श्याम राई
काठमाडौं
दाई ४ वटा सेबाले बनाई दिनुस न.. हुन्छ बस्दै गर म बनाईदिई हाल्छु नी ! सेबाले बनाउने व्यक्ति हुन उदयपुर गाईघाटका ४१ वर्षीय जीवन तामाङ । अहिले बौद्ध तिनचुलीमा बस्दै आएका छन् । उनले ठेला राखेर व्यापार गरेको १४ वर्ष भयो । यतिका समयसम्म एउटै व्यापार गर्नु चानचुने कुरा होईन । उनले १ हजार रुपैयाबाट लगानी गरेका जीवनले अहिले मासिक ४० हजार कमाउदै आएका छन् । ठेलाको व्यापार अहिले आएर उनको परिवार धान्न समस्या नपरेको बताउँछन् ।
कुरा गर्दे गर्दा ४ जना केटाकेटीहरु आउछन दाई हामीलाई एक एक ओटा सेबाले बनाईदिनुस न.. ल ल हुन्छ । ती चारजना सल्लाह गर्छन दाई एउटा एउटा सेकुवा पनि…. ल ल हुन्छ उनले भने विस्तारै सेबाले र सेकुवा खारिएको तेलमा हाल्छन र एकै छिनमा अचार हालेर दिन्छ । बौद्ध स्तुप देखि सिधै तिनचुली जाने बाटोको छेउमा उनको ठेला जहिले पनि बेलुका पख भेटिन्छ । उनले बिहानै उठेर माछा लिनको लागि जोरपाटी जान्छन् । उनले भने, ‘सबै मेरो ग्राहकहरु छोराछोरी समान हुन स्वादिष्ट नै ख्वाउछु । उनीहरुको स्वास्थ्यामा खेलवाड गर्दिन । त्यसैले फ्रेस मासु, माछा जोरपाटी मै लिन जान्छु ।’
अहिले पानी पर्ने भएकोले सानो ट्रिपलले उनको ठेला बारेको छ । उनले दिउसो २ बजे देखि बेलुकी ९ बजे सम्म ठेला राख्ने गरेको छ । कत्तिको दुख छ ? उनले भने, ‘खासै छैन तर, म धेरै सन्तुष्टि छु ।’ फेरी दुई जना ग्राहक आउछन् दाई सेकुवा बनाई दिनुस न दाई, उनले भने ल ल । उनको परिवारमा छोरा, छोरी, र श्रीमति गरी ४ जनाको परिवार छन् । उनका छोराले ८ मा पढ्दै छ । विहान देखि नै सबै परिवार मिलि खानेकुराहरु बनाउँछन र जब २ बज्छ ठेला लिएर सडकमा आउछन । त्यहाँ आएका ग्राहकहरुले यस्तो प्रतिक्रिया दिन्छन् – ‘मिठो भएर त हामी जहिले पनि खान आउँछौ । उहाँले मिठो साथै सफा पनि बनाउनु हुन्छ ।’ दाई भने सेबाले र सेकुवा बनाउनमा व्यास्त हुन्छ ।
कुरा गर्दे गर्दा कहिले भुलिन्छन त कहिले अतालिन्छ, दाई सेबाले होइन सेकुवा चाही दुईटा भनेको उनले फेरी हास्दै दिन्छ । शुक्रबार साझ पख सिमसिम परिरहेको थियो तर उनको ग्राहकहरु भने आउने जाने क्रम रोकिएन । उनको ठेलामा सेबाले, सेकुवा, आलु चिप, माछा आदि पाईन्छ । उनले बनाएको सेबाले, सेकुवा, जम्मा २० रुपैया मात्र पर्छ ।
‘दाईले बनाएको हरेक चिज मिठो लाग्छ । त्यसैले कहिले काही त दुई चोटी पनि आउने गर्छु ।’ एक ग्राहकले भनिन । दाई भने मुसुमुसु हास्छन् मात्रै । दाई कति भयो ? ४० रुपैया । ग्राहक भन्छन, ‘कति धेरै सस्तो हामीले त यहाँ पहिलो पटक खान आएको । जे होस मिठो छ ।’
व्यापारबाट उनले गाईघाटमा ६ धुर जग्गा पनि किनेको छ । उनले क,ख पनि पढेको छैन् तर उनको व्यापारले पढेर मात्रै काम पाईन्छ भन्ने सन्देश दिएको छैन् । चोक तिर राख्दाखेरी स्थानीयबासीहरुले कहिलेकाही दुःख दिएको गुणासो पोखे । तर, अहिले उनले आफू बसेको घरबेटीको घर अगाडी राख्दै आएका छन् । ‘पहिले विदेश जाने सोख थियो अव त यही मेरो व्यापारलाई अंगाल्छु ।’ उनले भने ।
जीवनले आफ्नै ठाउँमा परिश्रम गरेर परिवारसँग खुसीका साथ जीवन विताउने उनको इच्छा छ । ‘पैसा कमाउनलाई विदेश नै जानु पर्छ भन्ने छैन् ।’ उनले भने । उनले बनाएको सबै परिकारहरु बेल्का सम्ममा सकिन्छ । उनले अन्तिममा भने,‘सानासाना मेरा ग्राहकहरु विदेश गएर आउँछन, उनीहरुले भन्छन, दाईले अहिले पनि यही व्यापार गर्दे ? त्यो शब्दले मलाई खुसी लाग्छ ।’ सटर लिएर उनले त्यही व्यापार गर्ने उनको सोच छ । उनको कामबाट पैसा कमाउन विदेश नै जानु पर्छ भन्ने मानसिकतालाई हटाएको छ ।