वाम्बुले लेखक टिकाराम इनस्पेक्टरमा बढुवा

समाचार

लिभु संवाददाता
काठमाडौं– वाम्बुले राई मातृभाषाका लेखक ‘ट्वाक्सीपुम्ले माइला’ अर्थात् टिकाराम राई प्रहरी निरीक्षक पदमा बढुवा हुनु भएको छ । उहाँ जनपद प्रहरीतर्फ नायव निरीक्षकबाट पदोन्नति हुनु भएको हो ।

नेपाल सरकार गृह मन्त्रालयले यही पुस १८ गते गरेको निर्णयअनुसार ५८ जनालाई प्रहरी निरीक्षकमा बढुवा गरिएका हुन् । त्यसमध्ये टिकाराम राई पर्नु भएको छ । पदोन्नति भएका अधिकृतहरुलाई प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनाल र अतिरिक्त महानिरीक्षक (एआईजी) ठुले राईले दज्र्यानी चिह्न प्रदान गर्नुभएको थियो । उहाँ प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो इन्टेलिजेन्स महाशाखामा कार्यरत हुनुहुन्छ ।

उहाँको जन्म २०३२ असार ३१ गते ओखलढुंगा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–२ (साबिक वाक्सा–९) ह्वाल्माफु गाउँमा भएको हो । आमा मदमकुमारी र बुबा गंगबहादुर राईको माइला छोरा हुनुहुन्छ । उहाँले जनप्रशासन विषयमा एम.पी.ए. र एमफिल उपाधि हासिल गर्नुभएको छ । हाल विद्यावारिधि शोधसमेत गर्दै हुनुहुन्छ ।

उहाँले ‘ट्वाक्सीपुम्ले माइला’ उपनामबाट वाम्बुले राई मातृभाषामा लेख रचना लेख्दैआउनु भएको छ । उहाँका विशेषगरी स्वदेश र विदेशका यात्रा संस्मरण (निबन्ध) महत्वपूर्ण रहेका छन् । ती लेखहरुको संग्रहणीय रहेका छन् ।

फोटो स्रोत – प्रहरी प्रधान कार्यालयको वेबसाइट

Leave a Reply

Your email address will not be published.