दशैं २०७५ को अन्तर्राष्ट्रिय आशिर्वाद

कला साहित्य -संस्कृति

अमेरिका जस्तै शक्तिशाली हुनु
तर ऊ जस्तो घमण्डी कहिल्यै नहुनू
जिन्दगीमा कुनै कुराको निर्णय लिँदा
बेलायत जस्तै स्वत्रन्त्र भएर लिनू !

चीनको जस्तो कुशल
रणनीति र कुटनीति अंङ्गाल्दै अघि बढ्नू
भारत जस्तो दोहोरो चरित्र कहिल्यै नदेखाउनू
आफू ‘सही छु’ भन्ने लाग्छ भने
दुश्मन जतिसुकै बलवान् किन नहोस्
उत्तर कोरिया जस्तो हठी भएर लागेको लागेकै गर्नू !

जस्तो सुकै कठिन परिस्थिति आए पनि हिम्मत नहार्नू
जापान (हिरोसिमा र नागासाकी) जस्तै
फेरि आफ्नै बलबुतामा खडा हुन्छु भन्ने आँट गर्नू !

ग्रीसको अर्थतन्त्र जस्तो
‘भित्र खोक्रो बाहिर बोक्रो’ भएर पनि काम छैन
जरैदेखि मजबुत हुनू
रुसको भू–भाग जस्तो छाती चौडा पार्नू
भ्याटिकन सिटी जस्तो
सानो साेंच लिएर कहिल्यै नहिंड्नू !

समय खराब चलिरहेको छ भने
कसैको केही लाग्दैन
कतारलाई उसकै सात ओटा छिमेकीले
एकै चोटि वरिपरिबाट घेरेजस्तै
तपाईंका दुश्मनहरूले घेर्नेछन्
तर पनि नडराउनू
आफ्नो इमानमा डटिरहनू !

आफ्नो फाइदा हुन्छ भने
बीबीसी सीएनएनजस्तो गरी
असत्यलाई पनि ‘सत्य’ र सत्यलाई पनि ‘असत्य’ भन्दै नहिड्नू
सधैं ‘अल्जजिरा टेलिभिजन’ झैँ तटस्थ भएर उभिनू !

संयुक्त राष्ट्रसंघझैं दादागिरी देखाउन थाले
आईएस जस्ता ब्यहोरा भएका छिमेकीहरु
जन्मिन धेर समय लाग्दैन
त्यसैले निर्धाहरूको पनि अस्तित्व स्वीकार्नू
ती आँखा सधैं ‘वीकी लिक्स’ झैं चनाखो राख्नू !

त्यसैगरी तपाईंहरुका बोली र विचारले
संसार भर ‘पनामा पेपर्स’ जत्तिकै तहल्का मच्चाउन्
विजया दशमीको यही छ शुभकामना !

(फेसबुकमा नेपालीय दशैको शुभकामना)

Leave a Reply

Your email address will not be published.