मानेभन्ज्याङका महिला जनप्रतिनिधि सशक्तिकरण

समाचार

लिभु संवाददाता


काठमाडौं– ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाका जननिर्वाचित महिला सदस्यहरुलाई नेतृत्व विकास गोष्ठी सञ्चालन गरिएको छ । आइबार मानेभन्ज्याङमा ‘नेतृत्व विकास तथा पाठेघर खस्ने सवाल’ विषयक चारदिने अभिमुखीकरण गोष्ठी सुरु गरिएको हो ।

गोष्ठीमा गाउँपालिकाका नौवटै वडाका दुई–दुई जना र एकजना कार्यपालिकामा मनोनित दलित गरी एक जना र उपाध्यक्षसति २० जना सहभागी रहनु भएको छ । ‘जननिर्वाचित भएपछि हामी आफ्नै समस्या केलाउन सशक्तिकरण जरुरी ठान्यौं,’ गाउँपालिका उपाध्यक्ष सबिता राईले भन्नुभयो, ‘त्यसैले जनप्रतिनिधि महिला सदस्यहरुलाई नेतृत्व विकास र पाठेघर खस्ने सबल सम्बन्धी अभिमुखिकरण गोष्ठी गरेका हौं ।’

गोष्ठीको उद्घाटन गाउँपालिकाका प्रशासकीय अधिकृत श्यामकुमार खड्काले गर्नुभएको थियो भने ईश्वरी नेपालले प्रशिक्षक रहनु भएको छ ।
यसैगरी केतुकेमा सञ्चालित तीन दिने लैंगिक हिंसा र बाल विवाह न्युनिकरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न गोष्ठीमा ५७ जना स्थानीय महिला तथा अभिभावकहरु सहभागी रहनु भएको थियो । ईश्वरी नेपाल र बिम्बिया राजभण्डारी प्रशिक्षक रहनु भएको गोष्ठीको समापन गाउँपालिकाका अध्यक्ष मोतीराज राईले गर्नुभएको हो । उपाध्यक्ष राईले दिनु भएको जानकारी अनुसार गाउँपालिकाले चालू आर्थिक वर्षका निम्ति महिला लक्षित लैंगिक हिंसा र बालविवाह न्युनिकरण शीर्षकमा ३० लाख रुपैयाँ बजेट रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *