नेपाली सिर्जना विश्व बजारमा जान योग्य छ–साहित्यकार किराती

कला साहित्य -संस्कृति प्रवास

लिभु संवाददाता,
सोल, कोरिया -साहित्यकार मिलनकान्छा किरातीले नेपाली सिर्जना विश्व बजारमा जान योग्य रहेको बत्ताएका छन् । अन्तराष्टिय नेपाली साहित्य समाज दक्षिण कोरिया च्याप्टरले आयोजना गरेको काव्य–सुधाको आठौँ श्रृङ्खलामा बोल्दै उनले उक्त कुरा बत्ताएका हुन् ।

तस्बिरमा दायाँबाट साहित्यकारः मिलनकान्छा किराती, नेपाली राजदूतावास श्रम सहचारीः डिल्ली बास्तोला र गजलकार कृश गुल्मेली बाबु

नेपाली साहित्यको इतिहास केही सङ्कुचित सीमाभित्र रहेको भएता पनि नयाँ पुस्ताले सृजनामार्फत त्यसलाई तोडेका कारण अन्तराष्टिय बजारमा जान योग्य रहेको उनको भनाई थियो । राजनितिक रुपमा नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्यसमेत रहेका किरातीले आफ्नो चौथो कृतिको रुपमा बजारमा आएको फूलको विज्ञप्ति कविता सङ्ग्रहभित्रको छोटो, चोटिलो आरोप शिर्षकको कविता पनि वाचन गरेका थिए ।

काव्यसुधा गजल मुशायरामा चार नवस्रष्टाहरु धिरेन्द्र स्पन्दन, खगेन्द्र खत्री, कृष्ण रिजाल र ह्यरी बोण्डले जोडदार विशेष प्रस्तुति दिएका थिए भने कवि सरोज सर्वहारा, जीवन खत्री, खोम गुरुङ, कृश गुल्मेली बाबु, मुत्तककार रामचन्द्र शर्मालगायत डेढ दर्जन स्रष्टाहरुले आफ्ना रचना सुनाएका थिए ।

कार्यक्रममा अनेसास कोरिया च्याप्टरको स्मारिका कोरियामा अनेक डायस्पोरा र नौ जना गजलकारको गीति गजल सङ्ग्रह काफियासमेत विमोचन भएको थियो । नेपाली राजदूतावास सौल श्रम सहचारी डिल्ली बास्तोलाले उद्घाटन गर्नुभएको उक्त कार्यक्रमको अध्यक्षता च्याप्टरका अध्यक्ष कवि प्रमोद सारङले गरेका थिए ।

फोटो सौजन्यः मिलनकान्छा किराती

Leave a Reply

Your email address will not be published.