प्रम ओलीद्वारा साँसद लामछिानेको स्वास्थ्यलाभको कामना

राजनीति समाचार

लिभु संवाददाता
काठमाडौं,बैशाख । प्रधानमन्त्री केपीशर्मा ओलीले प्रदेशसभा साँसद हरीशरण लामिछानेको स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।
भक्तपुर क्षेत्र २ प्रदेश ख का सांसद लामिछाने राजधानीको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचाररत हुनुहुन्छ ।

हिजो दिउसो एक्कासी लामिछानेको रक्तचाप बढेपछि अस्पताल भर्ना गरिएको थियो । लामिछानेलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ ।

प्रधानमन्त्री ओली आज दिउसो अस्पताल पुगेर लामिछानेको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई निर्देशन दिनुभएको छ । साँसद लामिछानेको स्वास्थ्यलाभको कामना गर्न उर्जा,जलस्रोत तथा सिंचाइमन्त्री बर्षमानपुन पनि प्रधानमन्त्रीसंग अस्पताल पुग्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.