चम्किलो कोट, मलिन चेहरा

काठमाडौं ।  सेतो पोसाक लगाएर बिरामी हेरविचार गरिरहेका नर्सहरूको मन हिजोआज शान्त छैन । उनीहरू पेसागत सम्मान र सुरक्षा माग्दै आन्दोलित छन् । खास मुद्दाका आधारमा सडकमा ओर्लने बानी परेको नागरिक तप्कालाई किन हो, अझै उनीहरूको आवाजले छोइसकेको छैन । बीएस्सी नर्सिङकी छात्रा ऋचा घिमिरे भन्छिन्, ‘हामी किन बिरामी छाडेर आफ्ना लागि सडकमा आउनुपर्‍यो, बताइरहेका छौं […]

Continue Reading

एलिजाबेथका अधुरा सपना

काठमाडौं   । पर्वतारोहणमा त्यतिका काम गरिन्, एलिजाबेथ हवलीले । उनको मुख्य सपना भने अधुरै रह्यो । नेपालमा पर्वतारोहणसम्बन्धी चार सयभन्दा बढी तथ्यांक संकलन गरी जीवनको अन्तिम समयमा नेपाल सरकारलाई सुम्पिने उनको सपना साकार भएन । पर्वतारोहणकी डाटाबेस नामले चिनिने उनको काठमाडौंको कपुरधारास्थित सिवेक अस्पतालमा ९५ वर्षको उमेरमा शुक्रबार निधन भयो । नेपालको पहिलो अन्तर्राष्ट्रिय […]

Continue Reading

गोर्खाल्यान्ड नेता काठमाडौंबाट बेपत्ता

काठमाडौ । भारतीय प्रहरीको खोजीको सुचीमा रहेका गोर्खाल्यान्ड आन्दोलनका एक सदस्य सञ्जय थुलुङ रहस्यमय ढंगबाट पक्राउ परेका छन् । भारतीय सरकारले खोजी तीव्र बनाएपछि नेपालमा लुकिछिपी बस्दै आएका थुलुङलाई नेपाल प्रहरीको विशेष ब्युरोले पक्राउ गरी भारतीय प्रहरीलाई जिम्मा लगाएको प्रहरीको एक उच्च स्रोतले जानकारी दिएको छ । थापाथलिस्थित ससुरालिमा बस्दै आएका थुलुङलाई छक्याएर पक्राउ गरी […]

Continue Reading

खल्तीका सहिद, कामचलाउ मन्त्रीका गोजीबाट सुची झिक्दै, सहित तोक्दै !

काठमाडौ । मुलुकका लागि जीवन उत्सर्ग गरेका व्यक्तिहरूलाई अवमूल्यन गर्दै सरकारले आफूखुसी सहिद घोषणा गर्न थालेको छ ।कामचलाउ सरकारले कुर्सी छाड्नुअघि मन्त्रीको गोजीबाट नाम निकाल्दै सहिद घोषणा गर्न अग्रसर रह्यो । गृह मन्त्रालयका सहायक प्रवक्ता उमेश ढकालले मापदण्ड नै नभएकाले सहिद घोषणा प्रक्रिया वैज्ञानिक र वस्तुनिष्ठ हुन नसकेको स्वीकार गरे । शेरबहादुर देउवा नेतृत्वको सरकारले […]

Continue Reading

को बन्ला मुख्यमन्त्री ?

काठमाडौं । प्रदेश २ बाहेक सबैमा सरकार गठनको तयारीमा रहेको वाम गठबन्धनभित्र मुख्यमन्त्रीका दाबेदारहरूको दौडधुप बढेको छ। फागुन पहिलो साताभित्र सातै प्रदेशमा मुख्यमन्त्री चयन गरिसक्नुपर्ने भएकाले आकांक्षीहरूले राजधानीमा दौडधुप बढाएका हुन्। आकांक्षीमध्ये केहीले काठमाडौंमा पार्टीका शीर्ष नेतामाथि ‘दबाब’ बढाउन थालेका छन् भने केहीचाहिँ नेताहरूसँग एकचरण भेटघाट सकेर प्रदेश फर्केका छन्। शीर्ष नेताहरूले भने एमाले–माओवादीबीच भागबन्डा मिलिनसकेकाले […]

Continue Reading

चालु आवको पाँच महिना : शोधनान्तर र चालु खाता घाटामा

काठमाडौं  । चालु आवको पहिलो पाँच महिनामा अर्थतन्त्रका अधिकांश सूचकांक नकारात्मक भएका छन्। राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थितिले अर्थतन्त्र थप संकटउन्मुख रहेको देखाएको छ। पूर्वअर्थ सचिव डा.शान्तराज सुवेदी अहिलेका आर्थिक सूचांकले अर्थतन्त्र चुनौती उन्मुख भएको देखाएको बताए। उनले भने, ‘अहिले आत्तिनुपर्ने अवस्था भने छैन। यसका लागि अर्थतन्त्रको यो प्रवृत्तिलाई परिवर्तन […]

Continue Reading

आठौँ प्रदेश घोषणा गर्ने चेतावनी

काठमाडौ । सरकारले प्रदेश ५ को अस्थायी मुकाम बुटवल घोषणा गरेपछि दाङमा आन्दोलन चर्किएको छ ।  सरकारले निर्णय सच्याउनुपर्ने आन्दोलनकारीको माग छ । सरकारको निर्णयविरुद्ध बुधबार दाङको घोराही, तुलसीपुर, लमहीलगायत क्षेत्रमा प्रदर्शन भयो । उनीहरूले सरकारले माग सम्बोधन नगरे आठौँ प्रदेश घोषणा गर्ने चेतावनी दिएका छन् । धनगढीलाई अस्थायी मुकाम घोषणा गरिएपछि डोटीको दियापल पनि […]

Continue Reading

काकाकुल चेपाङ बस्ती, सिंगै गाउँ सार्ने तयारी

ब्रुसवाङ । ‘काम गर्न पति मनाङ गएका बेला सुत्केरी भएँ । सरसफाइ र लुगा धुन त परको कुरा, तीन दिनसम्म पानी पिउनसमेत पाइनँ’, धादिङको दक्षिणी भेगको विकट चेपाङ गाउँ ब्रुसवाङकी फूलमाया चेपाङले भनिन्, ‘वृद्ध ससुराले दिनभर लगाएर ल्याएको १ गाग्री पानीले १५ दिन पुर्‍याएँ ।’ चेपाङ समुदायको अवस्था बुझ्न विकट बस्ती ब्रुसवाङ पुगेको प्रजिअ श्यामप्रसाद भण्डारी, […]

Continue Reading

किस्ताका लागि रातारात घर: सयौं घरका जग थपिए

रामेछाप ।भूकम्पपीडितलाई पुस मसान्तसम्म डीपीसी गर्न दिएको समयसीमा सकिने दिन जिल्लामा सयौं घरका जग थपिएका छन् । दोस्रो किस्ता लिने समयसीमा थपिने आशामा घरको जग नहाली बसेका पीडितहरू राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले म्याद थपका विषयमा कुनै सूचना नदिएपछि रातारात घर बनाउन जुटेका हुन् । जिल्लाका अधिकांश स्थानमा रातारात जग थपिएपछि त्यसको नापजाँचका लागि प्राविधिकलाई समस्या परेको […]

Continue Reading

२०१९ देखि बिजुली बेच्नुपर्ने, तर हिउँदमा किन्नैपर्ने

काठमाडौ । आगामी वर्षदेखि नेपालमा वर्षात्को समय (वेट सिजन)मा विद्युत् बचत हुने भएको छ । सन् २०१८-१९ देखि वर्षात्को ६ महिना विद्युत्को माग र आपूर्तिबीच सन्तुलन भई ४४० मेगावाट विद्युत् बचत हुने भएको हो । राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको अध्ययनअनुसार आउँदो वर्षदेखि वर्षात्को समयमा विद्युत् बचत हुने भएका कारण भारतबाट आयात गर्नुनपर्ने देखिएको […]

Continue Reading