पत्रकार डण्ड गुरुङको पुस्तक ‘निरन्तर नेतृत्व’ प्रधानमन्त्रीबाट विमोचन

समाचार

लिभु संवाददाता
काठमाडौं– प्रधामनन्त्री केपी शर्मा ओलीले पत्रकार डण्ड गुरुङद्वारा लिखित पुस्तक ‘निरन्तर नेतृत्व’को विमोचन गर्नुभयो ।

बेलायतको रेडिङमा तमुधिँ युकेले आयोजना गरेको ल्होछार समारोहमा विमोचन

तमूहरुको चाड ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले सो पुस्तकको विमोचन गर्नुभएको हो ।

पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले पुस्तकले समाजका लागि सकारात्मक सन्देश दिने बताउनुभयो । समाजमा लेखेर योगदान दिने काममा अझ अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो ।

बेलायतमा तमूहरुले सामाजिक संस्थाको रुपमा स्थापना गर्नका लागि गरेको संघर्षलाई समेटेर पुस्तक लेखिएको हो । पुस्तकमा तमुधिँ युकेको हालसम्मको आठ नेतृत्वको अनुभवलाई समेटिएको छ ।

पुस्तकमा तमुधिँ युके स्थापनाको १८ वर्षको संघर्ष र सफलता समेटिएको छ । प्रवासको भूमिमा रहेर पनि समाजसेवामा पु¥याएको योगदान र मानवीय सहयोगका लागि तमुधिँले खेलेको भूमिकालाई पुस्तकको मुख्य विषयवस्तु बनाइएको छ ।

त्यसैगरी, सो पुस्तक ल्होछारको अवसरमा बेलायतमा पनि आज नै विमोचन भएको छ । गण्डकी प्रदेशका योजना तथा अर्थ मामिलामन्त्री किरण गुरुङले बेलायतको रेडिङमा तमुधिँ युकेले आयोजना गरेको ल्होछार समारोहमा विमोचन गरिएको हो । पुस्तक २३२ पृष्ठको छ ।

काठमाडौंको टुँडिखेलमा आयोजित ल्होछार समारोहमै गौरव गुरुङद्वारा लिखित ल्होछार गीतको भिसीडीसमेत प्रधानमन्त्री ओलीले सार्वजनिक गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.