लिसंखुमा तामाङ साहित्यकारको जमघट

मातृभाषा

लिभु संवाददाता
काठमाडौं– सिन्धुपाल्चोकको लिसंखुपाखरमा तामाङ साहित्यकारहरुले दुइदिने साहित्य यात्रा गरेका छन् । तामाङ साहित्यिक संस्था तामाङ डाजाङको आयोजना तथा लिसंखुपाखर गाउँपालिका–२ लिसंखुको आर्थिक सहयोगमा माघ १० र ११ गते दुइ दिने तामाङ साहित्य यात्रा (तामाङ ग्योइकाइ ल्हाम) सम्पन्न भएको हो ।

सिन्धुपाल्चोकको लिसंखुपाखरमा तामाङ साहित्य यात्रामा सहभागीहरु

पुर्व राजदुत डा गणेश योन्जन, तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तान, कान्छा सगरमाथा आरोहि शम्भु तामाङको सहभागिता रहेको यात्रामा पत्रकार एवं साहित्यकार फुलमान बल, राजु स्याङतान, नेत्र तामाङ र कवि राबत थिए । भने अन्य करिब दुइ दर्जन तामाङ कवि तथा लेखक सहभागी भए । कवि मुक्तान थेबा, राम गोम्जा, हिरामाया घिसिङ, बुद्ध योन्जन लामा, मणिकलाल घिसिङ, रोज मोक्तान, साम्देन दोङ, इश्वर थोकर, रन्जना मोक्तान, चन्द्री मोक्तान, मिलन ब्लोन, राजु ब्लोन, धनकुमारी घिसिङ, कविराज काल्तान, रचना मोक्तान, संगिता थिङ, अटुट दोङ, तेज योन्जन, हिरामाया घिसिङ कुसुम, पारस लामा, इकमान लामा पुगेका थिए यात्रामा ।

काठमाडौबाट माघ १० गते हिडेको टोलि गाउँपालिकाको ७ नम्बर वडा ठुलोपाखर स्युगाको ऐतिहासिक छ्योर्तेनहरुको अवलोकन गर्दै तामाङ जातिको मोक्तान थरको किपट एवं थातथलो अन्र्दबुङ प्रवेस गरेको थियो । गाउँपालिकाको वडा नम्बर ४ अन्र्दबुङ अर्थात अन्तरपुरको तर्फबाट खादासहितको न्यानो स्वागत ग्रहण गरेसंगै साहित्य यात्रीहरु टोलि बनाई तामाङ वस्तीवस्तीमा छिरेका थिए ।

पत्रकार एवं बालसाहित्य स्रष्टा नेत्र मोक्तानको टोलि अन्र्दबुङ पाङचेततिर मोडिदा कवि मुक्तान थेबाको टोलि पसेको थियो अन्र्दबुङकै लामाटोलमा । तामाङ समुदायका जनजिवन, संस्कार संस्कृति, कला, ऐतिहासिक कथन तथा मिथ, मौलिकता आदि विषय खोज्न र साहित्यमा उर्तान अन्र्दबुङबाट वास्तिमा छिर्न शुरु गरेका तामाङ साहित्यकारको टोलि लिसंखु (ह्रिस्याङगो) लाई केन्द्र बनाएर छरिए । केहि टोली पुग्यो ह्रिस्याङगो पारिको ठुलो धादिङ त कोहि पुगे ङ्हारदिम सम्म । झिसमिसे साँझमा स्रस्टाहरु गाउँका टोलटोलमा छिर्दा मौलिक खानपानबाट स्वागत सत्कार भयो ।

पाका म्हेमेमामका जिवन भोगाइ, तामाङ संस्कारको ताम्बा ताम, डम्फुरेका गित रात नभनि सुनाए स्थानियले । माघ ११ को बिहान । भाले बासेको प्रहरमै ब्युझिए साहित्य यात्रीहरु । चराको चिरबिर, पुर्वतर्फ सैलुङ डाँडामा अघिल्लो दिन मात्रै झरेर हाँसेको सेताम्य हिउँ । सैलुङको डाँडादेखि नै बहेको अनुभुति हुने चिसोचिसो हावा, काठमाडौंमा निस्सासिएर गाउँ पुगेका स्रस्टाहरु पिँजडाको चरा छाडा छोडे जस्तै फुरुङ्ग । सयौं वर्ष पहिलेका छ्योर्तेन, माने, ओम, चौतराहरुमा रहेका लहरै ढुंगामा लेखिएका बुद्धका वचन, बिहानैदेखि बुद्धकै विभिन्न रुप तथा कथामा आधारित कलाकृति जसलाई भाक्पा (मखुण्डा)े भनिन्छ । बृद्धदेखि युवासम्मका पौरखी हातहरु ज्याबाल समाएर दिइदैथ्यो काठलाई सुन्दर र अर्थपुर्ण आकृतिहरु । जसमा डुब्न पुगेका थिए साहित्य यात्रीहरु पनि ।

घाम छिपिँदै गर्दा सबैलाई आर्कर्षित गराउँदै थियो, ह्रिस्याङगोको छ्योइफेल कुन्देलिङ गुम्बाले । जहाँ छरिएका साहित्यकार बिस्तारै भेला हुदै गए । आफुले देखेको, पाएको विषयवस्तु कविता, गजल र गीतमा उनेर । शुरु भयो, ग्योइकाइ ल्हाम अर्थात साहित्य यात्राको दोस्रो दिनको औपचारिक कार्यक्रम ।

पुर्व राजदुत एवं तामाङ अगुवा डा. गणेश योन्जनको प्रमुख आतिथ्य, गाउँपालिकाका अध्यक्ष कमलप्रसाद नेपालको विषेश आथित्यमा । कार्यक्रम अगाडी बढ्दै जाँदा साहित्यमय बन्यो गुम्बा परिसर । स्थानिय कलाकार सुब्बा योन्जन, लावाङघ्याम्छो लामा, फुरुडोल्मो रुम्बा र फुर्मो लामाको मौलिक गितमा धेरैजना नाचे । यस्तै राम गोम्जा, रन्जना मोक्तान, धनकुमारी घिसिङ, संगिता थिङको तामाङ गीतले सबैको ध्यान तान्यो ।

तामाङहरुको ह्योन्जन थरको ऐतिहासिक थलो ह्रिस्याङगोमा उभिएर तामाङ अगुवाहरुले आफ्नो पहिचान र अधिकारका कुरा पनि उठाउन भ्याए । धेरैको जोड थियो, तामाङ भाषाको शब्द ह्रिस्याङगोलाई बिगारेर लिसंखु बनाउने काम गलत भयो, पुरानै कायम हुनुपर्छ । कार्यक्रमका प्रमुख अतिथि गणेश योन्जनले आफ्नो पुर्खाहरुको ऐतिहास बोकेको ह्रिस्याङगो नाम परिर्तन गरेर पहिचान मेटाउन खोजिएको भन्दै स्थानिय जनप्रतिनिधिलाई सच्याउन आग्रह गर्नुभयो । आफुहरु ताम्सालिङ प्राप्तिका अभियानमा रहेको भन्दै उहाँले तामाङहरुमाथि बिगतमा गरिए जस्तो दमन अब सहेर नबस्ने र आफ्नो अधिकारका लागि सबै जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष नेपालले सबै भाषा, धर्म र जातिका संस्कार संस्कृति जगेर्ना गरी गाउँपालिकालाई पर्यटकीय क्षेत्र बनाउने प्रतिवद्धता जाहेर गर्नुभयो । कार्यक्रममा कान्छा सगरमाथा आरोही शम्भु तामाङ, गाउँपालिकाका उपाध्यक्ष हेमगंगा मोक्तान, वडा अध्यक्ष हस्तबहादुर मोक्तान, गायक चन्द्रकुमार मोक्तान, पत्रकार फुलमान बललयातले मन्तब्य राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.