नेपाल साँस्कृतिक रुपमा समृद्ध देश : प्रम ओली

समाचार

लिभु संवाददाता
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साँस्कृतिक रुपमा समृद्ध देश भएको बताउनुभएको छ । किराँत धर्मावलम्बीहरुको महान चाड उभौलीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।

सन्देशमा प्रधनमन्त्री ओलीले नेपालमा बसोबास गर्ने विविध जाति, भाषा र धर्मावलम्बीहरुको एकता गर्व गर्न लायक रहेको बताउनुभएको छ । ‘नेपालीहरुले यस विविधतालाई एकताको प्रमुख सूत्रका रुपमा स्विकारेका छन् । जुन विश्वका अरु देशका लागि पनि प्रेरणाको स्रोत हो,’ प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, ‘हाम्रो जातीय विविधामा द्वन्द्वको खेती गर्ने प्रयास विगतमा नभएका होइनन् तर नेपालीहरुले यस्ता तत्वहरुलाई बेलैमा पहिचान गरेर अस्विकार गरे र देशमा जाति, धार्मिक र साँस्कृतिक सद्भाव कायम राखे ।’

प्रधानमन्त्री ओलीले सरकार समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न प्रयत्नशील रहेको उल्लेख गर्नुभएको छ । ‘वर्तमान सरकार समानता सहितको समृद्ध नेपाल निर्माण गर्ने पक्षमा छ । यस अभियानमा नेपालका सबै जाति, भाषा र धर्मका मानिसहरुको सक्रिय ऐक्यवद्धताको पनि आवश्यकता छ,’ प्रधानमन्त्री ओलीको निजी सचिवालयले जारी गरेको सन्देशमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.