कोसेली – तीतेपाती तीतेमाछा

लक्ष्मी गौतम पाँचथर जिल्लाको फालेलुङ र याङवरकमा पर्ने सिदिन, प्राङबुङ र च्याङथापु क्षेत्रका केही खोलामा पृथक् जात–स्वादका माछा पाइन्छन् । चटनी, सुकटी र गुन्द्रुकका रूपमा प्रयोग गर्न सकिने यो माछा खाँदा केही तीतो हुने भएकाले यसको नामै रहेको छ— तीतेमाछा । खोला किनारमा तीतेपाती फुलेका बेला आकाश गर्जनसँगै निस्कने तीतेमाछाको विशेषतै फरक छ । यो माछा वर्षको एक […]

Continue Reading

कोपिला – थुलुङ गीत गाउँदै १६ साथी

गणेश राई काठमाडौँ — सोलुखुम्बु, खोटाङ र ओखलढुंगामा कक्षा २ देखि ६ सम्म पढ्दै गरेका १६ साथी भर्खरै राजधानी काठमाडौं आएका छन् । साथीहरू हुन्– पुजना, युगन्ता, प्रवीना, गान्धीदेवी, दुर्गा, प्रीति, विनुकला, प्रशन राई । त्यसैगरी मनिल, विकल, युगल, युजन, जेनिशा, सञ्चिता, सन्तोषी राई छन् । युगल र जेनिशाचाहिँ राजधानीमै पढ्छन् भने अरू सबैजना पहिलो पटक राजधानी आइपुगेका […]

Continue Reading

फिचर – धुनसहितको च्याब्रुङ घडी

चन्द्र कार्की तेह्रथुम — च्याब्रुङकै धुनमा घण्टैपिच्छे बज्ने घडी । घडीको आकार पनि च्याब्रुङकै । लिम्बू जातिको संस्कृति बोक्ने च्याब्रुङ घर (केपाङ) नै बन्दै छ छथर गाउँपालिकाको केन्द्र शुक्रबारेमा । त्यहींबाट आसपासका गाउँ–टोल सबैले थाहा पाउने गरी घण्टैपिच्छे बज्ने मौलिक धुनसहितको घडी पनि राख्न लागिएको हो । घडी त एउटा आकर्षण मात्र पो । च्याब्रुङ घरभित्र बेग्लै संग्रहालयसमेत हुनेछ । त्यसमा […]

Continue Reading

विचार – आमसञ्चारमा अल्पसंख्यक भाषा

दानराज रेग्मी काठमाडौँ — नेपालमा भाषा धेरै भए पनि तिनीहरूका वक्ता ज्यादै कम छन् । नेपालीबाहेक दस हजारभन्दा माथि वक्ता संख्या भएका भाषा सत्र ओटा छन् । यी भाषामा मैथिली, भोजपुरी, थारू, तामाङ, नेवार, मगर, अवधी, बान्तवा, गुरुङ, लिम्बु, बज्जिका, उर्दू, राजवंशी, शेर्पा, आछामी, बैतडेली र डोटेली पर्छन् । नेवार, मैथिली, भोजपुरी, तमाङजस्ता भाषा आमसञ्चारमा राम्ररी आइसकेका छन् । […]

Continue Reading

किराँती कला

विद्या राई काठमाडौँ — भोजपुरको कटुन्जेमा जन्मिएका कपिल राईले तीन दशकअघि काठमाडौं नटेकेका भए कथा अर्कै हुन सक्थ्यो । खोटाङमा जन्मिएकी जानुका राईसँगको जम्काभेट, प्रेम र वैवाहिक सम्बन्धले पनि उनलाई फरक बाटोमा हिँडायो । युवा उद्यमीका रूपमा उनीहरूले आफ्नो बेग्लै पहिचान बनाएका छन् । झन्डै एक दशकको संघर्षले यी दुईलाई आफ्ना मौलिक संस्कृति र पहिचानलाई जगेर्ना गर्न क्रियाशील […]

Continue Reading

आठपरिया राई भाषामा पीएचडी प्रा.डा. न्यौपाने

प्रदीप मेन्याङ्बो काठमाडौँ — लगातार ४६ वर्षसम्म शिक्षण पेसा गरेर त्रिभुवन विश्वविद्यालयबाट तीन वर्षअघि अवकाश पाएका प्राध्यापक डा. टंकप्रसाद न्यौपाने अचेल सेतै फुलेको कपाल छोप्न कालो भादगाउँले टोपी लगाउन थालेका छन् । शब्दमा ‘अवकाश प्राप्त’ भए पनि न्यौपानेमा थकान देखिन्न, उनी अनवरत छन् । काँधमा एउटा सामान्य झोला र त्यसभित्र हङकङे इष्टजनले उपहारमा दिएको ल्यापटप बोकेर टंक […]

Continue Reading

मातृभाषामा लोकवार्ता संकलन गर्दै आयोग

कान्तिपुर संवाददाता ओखलढुंगा — जिल्लाको मानेभन्ज्याङ गाउँपालिकामा छ दशकअघिसम्म एक शक्तिशाली धामी थिए । उनलाई ‘किरलिँगे’ भनेर चिनिन्थ्यो । उनको तान्त्रिक शक्तिका बारेमा अनेक किस्सा अझै जीवित छन् । उनी एकै समयमा फरकफरक ठाउँमा फरक व्यक्तिहरूसँग भेटघाट र कुराकानी गर्न सक्थे भनिन्छ । तर उनलाई प्रत्यक्ष भेट्ने र किस्सा सुनाउने पुस्ता अब थोरै मात्र जीवित […]

Continue Reading

किरात लिपि को बिषयमा भ्रम को खेति नगरौ : गोपाल छाङ्छा

गोपाल छाङ्छा काठमाडौं – प्राचीनकालदेखि नै अस्तित्वमा रहेको किरात लिपीलाई आजका केही लिम्बु लेखकहरुले लिम्बू लिपी भनेर लेख्न थालेका छन् । वास्तवमा यो स्वार्थपरक धारणा हो कि विवेकको कमी हो ? हामी राई जातिले पनि लेख्दै आएको या मान्दै आएको ‘किरात लिपी’लाई ‘लिम्बू लिपी’ भनेर विभिन्न छापाहरुमा आउनु राम्रो होइन । यस्ता विवादले किरात जातिको […]

Continue Reading

गजुरधन राईको भूकम्प संस्मरण : भुइँमा झरेको मात्र थिएँ, वाफ रे

गजुरधन राई नेपाल टेलिभिजनमा म अहिले बिहानी सिफ्टमा समाचार वाचन गरिरहेको छु । भूकम्प गएको दिन (२०७२ वैशाख १२) पनि आफ्नो जिम्मेवारी पूरा गरेर अपरान्ह ‘सिफ्ट’का साथीहरुलाई ‘ह्यान्डओभर’ गर्‍यौं । म ‘युनिफर्म’मै थिएँ । समाचारकक्षबाट युनिफर्ममै ओर्लेर भुइँमा मात्र पुगेका थियौं, भूकम्प आयो । भाग रे भाग चलिगयो । विपतमा सबभन्दा पहिले त परिवारको सम्झना […]

Continue Reading

हेलो शुक्रबार – आफ्नै प्रोजेक्ट

विमल खतिवडा काठमाडौँ — लाहुरेका हुर्किसकेका सन्तान भनेपछि दिमागमा आइहाल्छ– हङकङको आईडीवाला वा बेलायती रातो पासपोर्ट बोक्ने । यी सवाल कटारी, उदयपुरका निबन राईमा भने लागू हुन्न । हङकङमा जन्मिएका उनी अचेल सूर्यविनायक, भक्तपुरमा कुखुरा स्याहार्नै व्यस्त छन् । आठ रोपनी जग्गा भाडामा लिएर निबनको समूहले चौध महिनाअघि जिम्वाल फार्म खोल्दै कुखुरा पालन थालेको हो । काठमाडौंबाट १५ किमि […]

Continue Reading