वाम्बुले शिक्षकका अध्यक्ष राई माविमा स्थायी

समाचार

लिभु संवाददाता
काठमाडौं– वाम्बुले राई शिक्षक समाज, नेपाल (वाराशिस)का अध्यक्ष बुद्धिबहादुर राई स्थायी बन्न सफल हुनु भएको छ । शिक्षक सेवा आयोगले लिएको माध्यमिक तहको अंग्रेजी विषय लिखित तथा अन्तर्वार्तामा छनोट हुनु भएको हो ।

शिक्षक सेवा आयोगद्वारा प्रकाशित नतिजा

उहाँ ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–५ स्थित श्री भगवती माध्यमिक विद्यालयमा कार्यरत हुनुहुन्छ । मानेभन्ज्याङ–५ माथिल्लो रिचुवामा साधारण कृषक परिवारमा जन्मिनु भएका राईले त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायबाट अंग्रेजी विषयमा स्नातकोत्तर तह हासिल गर्नु भएको छ । उहाँको जन्म २०४० पुस ५ गते भएको हो । बुवा जनबहादुर राई (वाम्बुले भावाचाचो) र आमा ठगमाया राईको माइला छोरा हुनुहुन्छ ।

उहाँले विद्यालयमा पढाउने कामसँगसँगै २०६८ सालमा गठित वाम्बुले राई शिक्षक समाज, नेपाल (वाराशिस)को नेतृत्व गर्दैआउनु भएको छ । समाजले वाम्बुले राई मातृभाषाको संरक्षण, संवद्र्धन गर्न कक्षा १ देखि ५ सम्मको पाठ्यक्रम निर्माण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *