विश्व नेपाली साहित्य सम्मेलन आगामी अगष्ट युकेमा हुने

कला साहित्य -संस्कृति
लिभु संवाददाता
बेलायत– विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको गत २८ मार्च २०१८ का दिन सम्पन्न बैठकले आगामी ११ – १२ अगष्ट २०१८ का दिन ’दोस्रो विश्व नेपाली साहित्य सम्मेलन’ युकेमा आयोजना गर्ने निर्णय गरेको छ ।
महासंघका अध्यक्ष विश्वासदीप तिगेला  र महासचिव डा. लेखनाथ काफ्ले द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाउनु भएको हो ।

उक्त सम्मेलनको निम्ति केन्द्रीय सचिव साहित्यकार केदार संकेतको संयोजकत्वमा ब्यवस्थापन समिति गठन गरिएको छ ।

बैठकले यस बर्षको उत्कृष्ट शाखाः साहित्यकार विजय हितानको अध्यक्षतामा रहेको विश्व नेपाली साहित्य महासङ्घ, साउथ युके शाखालाई घोषणा गरेको छ । यस अघि साउदी अरेबिया, रसिया र ईजरायल शाखा उत्कृष्ट घोषणा भईसकेका छन् ।

Leave a Reply

Your email address will not be published.