कोरोना भाइरसबारे नेपाल पत्रकार महासंघको धारणा

समाचार

लिभु संवाददाता
काठमाडौं– नेपाल पत्रकार महासंघले कोरोना भाइरस (कोभिन–१९)को उच्च जोखिमलाई लिएर पत्रकारसचेत रहन आह्वान गरेको छ ।

‘जनतालाई सुसूचित गर्ने संवैधानिक दायित्व बोकेका पत्रकारहरू समाचार संकलन तथा सम्प्रेषण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अस्पताल तथा स्वास्थ्य केन्द्र, विभिन्न सभा समारोह र भिडभाड भएका ठाउँको अग्रभागमा रहेर कार्य गर्नुपर्ने भएकाले पूर्वसतर्कता अनिवार्य रहेको छ,’ पत्रकारलाई पूर्वसतर्कता अपनाउन आह्वान महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा छ, ‘साथै, पूर्वसतर्कताका लागि आवश्यक प्रबन्ध मिलाउन महासंघले नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीसँग छलफल गरी आवश्यक कार्य अघि बढाएको छ । महासंघ सञ्चार प्रतिष्ठानहरूलाई पनि कार्य स्थलमा खटिने पत्रकारहरूका लागि पूर्वसतर्कताको तयारी गर्न र आवश्यक सामग्रीको प्रबन्ध गर्न आग्रह गर्दछ ।’

FNJ about Corona Virus
महासंघले कोरोना भाइरसका बारेमा समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र यथार्तपरक समाचार सम्प्रेषण गर्न भनेको छ । ‘यस्तो परिस्थितिमा समाचार संकलन तथा सम्प्रेषण गर्न पत्रकारले अपनाउनु पर्ने विधिका बारेमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तयार पारेको मापदण्ड सञ्चार गृह र पत्रकारहरूलाई उपलब्ध गराउने तयारी महासंघले गरिरहेको जानकारी गराउँदछौं ।’

Leave a Reply

Your email address will not be published.