सुरुभयो— ढुङ्कुऽ ढुङ्कुऽ उधौली

समाचार

लिभु संवाददाता
ललितपुर–
साकेला सिली नाच्ने नै हो
बारुले कम्मर भा“च्ने नै हो
कोरी बाटी केसै हो
साकेला नाच्ने यसै हो
सोई ढोले सोई
अर्को ढोले खोई …..


किरात राई तन्नेरी तरुनीहरू गोलबद्ध भएर यसैगरी गाउँदै नाच्दै छन् । उधौली साकेलाको याम छोप्दैछन् । काँधमा ढोल गजाले ढुङ्कु ढुङ्कु बजाउँने र दुई हातमा झ्याम्टा झ्याम् झ्याम् ताल मिलाउने पंक्ति साँच्चै रमाइलो छ । युवतीहरु सुनौलो गहना पहिरिएका छन्, कम्पनी माला, शिरमा शिरबन्दी, कानमा तोला, नाकमा ढुंग्री, बुलाकी । तन्नेरीहरु दौरा, सुरुवाल, ढाका टोपी, कोट माथि छड्के भिरेका छन्, ऊनीको झोला, झोलाभित्र आराखाले भरिएको स्वालेवा । मंसिरपूर्णिमाको तिथि । पुस महिनाको जाडो, काठमाडौं उपत्यका सहरको बढ्दो चिसो । उधौलीले सबैलाई रौनक थपेको छ । मौलिक परम्पराप्रति चासो राख्ने बुढापाकादेखि केटाकेटीसम्म सहभागी छन् ।

चामलको सेता टीका

उधौली पितृ र प्रकृतिको पूजा गर्ने चलन छ । ललितपुरको सानो हातिवनस्थित किरात माङहिम (देवघर) छ । यो देवघरमा चारवटा चुला छन् । उत्तरतर्फ राई, दक्षिणमा याक्खा, पूर्वमा सुनुवार र पश्चिममा लिम्बूले पूजा गर्छन् । मुन्धुमी नाक्छोङ, साम्बा, यबा, पूजारीले विधिवत पूजा गरेपछि सुरु भएको छ, यो वर्षको उधौली । पूजारीले सबैलाई चामलको सेता टीका लगाइदिएर आशिर्वाद दिने गरेका छन् । यसरी सानो हातिवनमा १ सय ७० वर्षदेखि किरातीले पूजाआजा गर्दैआएका हुन् । इतिहासविद् मञ्जुल याक्थुम्बाले ‘किरात तीर्थस्थल सानो हात्तिवन’ पुस्तकमा वि.सं. १९०५ भदौदेखि भैरबनाथ पल्टनका राई लिम्बू सैनिकले सुरु गरेको उल्लेख गर्नुभएको छ ।

लिम्बू साम्बा

नेपाल सरकारले वि.सं. २०५८ सालमा किरात धार्मिक वन घोषणा गरी किरात जातिको धार्मिक आस्थाको संरक्षण गरेको हो । हाल किरात माङहिम व्यवस्थापन समितिको पहल र किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, सुनुवार सेवा समाज संस्थाको अगुवाई उधौली तथा उभौलीमा सामूहिक पूजा गर्ने गरिएको छ ।

सुनुवार र राई मुन्धुमी पूजारी

यो चाडलाई राईले उधौली साकेला, लिम्बूले चासोक तङ्नाम, याक्खाले चासुवा, सुनुवार (कोइ“च)ले शा“दरपिदार, भुम्या भनेर मनाउने गर्दछन् । हिमालको चिसो छल्दै माछा र क¥याङकुरुङको हुल तराईतिर बसाई सर्ने भएकाले यो याममा पर्ने चाडलाई उधौली भनिएको भन्ने कथन छ । किरात समुदायमा नया“ अन्नबाली विशेष गरी धान, कोदो, अदुवा आदि पितृलाई चढाएरमात्र घरपरिवारले खान मिल्छ भन्ने धारणा रहेको छ । त्यसैगरी प्रकृतिप्रति आभार प्रकट गर्दै सुख, समृद्धिको कामना गर्ने गरिन्छ ।

लिम्बु च्याबु्रङ नाच

आजैका दिनबाट राई जातिका महिला, पुरुषले ढोल, झ्याम्टा बजाउ“दै गोलाकार साकेला सिली (नाच) प्रदर्शन सुरु गरेका छन् । लिम्बू समुदायले च्याब्रुङ, झ्याम्टा बजाउ“दै गोलाकार नाच प्रदर्शन गरेका छन् । यस्तै, याक्खाले च्याब्रुङ बजाएर केलाङ र डोकेनी नाच नाचे भने सुनुवारले भाले र पोथी ढोल बजाएर शा“दरसिल नाच प्रदर्शन गरेका थिए । यो नाच महिना दिनसम्म निरन्तर रहन्छ ।

पितृ र प्रकृति पूजा

चुम्लुङका अध्यक्ष योगराज लिम्बूले चाडलाई समुदायको नियमित तालिकाका रुपमा विकास भएको बताउनु भएको छ । ‘तर, सरकारले किरात चाड राष्ट्रिय चाडबाट हटाएप्रति हाम्रो संघर्ष जारी छ,’ उहाँल भन्नुभयो । त्यसैगरी याक्खा छुम्माका अध्यक्ष एलबी रोगुले सांस्कृतिक पहिचानलाई उजागर गर्ने काम निरन्तर रहेको जानकारी दिनुभयो । सुनुवार सेवा समाजका अध्यक्ष रणबीर सुनुवारले सरकारले बेवास्ता गर्दैमा परम्परागत चाडको महत्व कम हुन नदिएको उल्लेख गर्नुभयो । यायोक्खाका पूर्वअध्यक्ष मनीकुमार राईले साकेलामा नया“ पुस्तालाई मौलिक भेषभूषासहित उपस्थिति जनाउने र नाच्ने परम्पराको विकास भएको जनाउनु भयो । किरात माङहिममा पूजाआजापछि ललितपुरकै नखिपोट खेल मैदानमा औपचारिक रुपमा नाच प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *