इराकमा दुई वटा आत्मघाती आक्रमण २६ को मृत्यु

एजेन्सी । इराकी राजधानी बग्दादमा सोमबार भएको दुई वटा आत्मघाती बम विस्फोटमा परी कम्तीमा २६ व्यक्तिको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । इराकीमा तीन दिनभित्र भएको यो अर्को भीषण आक्रमण हो । पूर्वी बग्दादको चिकित्सा विभागका प्रमुख डा.अब्दुल घानी अल साआदीले यस आक्रमणहरुमा परी २६ को मृत्यु हुनुको साथै अन्य ९० जना घाइते […]

Continue Reading

ट्रम्पले प्रष्टिकरण दिदैं भने– म रंगभेदी होइन

एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू रंगभेदी नभएको प्रष्टीकरण दिएका छन् । गत बिहीबार आप्रवासी मुद्दाका विषयमा छलफल गर्न ओभल अफिसमा भएको बैठकमा अफ्रिकी मुलुकहरुलाई ‘दरिद्र’ भनेपछि ट्रम्पमाथि रंगभेदीको आरोप लागेको थियो । तर राष्ट्रपति ट्रम्पले भने बैठकमा आफूले कुनै पनि देशलाई ‘दरिद्र’ नभनेको दाबी गर्दै आएका छन् । बैठकमा सहभागी डेमोक्र्याटिक नेताहरुले भने ट्रम्पले […]

Continue Reading

जब विमान रनवे छाडेर समुद्री किनारमा पुग्यो…

एजेन्सी । टर्की विमानस्थलमा एक विमान धावनमार्गबाट चिप्लिएर समुद्र किनारमा पुगेको छ । टर्कीको अंकाराबाट उडान भरेको पेगासस एयरलाइन्सको बोइङ ७३७-८०० समुद्री किनारमा अवस्थित ट्रबजान रनवेबाट चिप्लिएको हो । विमानमा १६८ यात्रु सवार थिए । तर, उनीहरु सबै सकुशल छन् । रनवे समुद्रभन्दा थोरै उचाइमा छ । विमान समुद्रमा खस्नबाट बाल-बाल बच्यो र माटोको भिरालो […]

Continue Reading

क्यालिफोर्नियामा बालबालिकालाई बन्धक बनाउने दम्पत्ति पक्राउ

एजेन्सी । अमेरिकाको क्यानिफोर्नियामा आफ्नै १३ जना बालबालिकालाई बन्धक बनाउने एक दम्पत्तिलाई प्रहरीले पक्रेको छ ।अमेरिकी नागरिक डेभिड ऐलेन र लोइसे आन्ना तर्पिनलाई बालबालिकालाई बन्धक बनाएको आरोपमा घरबाटै पक्राउ गरिएको हो । क्यालिफोर्नियाको प्यारिसस्थित घरमा उनीहरुले बालबालिकालाई साङ्लाले बाँधेर राखेका थिए । बन्धक बनाइएकामा २ देखि २९ वर्ष उमेरका छन् ।बन्धक बनाइएकामध्ये एक जनाले भागेर […]

Continue Reading

चीनको पूर्वी समुद्रमा जलिरहेको पानी जहाज अन्ततः डुब्यो

एजेन्सी। चीनको पूर्वी समुद्रमा गत हप्ता भएको पानी जहाज दुर्घटनापछि जलिरहेको तेल ट्यांकर अन्ततः डुबेको छ ।तेल बोकेको सान्छी नामक पानी जहाज र कार्गो पानी जहाज गत जनवरी ६ मा दुर्घटनामा परेको थियो । इरानी अधिकारीहरुले ट्याङकरमा रहेका ३० इरानियन र दुई जना बंगलादेशी चालक दलका सदस्य सबैको मृत्यु भएको जनाएको छ ।पानीजहाजले १० लाख […]

Continue Reading

अफगानिस्तानमा २६ लडाकू मारिए

एजेन्सी । अफगानिस्तानको सरकारी सुरक्षा निकायले देशभरका विभिन्न ठाउँमा गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २६ आतङ्ककारी मारिएका छन् । गत चौविस घण्टाको अवधिमा भएका ती सुरक्षा कारबाहीका क्रममा अरु १६ जना आतङककारी घाइते भएका रक्षा मन्त्रालयले शनिबार जनाएको छ । अफगानी संयुक्त सुरक्षा फौजले मारिएका मध्ये १३ जना इस्लामिक स्टेट आइएस लडाकू रहेका जनाएको मन्त्रालयद्वारा जारी […]

Continue Reading

‘अफगानिस्तानमा थप ७०० अमेरिकी सेना आउने’

एजेन्सी । अफगानिस्तानको सेनालाई तालिम तथा अन्य सहयोगमा सघाउन थप ७०० अमेरिकी सेना पठाइन लागेको अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै अफगानिस्तानको खामा न्यूज एजेन्सीले शनिबार जनाएको छ । आतङ्कवाद विरुद्धको अभियानमा अफगानिस्तानमा सहयोग गर्दै आएको अमेरिकी सेनाले थप सेना पठाउन लागेकोप्रति लक्षित गर्दै यहाँको तालिवान लडाकू समूहका प्रवक्ता जाविउल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै भन्नुभयो, […]

Continue Reading

अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्य परीक्षण, आयो यस्तो रिपोर्ट…

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वस्थ रहेको रिपोर्ट सार्वजनिक भएको छ । ह्वाइट हाउसमा कार्यरत राष्ट्रपति ट्रम्पका नीजि चिकित्सकहरुले सो कुराको जानकारी दिएका हुन् ।नीजि चिकित्सकहरुको एक टोलीले शुक्रबार राष्ट्रपति ट्रम्पको स्वास्थ्य परीक्षण गरेका थिए । चिकित्सकहरुले राष्ट्रपति ट्रम्पको मानसिक स्वास्थ्य भने परीक्षण नगरेको जनाइएको छ । उनको मानसिक स्वास्थ्यको विषयमा केही चिकित्सकहरुको टिप्पणीलाई […]

Continue Reading

क्यालिफोर्नियामा लेदोसहितको पहिरो, १३ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा लगातारको वर्षासँगै गएको लेदोसहितको पहिरोमा पुरिएर कम्तिमा १३ जनाको ज्यान गएको छ । लगातारको वर्षसँगैको बाढी तथा लेदोसहितको पहिरोका कारण दक्षिणी क्यालिफोर्नियामा मानवीय क्षति भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । क्यालिफोर्नियाको मोन्टेसिटोमा लेदोसहितको पहिरो गएको हो ।  पहिरोमा पुरिएर कम्तिमा २५ जना घाइते भएका छन् । अन्य जनाको उद्धार गरिएको छ । […]

Continue Reading

तनाव अन्त्यका लागि छलफल गर्न उत्तर कोरिया र दक्षिण कोरिया सहमत

एजेन्सी । तिक्ततापूर्ण सम्बन्ध भएका दुई कोरिया सीमा क्षेत्रको तनाव अन्त्यका लागि छलफल गर्न तयार भएका छन् । उत्तर कोरिया र दक्षिण कोरियाका सेना सीमा क्षेत्रमा रहेको तनाव अन्त्यका लागि छलफल गर्न तयार भएका हुन् । दुई कोरियाबीच पछिल्लो दुई वर्षमा पहिलो पटक भएको उच्चस्तरीय वार्तामा सीमा क्षेत्रको तनाव अन्त्यका लागि वार्ता गर्ने सहमति भएको हो […]

Continue Reading