सकियो प्रदेश नम्बर छ को राष्ट्रियसभा निर्वाचन, मत परिणाम भोलि विहानसम्म आउने

प्रदेश प्रदेश ६ मुख्य समाचार समाचार

माघ २४, २०७४ लिभु संवाददाता, सुर्खेत  ।  बिहान १० बजेबाट शुरु भएको प्रदेश ६ को राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको छ ।  प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिले दुई छुट्टाछुट्टै मतदान केन्द्रमा मत हाल्ने काम गरेका थियो । जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसरमा निर्वाचन सम्पन्न भएको हो । (क) र (ख) गरी दुईवटा मतदान केन्द्र रहेका थिए । हरियो रङ अंकित (क) मतदान केन्द्रमा ४० जना प्रदेशसभा सदस्य र रातो रङ अंकित (ख) केन्द्रमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष  गरी १९८ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिनुभयो  ।

उनका अनुसार चुनावमा नेकपा (एमाले) बाट प्रदेश सांसद २० र स्थानीय तहका जनप्रतिनिधि ५५, नेपाली काँग्रेसका प्रदेश सांसद ६ जना र स्थानीय तह जनप्रतिनिधि ५१, नेकपा (माओवादी केन्द्र) का प्रदेश सांसद १३ र स्थानीय तहका जनप्रतिनिधि ५२ र राप्रपाको एक प्रदेश सांसदले मतदान गरेका थिए ।“चुनाव उत्साह र शान्तिपूर्ण तरिकाले भएको छ, दिउँसो ३ बजेसम्म मतदान गर्ने समय भए पनि डेढ घण्टाअघि नै चुनाव सम्पन्न भएको छ, अब ४ बजेदेखि मतगणना शुरु हुन्छ,” मुख्य निर्वाचन अधिकृत पौडेलले भने । निर्वाचनको मतपरिणाम भोलि बिहानसम्म आइपुग्ने मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.