लोकवार्ताको राष्ट्रिय सम्मेलन भोजपुरमा

पत्रपत्रिका समाचार

लिभु संवाददाता
भोजपुर । लोकवार्ता परिषद्, नेपालको आठौं राष्ट्रिय सम्मेलन भोजपुरमा हुने भएको छ । सम्मेलनको विषयमा बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । लोकसंस्कार र संस्कृतिको अध्ययन र अनुसन्धान गर्ने देशभरका विज्ञको उपस्थिति रहने सम्मेलन आगामी १३–१५ कात्तिकसम्म हुने परिषद्का केन्द्रीय सचिव डा. भक्त राईले बताए ।

सम्मेलनमार्फत लोक संस्कार संस्कृति, विभिन्न बाजाको ज्ञान र सिपको संरक्षण, परम्परागत खानपान, वेशभूषा धर्मकर्मलगायतका विषयमा प्राज्ञिक कार्यपत्र प्रस्तुत हुने भएको छ । सम्मेलनमा भोजपुरको जातजातिको संस्कार संस्कृति, भोजपुर टक्सारको ऐतिहासिक महŒव, बालागुरु षडानन्द एवं योगमायाको विषयसहित करिब ६० वटा प्राज्ञिक कार्यपत्र प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

त्यस्तै, सम्मेलनमार्फत विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्ति एवं संस्थालाई सम्मान गरिनेसमेत जानकारी दिइएको छ ।
http://rajdhanidaily.com/130019/

Leave a Reply

Your email address will not be published.