प्रधानमन्त्री ओलीद्वारा श्रीपेच सार्वजनिक

समाचार

लिभु संवाददाता
काठमाडौं- शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सोमबारबाट सार्वजनिक भएको छ । नारायणहिटी दरबार संग्राहलयमा राखिएको श्रीपेचलाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् ।

नारायणहिटी दरबार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले पनि अब श्रीपेच देख्न पाउने छन्। विशेष सुरक्षाका साथ बुलेट प्रुफ सिसाको सोकेसमा श्रीपेचको साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार लगायतका सामाग्री राखिएको छ ।

तत्कालीन राजाहरुले पहिरने श्रीपेचमा ७५० वटा हिराका टुक्रा छन् भने टायरामा २ हजार ७ सय टुक्र छन् । श्रीपेचको पछिल्तिर झुण्डिने आकर्षक कल्ली भने वर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो ।

संग्राहलयको रुपमा राजदरबारसँग सम्बन्धीत धेरै वस्तुहरु आम जनताले अवलोकन गर्दै आएपनि श्रीपेच लगायतका केही वस्तुहरु भने अवलोकनको लागि नराखिएको एबिसीनेपालटीभीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.