‘डोनाल्ड ट्रम्पको मानसिक स्वास्थ्य अवस्था राम्रो छ’

प्रवास

एजेन्सी । अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले राष्ट्रपति डोनाल्ड ट्रम्पको मानसिक स्वास्थ्य अवस्था राम्रो रहेको बताएका छन् । पत्रकार माइकल वुल्फले ट्रम्प र उनको प्रशासनका बारेमा लेखेको पुस्तकमा ट्रम्पलाई ह्वाइटहाउका कर्मचारीले बच्चा जस्तो देखेको बताएपछि विदेश मन्त्री टिलर्सनले त्यसको खण्डन गरेका हुन ।

विदेश मन्त्री टिलर्सनले राष्ट्रपति ट्रम्पको मानसिक स्वास्थ्य राम्रो रहेको र यस विषयमा प्रश्न गर्नुपर्ने अवस्था नरहेको जिकिर गरे । एनएनसँगको कुराकानीमा टिलर्सनले राष्ट्रपति ट्रम्पको मानसिक स्वास्थ्यका बारेमा प्रश्न गर्नुपर्ने कुनै कारण आफूले नदेखेको बताए ।

पत्रकार माइकल वुल्फले झन्डै २०० जनासँगको अन्तर्वार्तापछि ट्रम्प प्रशासनसम्बन्धी पुस्तक ‘फायर एण्ड फ्यूरीस् इनसाइड द ट्रम्प ह्वाइट हाउस’ लेखेका थिए ।

सो पुस्तकमा स्टीभ बेननसहितका ट्रम्पका पूर्व सहयोगीले ट्रम्प प्रशासनका बारेमा गोप्य कुरा खुलाएका छन् ।पुस्तकमा राष्ट्रपति ट्रम्पको ह्वाइट हाउस यात्रा र त्यसपछिका विभिन्न पक्षका बारेमा खुलाइएको छ ।

राष्ट्रपति ट्रम्पका वकिलहरुले पुस्तक बजारमा जानबाट रोक्ने प्रयास सुरु गरे पनि तोकिएको समय भन्दा चार दिन अघि नै पुस्तक सार्वजनिक भएको छ ।राष्ट्रपति ट्रम्पले पनि पुस्तकमा विश्वास गर्ने कुनै आधार नरहेको र यो झुठको संग्रह रहेको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published.