बान्तावा भाषाको १४औं कविता प्रतियोगिता इलाममा हुने

मातृभाषा

लिभु संवाददाता
काठमाडौं– बान्तावा भाषाको १४औं वार्षिक कविता प्रतियोगिता इलाममा हुने भएको छ । ‘बुङ्वाखा’ मासिक पत्रिकाको १४औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने कविता प्रतियोगिता आगामी मङ्सिर २४ गते इलामस्थित सन्दकपुर गाउँपालिकाको माइमझुवा–२, टोड्केमा हुने विज्ञप्ति जनाइएको छ ।

बुङ्वाखा पदाधिकारीहरूको ललितपुरमा असोज २५ गते बसेको बैठकमा उपस्थिति ।

आयोजक संस्था बुङ्वाखा पदाधिकारीहरूको ललितपुरमा असोज २५ गते बसेको बैठकले सो निर्णय गरेको हो । किरात राई यायोक्खा सन्दकपुर २ सहआयोजक र किरात राई सांस्कृतिक कलाकार संघ सहयोगी संस्था रहनेछन् ।

बुङ्वाखा सल्लाहकार राजेन्द्र बान्तावाको अध्यक्षतामा सम्पन्न सो बैठकमा सल्लाहकारहरू हर्कराज हाङ, चन्द्र कुमार हतुवाली र अशोक मुकारुङको उपस्थिति रहेको थियो । त्यस्तै, सह सम्पादकहरू निराजन राई, मनोज साङसोन, चेन्चेक्वाहरू कपिल राई, रीता राराहाङ र जिडी राईको बैठकमा उपस्थिति रहेको थियो । कविता प्रतियोगिताका निम्ति प्रचारप्रसारमा चन्द्र कुमार हतुवाली, व्यवस्थापनमा रीता राराहाङ, कविता संलनमा निराजन राई र गीत सङ्गीतमा मनोज साङ्सोनलाई संयोजकको जिम्मेवारी तोकेको सम्पादक तथा कार्यक्रम संयोजक पदम राईले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published.