प्रदेश–१ को नाम ‘किरात प्रदेश’ राख्न यायोक्खाको माग

समाचार

लिभु संवाददाता
धरान ं– किरात राई जातिको छाता संस्था किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनले प्रदेश नं.१ को नाम ‘किरात प्रदेश’ हुनुपर्ने माग गरेको छ । महाधिवेशन सम्पन्न भएलगत्तै बुधबार आयोजित पत्रकार सम्मेलनमा १६ बु“दे धरान घोषणापत्र जारी गर्दै उक्त माग दोहो¥याएको हो ।

अध्यक्ष दिवस राई

यायोक्खाले महाधिवेशनमा ‘इतिहास, भूगोल, संस्कृति र सभ्यताको सम्मान, १ नं. प्रदेश किरात प्रदेश समग्र प्रदेशवासीको आह्वान’ नारा तय गरेको थियो । ‘कथंकदाचित किरात प्रदेश नामांकन हुन सकेन भने पहिचानवादीहरुस“ग सहकार्य गर्दैै विशिष्ट प्रकारको आन्दोलन गरिनेछ,’ भनिएको छ ।

त्यसैगरी प्रदेश–१ मा किरात राई भाषाहरूमध्ये बान्तावा र चाम्लिङ भाषा सम्पर्क भाषा हुनुपर्ने भनेको छ । साथै, अन्य किरात राई भाषाहरूका वक्ता संख्या बाहुल्य रहेको नगरपालिका, गाउ“पालिका र वडामा सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गर्न माग गरेको छ ।

आदिवासी जनजातिको बाहुल्य बसोवास रहेको क्षेत्रहरूमा मातृभाषाको माध्यमबाट बहुभाषिक शिक्षा र कम बाहुल्य क्षेत्रमा विषयको रूपमा पठनपाठन व्यवस्थाको माग गरेको छ । त्यसनिम्ति शिक्षक दरबन्दी सिर्जना गरी शिक्षक सेवामार्फत् पदपूर्ति हुनुपर्ने र यसअघि विषयगत रुपमा मातृभाषा पढाइ विद्यालयमा मातृभाषा शिक्षकको व्यवस्था गर्न भनेको छ ।

नेपाल सरकारले अनुमोदन गरेको अन्तर्राष्ट्रिय अभिसन्धि आईएलओ–१६९ को पूर्ण कार्यान्वयन गर्न सरकारसित माग गरेको छ । किरात क्षेत्रका ऐतिहासिक गढीहरूको संरक्षण र संवद्र्धन गर्न भनेको छ । ‘भोजपुरको हतुवागढीमा रहेको सेनाको व्यारेक र खोटाङको मझुवागढीमा रहेको सशस्त्र प्रहरीको ब्यारेक तुरुन्त हटाइयोस्,’ जारी घोषणापत्रमा छ । जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग दोहो¥याएको छ ।

यायोक्खाको महाधिवेशनले दिवस राईको अध्यक्षतामा ४४ सदस्यीय नया“ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा टिकासरी राई, ज्ञानबहादुर राई(गेन), जीवन हाताचो राई, तिलकप्रसाद राई, राकेश राई, महासचिव जनक राई रहनु भएको छ । निर्वाचित कार्यसमिति यस प्रकार रहेको छ–

१) अध्यक्ष– दिवस राई
२) उपाध्यक्ष– टिकासरी राई
३) उपाध्यक्ष– ज्ञानबहादुर राई(गेन)
४) उपाध्यक्ष– जीवन हाताचो राई
५) उपाध्यक्ष– तिलकप्रसाद राई
६) उपाध्यक्ष– राकेश राई
७) महासचिव– जनक राई
८) उपमहासचिव– भीमराज राई
९) उपमहासचिव– शुभचन्द्र राई
१०) सचिव– दोर्पध्वज राई
११) सचिव– अर्जुन जम्नेली राई
१२) सचिव– कृष्णकुमार राई
१३) सचिव– हेमन्तकुमार राई
१४) सचिव– मातृका राई
१५) कोषाध्यक्ष– देवान राई
१६) सहकोषाध्यक्ष– महेन्द्र राई
१७) सहकोषाध्यक्ष– परशुराम राई
१८) सदस्य– सर्वधन राई
१९) सदस्य– युवराज राई
२०) सदस्य– नवीन राई
२१) सदस्य– दिलिप वान्तावा राई
२२) सदस्य– कमला राई
२३) सदस्य– मञ्जु राई
२४) सदस्य– खड्ग पुमा राई
२५) सदस्य– इन्द्रमान राई
२६) सदस्य– अञ्जना राई
२७) सदस्य– कपिल राई
२८) सदस्य– प्रेम नाछिरिङ राई
२९) सदस्य– तारा राई
३०) सदस्य– नगेशचन्द्र राई
३१) सदस्य– अस्मिका राई
३२) सदस्य– किवाङहाङ राई
३३) सदस्य– विमल किराती
३४) सदस्य– राकेश किराती
३५) सदस्य– अनिता राई
३६) सदस्य– शुशिल राई
३७) सदस्य– विर्शिका राई
३८) सदस्य– राजकुमार राई
३९) सदस्य– मिनाकुमारी राई
४०) सदस्य– मनोज राई
४१) सदस्य– लिलमराज राई
४२) सदस्य– रत्नादेवि राई
४३) सदस्य– गणेशकुमार खालिङ
४४) सदस्य– सञ्जय राई

धरान घोषणापत्रको पूरा अंश–
किरात राई यायोक्खा
केन्द्रीय कार्यसमिति
किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनद्वारा पारित
२०७५ फागुन १८–२१

धरान घोषणा–पत्र
पत्रकार मित्रहरु
सेवा अभिवादन
किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशन २०७५ फागुन १८—२१ गतेसम्म प्रस्तावित किरात प्रदेशको सुनसरी धरानमा भब्य रुपमा समापन भएको छ । महाधिवेशनको तयारीदेखि वन्द सत्रसम्म सकिदा विषेशत प्रदेश नम्बर १ को नाम किरात राख्ने विषयमै छलफल बहस भयो । सम्मेलनले पारित गरेको १६ बुँदे घोषणापत्र जारी गरेका छौ । जुन निम्न प्रकार छ ।

१) संघीय गणतन्त्र नेपालको १ नं. प्रदेशलाई किरात प्रदेश नामाकरण गरियोस् भनी जोडदार माग गर्दछ । यदि कथंकदाचित किरात प्रदेश नामाङ्कन हुन सकेन भने पहिचानवादीहरुसँग सहकार्य गर्दैै संघर्षका कार्र्यक्रम तय गरी विशिष्ट प्रकारको आन्दोलनको गरिनेछ ।२) किरात राई समुदायले किरात लिपि प्रयोगको लागि कार्यदल बनाएर चाँडै कार्यान्वयन गरिनेछ ।
३) विश्वभर छरिएर रहेका विभिन्न भाषिक÷थरगत किरात राईहरू संगठित हुन हार्दिक आव्हान गर्दछ ।
४) किरात राई समुदायको धार्मिक, सांस्कृतिक कार्य गर्ने नक्छो÷नाक्सो, दोवा, कुवी र तोकायाहरुको बृत्ति विकासको लागि अक्षयकोष स्थापना गरिनेछ ।
५) राष्ट्रिय जनगणना २०७८ लाई लक्षित गरी किरात राईहरुको वास्तविक तथ्याङ्कलाई बाहिर ल्याउन र किरात राई समुदायको एकतालाई अझ मजवुद बनाउन भाषिक÷थरको पछाडि राई र धर्मको महलमा किरात, मातृभाषाको महलमा आ–आफ्नो मातृभाषा लेख्ने÷लेखाउने अभियान संचालन गर्नेछ ।
६) प्रदेशको सम्पर्क भाषाको रूपमा किरात राई भाषाहरूमध्ये कमसेकम बान्तावा र चाम्लिङ भाषा र स्थानीय निकाय (नगरपाललिक, गाउँपालिका र वडा) हरूमा समेत अन्य किरात राई भाषाहरू सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गरियोस् ।
७) आदिवासी जनजातिको बाहुल्य बसोवास रहेको क्षेत्रहरूमा मातृभाषाको माध्यमबाट बहुभाषिक शिक्षा र कम बाहुल्य क्षेत्रमा विषयको रूपमा पठन पाठन एवम् शिक्षक दरबन्दी सृजना गर्दै शिक्षक सेवामार्फत् पदपूर्ती गरियोस् । साथै पढाइ सुरु भएको विद्यालयहरुमा मातृभाषा शिक्षकको व्यवस्था गरियोस् भनी जोड्दार माग गर्दछ ।
८) संविधानतः धर्म निरपेक्ष मुलुक घोषणा भैसकेको सन्दर्भमा धर्मको नामबाट हुने सबै खाले हस्तक्षेप र दमनको घोर भत्र्षणा गर्दै धर्म निरपेक्षताको पूर्ण कार्यान्वयनका लागि नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।
९) अनुमोदित अन्तर्रा्ष्ट्रिय अभिसन्धि क्ष्ीइ ज्ञटढ को पूर्ण कार्यान्वयनको लागि नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
१०) किरात क्षेत्रका गढीहरु विजयपुर गढी, हतुवा गढी, साँगुरी गढी, चौदण्डी गढी, केपिलास गढी, चिना गढी, मौरे गढी, मझुवा गढी, चिसंकु गढी, मुक्ली गढी, तलुवा गढी, होलेसुङ गढी, बुढी मोरङ, ओगानेम गढीलगायतको संक्षण र संवर्दन गर्न सरकारको ध्यानाकर्षण गराउद छ ।
११) भोजपुरको हतुवागढीमा रहेको सेनाको व्यारेक र खोटाङको मझुवागढिमा रहेको सशस्त्र प्रहरीको ब्यारेक तुरुन्त हटाइयोस् ।
१२) जननायक सहीद राम प्रसाद राईलाई राजनैतिक परिवर्तनको आन्दोलनमा उहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै अविलम्ब राष्ट्रिय विभूति घोषणा गर्न जोडदार माग गर्दछ ।
१३) समुदायभित्रको धार्मिक व्यापारीहरुलाई निरुत्साहित गर्दै मुन्दुम (प्रकृतिक पुजक) संस्कारलाई संरक्षण, विकास र सम्बद्र्धन गरिनेछ ।
१४) किरात राई यायोक्खाको नयाँ भवन निर्माण गरी कार्यालय थप व्यवस्थिति गरिनेछ ।
१५) झापाको लखनपुरमा रहेको आदिवासी जनजाति रंगशालालाई सोही नामले स्थापित गरियोर ।
१६) किरात राई जातिको मौलिक लोकलय, मौलिक भेष भुषा, लोक कथा र परम्परागत ज्ञान शिपको संरक्षण सम्बर्दनको लागि विषेश अभियान सञ्चालन गरिने छ ।

जनक राई                दिवस राई
महासचिव                अध्यक्ष

तस्बिर सौजन्य ः यायोक्खा

Leave a Reply

Your email address will not be published.