‘झाँक्री बा’को हट कविता कन्सर्ट -कोरियामा सम्पन्न

कला साहित्य -संस्कृति प्रवास मुख्य समाचार

लिभु संवाददाता सोल, कोरिया
सिर्जनशील अराजक  कवि उपेन्द्र सुब्बाले फिल्म क्षेत्रमा पनि काम गर्न भ्याएका छन । त्यहीक्रममा उनको एउटा फिल्मी क्यारेक्टर ‘झाँक्री बा’ प्रख्यात छ । लेखनकै क्रममा उनको कृति लाटो पहाडले जगदम्बाश्री पुरस्कार हात पारेपछि कसै–कसैले उनलाई लाटो पहाड उपमा पनि दिएको पाइन्छ । उनै बहुप्रतिभाशाली कवि ‘झाँक्री बा ‘ उपेन्द्र सुब्बाले कविता सुनाएर एकाएक कोरिया सोलको चिसो माहौल तातो बनाए ।

आयोजक इतर आवाज साहित्य समाजका शिर्षविन्दु पराजित पोमूको अध्यक्षमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उदीयमान केही कविका कविताहरु समेत वाचन भएका थिए।
कवि स्वप्निल स्मृति प्राविधिक त्रुटिका कारण उपस्थित हुन नसकेता पनि उनको कविताहरु स्वप्निल, धोका र जिन्दगी माइला शिर्षकका कविताहरु कवि उपेन्द्र सुब्बाले वाचन गरेका थिए ।

नेपाल हाउसभित्र खचाखच दर्शकदिर्घाको उपस्तिथि माझ कार्यक्रमका आकर्षक प्रमुख अतिथि रहेका कवि उपेन्द्र सुब्बाले आफ्ना चर्चित कविता कृति खोलाको गीतबाट सुरुवातमा नै कृति शिर्षक कविताबाट कविता वाचन गरेका थिए।त्यसपछि लगातार सायद, विश्वास, बाटो, ना ४ ख ४३८५, ढुंगाको मन, साँल्दीज्यू १ एक ट्वाक चढाऊँ कि र भेडेटारको पिकनिक वाचन गरेका थिए।

इतर आवाजका शिर्षविन्दु पराजित पोमूले प्रफुल्लित मुद्रामा भने, “हामी प्रवासमा रहेर पनि नेपाली साहित्यको विकासमा  लागि परेका छौं।”  कार्यक्रम  कवि उत्तम खजुमले संचालन गरेका थिए । आदिवासी सौन्दर्य र पहिचानको आवाज ”  उदघोषसहित इतर आवाज साहित्य समाजले गएको गर्मी विदामा बुसानस्थित हेउन्देमा इतर साहित्य मेलाको आयोजना गरेको थियो। यो त्यसैको निरन्तरता हो – समाजका केन्द्रविन्दु कवि सुरेशसिंह सम्बाहाम्फेले भने ।

कविता कन्सर्ट कोरियामा हालसम्म आयोजना भएकाहरू मध्य अहिलेसम्मकै रोचक, अब्बल, भव्य र एतिहासिक भएको सहभागीहरूले बत्ताएका थिए ।

Leave a Reply

Your email address will not be published.