काटिएका बिदा २०७६ पुनर्स्थापित

मुख्य समाचार

लिभु संवाददाता
काठमाडौँ — सरकारले २०७६ सालका लागि १२ दिन सार्वजनिक बिदा थप गर्ने भएको छ । बिदा पुनरावलोकन गर्न गठित कार्यदलले विभिन्न समुदायका गरी कुल १२ दिन सार्वजनिक बिदा थप गर्ने प्रस्ताव सरकारसक्षम पेस गरेको छ ।

उक्त कार्यदलमा गृहमन्त्री रामबहादुर थापा, सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी सदस्य थिए।

उनीहरुले किराँत चाड उभौली (बु्द्ध पूर्णिमा ) र उधौलीका लागि २, इद उल फित्र, बकर इद र मोहम्मद जयन्तीमा ३, क्रिसमसमा १, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारमा ३, छठ पर्वमा १, ऋषि पञ्चमी (महिलालाई मात्रै) १, माघीपर्वमा १ र जनै पूर्णिमामा १ दिन गरी १२ दिन थप गर्न प्रस्ताव गरेको हो।

Leave a Reply

Your email address will not be published.