार विभागका सदस्य अर्जुन राईले बताउनु भयो ।

किरात प्रदेश नामाकरणको लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाइसकेको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति तथा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव लगायतका राष्ट्रिय पार्टीका नेताहरूलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।

त्यसैगरी एक नम्बर प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख र प्रदेशसभाका ९३ सदस्यहरुलाई ज्ञापनपत्र दिने, प्रदेशको राजधानी विराटनगरमा शान्तिपूर्ण प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

फोटो अर्जुन जम्नेलीको फेसबुकबाट

Leave a Reply

Your email address will not be published.