अन्तर कोरियाली वार्ताले राम्रो उर्जा दिएको छ : ट्रम्प

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मङ्गलबार भएको दुई कोरियाबीचको उच्चस्तरीय वार्ताले यी दुई देशको सम्बन्ध सुधारका क्षेत्रमा राम्रो उर्जा दिएको बताएका छन् । हालै दक्षिण कोरियामा सम्पन्न भएको दुई कोरियाबीचको वार्ताको बारेमा बुधबार प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले सो धारणा राखेका हुन् । उनले यसबाट सकारात्मक फाइदा लिँदै अगाडि बढ्न र आगामी दिनमा सौहार्द्र […]

Continue Reading

घानामा महिनावारी भएकालाई नदी पार गर्न प्रतिबन्ध

एजेन्सी । अफ्रिकी मुलुक घानामा महिनावारी भएकालाई नदी पार गर्न प्रतिबन्ध लगाएसँगै बालिकाहरु विद्यालय जानबाट बञ्चित भएको भन्दै अधिकारकर्मीले विरोध गरेका छन् । घानाको आफिन नदीमा बनेको पुलबाट महिनावारी भएको बेलामा वारपार गर्न प्रतिवन्ध लगाएपछि माथिल्लो डेनकायरा इस्ट जिल्लास्थित मध्य क्षेत्रका बालिकाहरु महिनावारी भएको बेला विद्यालय जानबाट बञ्चित भएको भन्दै अधिकारकर्मीले विरोध गरेका हुन् । […]

Continue Reading

अफगानिस्तानमा सन् २०१७ मा २० जना सञ्चारकर्मी मारिए

एजेन्सी । अफगानिस्तानमा सन् २०१७ मा कम्तीमा पनि २० जना सञ्चारकर्मी मारिएका समाचार माध्यमहरुले जनाएका छन् । ‘अफगान जर्नालिस्ट सेफ्टी कमिटी (एजेएससी) र इन्डिपेन्डेन्ट् मिडिया सेफ्टी गु्रप प्रोटेक्टिङ्ग द रिपोर्टरस् राइट्स्’ ले अाज उक्त विषयमा जानकारी दिएका छन् । गत बर्ष अर्थात सन् २०१७ मा अफगानिस्तानमा पत्रकारहरुमाथि माथि भीषण आक्रमण भएको पनि सो समाचारमा जनाइएको छ […]

Continue Reading

चीनले १ लाख ५९ हजार जना भ्रष्टाचारीलाई कारवाही गर्याे

बेइजिङ । मुलुकमा सुशासन कायम गर्न चीनले सन् २०१७ मा १ लाख ५९ हजार १ सय जनालाई भ्रष्टाचारीलाई कारवाही गरेको छ । कारवाहीमा परेका मध्ये १ लाख २२ हजार १ सय जना विभिन्न घटनामा संलग्न र ४८ हजार ७ सय जना गरिबी निवारण कार्यसँग सम्बन्धित रहेको चिनियाँ सञ्चार माध्यमले जनाएकाे छ  । पार्टीभित्रै भ्रष्ट्राचार तथा आचारसंहिता […]

Continue Reading

दक्षिण भारतको एक रेष्टुरेन्टमा आगो लाग्दा ५ कामदारको मृत्यु

एजेन्सी ।  दक्षिण भारतीय राज्य बङ्लुरुमा रहेको एक रेष्टुरेन्टको बारमा आज भएको आगलागीमा त्यहाँ कार्यरत पाँच जनाको मृत्यु भएको छ । मृतकको खनाखत हुन बाँकी छ। प्रहरीका अनुसार कामदारहरु निदाइरहेको बेला रेष्टुरेन्टमा बिहान सबेरै आगलागी भएको हो । आगो नियन्त्रणमा आएको र मृतकलाई पोष्ट मार्टमको लागि अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । गत साता मुम्बइको कमला मिलस् […]

Continue Reading

उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ता शुरु

एजेन्सी । उत्तर र दक्षिण कोरियााबीच आज उच्चस्तरीय वार्ता शुरु भएको छ । २ बर्षयता पहिलोपटक दुई मुलुकबीच उच्चस्तरीय वार्ता हुन लागेको हो । पान्मुन्जोम गाउँस्थित पिस हाउसमा वार्ता भइरहेको बीबीसीले उल्लेख गरेको छ । आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुने शीतकालीन ओलम्पिकमा उत्तर कोरियाको सहभागिताको सम्भावनाका बिषयमा वार्ता बिशेषत: केन्द्रित रहनेछ । दुई मुलुकबीचको सम्बन्ध […]

Continue Reading

आफ्नो क्षेप्यास्त्र आफ्नै शहरमा खस्दा…

एजेन्सी । आफ्नो अनियन्त्रित पारमाणविक कार्यक्रमका कारण विश्वका लागि चिन्ताको विषय बन्न पुगेको उत्तर कोरिया एक पटक आफ्नै कार्यक्रमको शिकार बन्न पुग्यो । परीक्षणका क्रममा त्रुटि हुँदा एउटा क्षेप्यास्त्र उत्तर कोरियाली शहरमै खस्यो । ‘दि डिप्लोम्याट’ पोर्टलमा प्रकाशित एउटा विश्लेषणमा त्यसबारे चर्चा गरिएको छ । सम्पादक अंकित पाण्डा र ‘जेम्स मार्टिन सेन्टर फर नन प्रोलिफिकेशन […]

Continue Reading

दक्षिण कोरियाले उत्तरलाई पठायो वार्ता टोलीको नाम

सोल । उत्तर कोरियासँग गर्ने भनिएको उच्चस्तरीय वार्ताका लागि दक्षिण कोरियाले आफ्नो तर्फका वार्ता टोलीका सदस्यको नाम उत्तर कोरियालाई पठाएको समाचार छ । दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार सो वार्ता टोलीमा पाँच सदस्य रहेका छन् र सो टोलीको नाम हालै स्थापित सीधा टेलिफोन सम्पर्क ९हट लाइन०मार्फत पठाइएको हो । दक्षिण कोरियाका राष्ट्रिय […]

Continue Reading

चारा घोटलामा लालुलाई तीन वर्ष जेल सजाय

एजेन्सी । भारतको विहार राज्यका चर्चित नेता लालुप्रसाद यादवलाई सीबीआईको एक विशेष अदालतले चारा घोटालाको एक मामिहालमा साढे तीन बर्षको सजाय तोकेको छ ।  यादवलाई राँचीस्थित बिरसा मुन्डा जेलमा राखिएको छ । उनलाई उक्त सजाय भिडियो कन्फ्रेन्सको माध्यमबाट सुनाईएको हो । अदालतले साढे तीन बर्षको जेल साजयसहित पाँच लाख रुपियाँ जरिवाना पनि तोकेको छ ।

Continue Reading

उत्तर कोरियाले तय गर्‍यो वार्ता टोली

एजेन्सी । उत्तर कोरियाले दक्षिणसँग वार्ता गर्नका लागि वार्ता टोली तय गरेको छ । कोरियन समाचार एजेन्सी योनापले दिएको खबर अनुसार ‘रि सन वन’को नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरी आइतबार नै दक्षिण कोरियालाई पठाउने तयारी भएको छ । वार्ता टोलीका संयोजक ‘रि’ सिपीआरके का अध्यक्ष रहेका छन् । वार्ता टोलीमा सीपीआरके(Committee for the […]

Continue Reading