इलाम समाज बेलायतको वार्षिक भेलामा

अन्तराष्ट्रिय

मुकेश राई
बेलायत- फार्नबोरो स्थित सामुएल कोडी कलेज् हलमा इलाम् समाज बेलायतको नवौ वार्षिक भेला २९ जुलाई २०१८ मा भब्यताको साथ मनाइयो ! संस्थाका उपाध्यक्ष प्रमिला राईले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वास्थ्य र सुरक्षा सम्बन्धी महत्वपूर्ण जानकारी दिनु भएपस्चात औपचारिक रुपमा संस्थाका अध्यक्ष गोपाल गिरीको सभापतित्वमा दिउँसोको १२ बजे शुरु भएको उक्त कार्यक्रममा संस्थाका महासचिव टेक लोक्तामले सम्पूर्ण आगन्तुकहरुलाई आसन गराउनु भए पस्चात अध्यक्ष गिरी अनि प्रमुख अतिथी भाषाविद डाक्टर नवल किशोर राई ज्युले पानसमा दिप प्रज्वलन गरेर उदघाटन गरेका थिए ! यसै गरी क्रमस: संस्थाका उपाध्यक्ष कृष्ण देवानले स्वागत मन्त्यव्यले सम्पूर्ण आगन्तुकहरुलाई सम्बोधन गरेका थिए ! कार्यक्रममा बिशेष अतिथिका रुपमा लोकप्रिय गायक दिपक लिम्बु लगायत छिमेकी जिल्लाका अध्यक्ष ज्युहरु एव प्रतिनिधिहरुले पनि उपस्थिती रहेको थियो !

कार्यक्रममा बेलायतवासी इलामे नानीहरुलाई सम्मान एवं बधाईका प्रमाणपत्र वितरण गरिएको थियो ! परदेशमा रहेर पनि नेपाली गीत, संगीत र साहित्यमा उल्लेखनिय योगदान दिदै आएका वरिष्ट संगीतकार मुकेश गजमेर, गीतकार निलम आङ्बुहाङ राई, गायक, संगीतकार एवं गीतकार चोक गुरुङ अनि कवि, गीतकार मुकेश राईलाई सम्मान गरिएको थियो ! यसै गरेर यस् बर्ष बेलायतमा हुने फूटबल प्रतियोगितामा गोर्खा कप र भेटेरन कपमा दोहोरो विजयी हात पारेर इलाम र इलामेहरुलाई गौरव प्रदान गरेका इलाम समाज यु के फूटबल टिमका कप्तान धन बहादुर राई अनि सम्पूर्ण खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो साथै हाल संस्थाको विशिष्ट सदश्यता लिनु भएका सम्पूर्ण १३ जना विशिष्ट सदश्यहरुलाई पनि सम्मान गरिएको थियो ! यसै गरेर इलामे चेली अन्जु योन्जनलाई हाल तामाङ् संघ बेलायतको अध्यक्षता गरिरहनु भएकोमा पनि इलामे गौरवलाई कायम गरिरहने शुभकामनाका साथ सम्मान गरिएको थियो ! यस् सम्मान र पुरस्कार हस्तान्तरण कार्य प्रमुख अतिथी डा. राई अनि अध्यक्ष गिरीले गरेका थिए !

दोस्रो चरणको मनोरन्जन कार्यक्रममा स्थानिय गायक चोक गुरुङ, मनिष राई र बिजय राईले राष्ट्रप्रेम र इलाम सम्झाउने गीतहरु प्रस्तुत गरेर कार्यक्रममा रोचकता प्रदान गरेका थिए भने नानीहरु एन्जेला राई र पियुष गुरुङको कुशल नृत्यले दर्शकहरु मन्त्रमुग्ध बनेका थिए ! कार्यक्रमलाई अझै रोचक बनाउन राज कुमार लिम्बु, धन बहादुर राई अनि याम गुरुङ्ले तम्बोला खेलाएका थिए भने विभिन्न दाताहरुबाट प्राप्त पुरस्कारहरुको निम्ती राफल ड्रको पनि ब्यवस्था गरिएको थियो चाखलाग्दो कुरो इलामको प्रसिद्ध अहरु मध्ये एक अकबरेको सुन्दर बोट राफलको प्रथम पुरस्कारको रुपमा राखिएको थियो ! उक्त पुरस्कार संस्थाका विशिष्ट सदश्य धन बहादुर राई (६७२४९) ले स्पोन्सर गर्नु भएको थियो ! यसपछि हाल बेलायत भ्रमणमा रहेका लोकप्रिय गायक दिपक लिम्बुले दर्शकहरुलाई आफ्नो गीतहरु सिम्पल सिम्पल कान्छी जस्ता चर्चित गीतहरु गाएर दर्शहरुलाई लगातार नचाउँदै मनोरन्जन प्रदान गरेका थिए !

अन्त्यमा इलाम् समाज बेलायतका अध्यक्ष गोपाल गिरीले संस्थाले हालसम्म गरेको र आगामी दिनहरुमा गर्ने योजनाहरु छोटकरीमा प्रस्तुत गर्दै अतिथिहरुको उपस्थितिले कार्यक्रमको शोभा बढेको भन्दै उपस्थिती सबैलाई धन्यवाद दिएका थिए ! यसै कार्यक्रममा इलाम समाज बेलायतले निर्माण गरेको महत्वकांक्षी वृतचित्र “इलाम हाम्रो पहिचान” को डिभिडी एक एक प्रति सम्पूर्ण इलामे एवं अतिथिहरुलाई वितरण गरिएको थियो !

सो कार्यक्रममा करिब २०० जना इलामे ब्यक्ति बिशेषको उपस्थिती रहेको थियो, संस्थाका महासचिव टेक लोक्तामले औपचारिक कार्यक्रम संचालन गरेका थिए भने मनोरन्जनको कार्यक्रम चोक गुरुङ्ले गरेका थिए ! कार्यक्रममा गोर्खा भिल्ला रेस्टुरेन्टले स्वादिष्ट भोजन पदार्थ उपलब्ध गराएका थिए भने पेय पदार्थ संस्थाकै व्यवस्थापनमा विशिष्ट सदश्य प्रेम बहादुर राईले जिम्मेवारी वहन गरेका थिए ! यसरी हरेक बर्ष इलाम् समाज बेलायतद्वारा आयोजना गरिने यस् बर्षको इलामे जमघट अत्यन्त सौहार्दपूर्ण वातावरणमा करिव साँझ ८ बजे अन्त्य गरिएको थियो !

Leave a Reply

Your email address will not be published.