राष्ट्रिय विभूति फाल्गुनन्द पुरस्कारबाट प्राध्यापक लिम्बुनी पुरस्कृत (भिडियोसहित)

लिभु संवाददाता ललितपुर– समाजसेवी प्राध्यापक भारती ओख्राबो लिम्बुनीलाई राष्ट्रिय विभूति फाल्गुनन्द पुरस्कार २०८० प्रदान गरिएको छ । किरात याक्थुङ चुम्लुङले राष्ट्रिय विभूति समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १३९औं जन्मजयन्ती अवसरमा शनिबार ललितपुरस्थित चुम्लुङहिममा आयोजित मारोहमा उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कार समर्पण तथा जन्मजयन्ती समारोहका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर […]

Continue Reading

ढुंगानाकृत ‘संक्षिप्त श्रीमद्भागवत महापुराण’ सार्वजनिक

लिभु संवाददाता काठमाडौं– लेखक विश्वराज ढुंगानाकृत ‘संक्षिप्त श्रीमद्भागवत महापुराण’ सार्वजनिक भएको छ । सोमबार आयोजित समारोहमा मोहनशरण देवाचार्य महाराजश्री र इतिहासविद् प्राध्यापक दिनेशराज पन्तले सार्वजनिक गरेका हुन् । लेखक ढुंगानाका यसअघि ‘सरल रामायण’ (भावानुवाद), ‘सरल पञ्चतन्त्र’ (कथासंग्रह), ‘नेपाल दर्शन’ (यात्रा उपन्यास) र ‘परलोकको विमर्श’ (ऐतिहासिक नाटक) कृति प्रकाशित छन् । सनातन वैदिक धर्म ऐतिहासिक कालखण्डभन्दा […]

Continue Reading

सोनाम सज्जन किरातीको कविता ‘सम्बन्ध’

सम्बन्ध सोनाम सज्जन किराती सबैभन्दा सानो खुसीको टुक्रा ओढेर रम्न सक्ने मन सबैभन्दा सानो एकफिर्को मासु पाउँदा लोभिने स्वाद र सबैभन्दा सानो त्यो सुनको सियो भाँचिदा दुःखी हुने मन कस्तो होला लोभी या निस्वार्थ ? तिम्रो र मेरो सम्बन्ध यही बन्धनमा अडिएको छ सोच्नेले अनेक यहाँ बहानाहरु बनेको छ यहाँ त सिउँदोको बहाना गरगहनाका बहाना […]

Continue Reading

इतिहासविद् नेम्बाङको ‘लिम्बू इतिहास’ सार्वजनिक

लिभु संवाददाता ललितपुर– इतिहासविद कृष्णविक्रम नेम्बाङ लिखित ‘लिम्बू इतिहास : तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’ नामक इतिहास किताब सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा मुन्धुमविद् बैरागी काइँला, इतिहासविद् भगीराज इङनाम, विश्लेषक बालकृष्ण माबुहाङ, लेखक स्वयंले बुधबार ललितपुरमा उक्त किताब सार्वजनिक गरेका हुन् । मुन्धुम एकाडेमीले प्रकाशित गरेको कृतिभित्र सात अध्यायमा […]

Continue Reading

वाम्बुले राईरूको लोकसंस्कृति बाँसुरी दिवस (फोटो र भिडियोसहित)

गणेश वाम्बुले राई काठमाडौं –  ‘किराती लोक परम्पराको निरन्तरता’ नाराहित किरात वाम्बुले राई जातिले बाँसुरी दिवस मनाएका छन् । वाम्बुले राई समाज, नेपाल (वाम्रास)ले सोमबार ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमालडोलमा आयोजना गरेको ‘साउन १५ सातौं बाँसुरी दिवस तथा खिर खाने’ समारोह आयोजना गरी मनाएका हुन् । ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली जिल्लाका वाम्बुले राई रस्तीबस्तीमा साउन १५ […]

Continue Reading

कवि गगन राईको प्रेमिल दुई गीतहरू

१. चाँदनी झैं चाँदनीझै चम्कि दिनु हिमालझै हाँसि दिनु मखमली माया मलाई मनमा गाँसि दिनु धड्केको छ मुटु मेरो तिम्रो न्यानो साथले तड्पेका छन आँखाहरु तिम्रो मीठो यादले सधैँ सधैँ मेरो तस्विर दिलमा टाँसि दिनु मखमली माया मलाई मनमा गाँसि दिनु तिमी विना जिउँनुको के नै अर्थ हुन्छ खुशी दिउँन पराइले तर व्यर्थ हुन्छ वासना […]

Continue Reading

कवि सोनाम सज्जन किरातीको एउटा नयाँ कविता ‘नयाँ युग’

नयाँ युग सोनाम सज्जन किराती आफैंभित्र हराएको जाँडको छोक्रा मात विनाको रक्सी बनेर छक्याएको दुखिया जीवन जसरी छपनीमा निचोरिएर कलिलो बैँस आगोको भट्टिमा खारिन्छ तब थोपा थोपा हुँदै पसिना बग्छ मान्छेको ठेस परेर दुखेको दर्द मेट्न भित्री घाउहरू सम्म्याउँन र उकाली ओराली ढङढग्याउँन झर्छ अनिवार्य परीको ताल भिजाएर जबर्जस्त छ उतिखेर मेरो हराएको इतिहासको पात्र […]

Continue Reading

वाम्बुले राई भाषामा नाटक : ‘ज्वाँले सुद्धै’ देखि ‘सुम्निमा’ सम्म (फोटो फिचरसहित)

गणेश राई त्यो ‘ज्वाँल्या सुद्धै’ वाम्बुले राई समुदायमा पाइने ऐतिहासिक घटनामा आधारित लोकनाटक हो– ‘ज्वाँल्या सुद्धै’ । ‘ज्वाँल्या’ अर्थ ‘जुम्ल्याहा’ र ‘सुद्धै’ भनको ‘किरिया’ (शुद्धो) भन्ने अर्थ लाग्छ । अर्थात् ‘जुम्ल्याहा किरिया’ या भनौं एकपटक ‘दुई व्यक्तिको किरिया’ भन्ने अर्थ लगाइएको छ । समाजमा सामान्यतः एक पटकमा एकजनाको अर्थात् घर परिवारको कुनै एक सदस्यको मृत्युपछि […]

Continue Reading

गायक रुपकुमार राईको संस्मरण : संगीतको भाकाहरूमा यात्रा गर्दै जाँदा

–रुपकुमार राई प्रकृतिले पूर्णता दुइटै कुराको कारणले गर्दा पाएको छ– नकरात्मक र सकारात्मक । यी दुईमध्ये संगीत सकरात्मक चेतसँग सम्बन्ध राख्दछ । सृष्टि यहाँसम्म आउनु र निरन्तर चलिरहनुमा संगीतको अपरिहार्यता छ । जस्तै, हावा चल्नु । सुस्तरी चलेको हावाको स्पर्श वा आवाजले दिने अनुभूतिले मान्छेलाई आनन्दित तुल्याउँछ । सकारात्मक शान्त अनुभुत गराउँदछ भने त्यही हावा […]

Continue Reading

बुवाको मुख हेर्ने दिन बितिगएका बाःहरूको सम्झनामा कवि लक्ष्मी मालीको कविता ‘बाः’

बा: -लक्ष्मी माली   बाः तातो थियो तेजिलो थियो कहिलेकाही अगाडी पर्ना साथ रापले पोलिन्थ्यो न्यानो पनि त थियो त्यस कारण चिसो लाग्ने डर पनि थिएन ।   तर पनि अगाडी पर्न हत्तपत्त चाहन्न थियौ डर लाग्थ्यो कतै झ्याप्पै पोल्लान् की भनेर बा सँग सधैँ छली-छली हिड्थ्यौ जीवन सधैँ यस्तै ठान्थे यस्तै उज्यालो, रापिलो । […]

Continue Reading