मिलनकान्छाको फूलको विज्ञप्तिमा के छ ?

‘-विवेक नेपाली

फूलको विज्ञप्ति हात परेपछि सरसर्ती हेरेँ । यो समाचार जस्तो सरर पढेर नहुने खाल्को रहेछ । केही समय निकालेर फुर्सदमा हेर्दैछु । पढ्दाखेरि औधी रोमाञ्चक लागेकोछ । समय सँधै एकनास रहदैन । समयजस्तै मानिसको ईच्छा आकांक्षाहरु पनि एकनास रहदैन । अझ मानिसको ईच्छा आकांक्षाहरु त असाध्यै असीमित हुन्छन् । सीमित स्रोत, साधनहरु र असीमित ईच्छा आकांक्षाहरुका कारण मानिस सँधै संघर्षशील र क्रियाशील भइरहन्छ । यसैकारण अधिक दुःखी पनि छ । तसर्थ, नयाँ नयाँ आविष्कार र खोजमा लागिरहन्छ । नयाँ नयाँ चीजको खोज, अन्वेषणको कारणले नै समाजमा विकासको गति पैदा हुने हो । यो सत्य भएर पनि प्रायले व्यवहारमा लागु नगर्ने र नसम्झने कुराभित्र पर्छ । यो कुरा मननीय छ ।

अहिले राजनितिमा मात्रै विकल्पको नयाँ चीज र नेतृत्वको खोजी भैरहेको छैन । यसो गहिरिएर हे¥यौ भने थाहा हुन्छ कि नयाँ नयाँ चीजको विकल्प खोजी समाज, संस्कृति, विज्ञान, प्रविधि, सङ्गीत, कला, साहित्य आदि÷इत्यदि सर्वत्र भएको पाउछौँ । यो पुरानो सबै चीजको मिती सकिएको, सन्दर्भ सकिएको अब उप्रान्त पुरानो चीजका खासै रुचिकर र व्यवहारिक नभएको भन्ने जनाउ हो । नयाँको खाजी गर्नुको उद्देश्य र कारण मुख्य यहि नै हो ।फुलको विज्ञप्ति असङ्ख्य सुन्दर फुलहरुको विज्ञप्ति लाग्यो । ओझ्यालमा पारिएका फुलको विज्ञप्ति लाग्यो । अझ जोश जागर उर्जा भएका यूवा फूलको विज्ञप्ति लाग्यो ।

यस्तै नयाँ चीजको खोजी गर्नेक्रममा साहित्य विधामा कविताको नयाँ रङ खाज्दै गरेको बताउनुहुने साहित्यकार कवि मिलनकान्छा किरातीले तेस्रो कविताकृति फूलको विज्ञप्ति लिएर पाठकसामु बजारमा आईपुगेका रहेछन ।उनको यसअघि शान्तिको खोजी, संयुक्त कविता सङ्ग्रह बजारमा छ । विलियम वर्डस्वथ, आन्तोन चेखब, इमिलि डिकन्सन, गालिब मिर्जा, गोपाल रिमाल, भूपि शेरचन, हरिभक्त कटुवालको जस्तैखालको लाग्ने तर फरक कविता फूलको विज्ञप्ति इण्डिगो इङ्कले बजारमा ल्याएको हो ।

फूलको विज्ञप्ति एक पढ्नैपर्ने कृति हो । यसमा नयाँ चीजको प्रयोग भएको आभास हुन्छ । कवितामा शब्दहरुसँगको अन्तरघुलन सीमान्तकृत भावना र पीडाहरुसँग छ । उत्पीडितहरुको आवाजहरु छन् । किरातीले लेखकीयमा लेखेका रहेछन्–फूलको विज्ञप्तिभित्र खोलाको गीत र झरनाको सङ्गीत नहुन सक्छ । वादलले आधा काटेको पहाडको कुर्कुच्चाहरु, गरीब गाउँको पसिनाका रङ्ग र सुस्केराहरु पनि नहुन सक्छन् । तुवाँलो–धुलोले सर्लक्क निलेको सहरको कथा र मुटु निचोर्दै मुग्लान ताकेर उडेका हवाईजहाजका पीडाहरु त झन के हुन्थे होलान् ! उनले यस्तो लेखे पनि फूलको विज्ञप्तिभित्र सबै छ । सबै सबैको अनुभूतिहरुको सङ्गालो फूलको विज्ञप्ति हो ।

अत्यान्त विशिष्ट र मौलिक शिल्प र भाषाशैली कविताको अर्को फरक स्वाद हो । काव्यत्मक आधारभूमिमा तिख्खर फरक स्वाद फूलको विज्ञप्तिमा भेटिनेछ । सबै कविताले मन लुटेको छ । फुलको विज्ञप्ति किन पनि पढ्न रुचीकर लाग्योभने यसमा प्रयोग भएका शिल्पशैली नितान्त फरक भेटाउन सकिन्छ । एकसय अठ्चालीस पृष्ठको यस पुस्तक स्मार्ट साइज आकर्षक र भित्री गुदी पनि उत्तिकै स्मार्ट र आकर्षक मनमोहक छ । उनको यस्तै कविताहरु सृजनाहरु आउदो दिनमा पनि पढ्न पाइयोस ।कविलाई भारी बधाई छ ।

प्रकाशित : मङ्गलबार, भदौ ३०, २०७७१८:०९

वाम्बुले फोटो सुटिङ