वाम्बुले फोटो सुटिङ

कला साहित्य -संस्कृति

लिभु संवाददाता
ललितपुर– वाम्बुले भाषा, साहित्य, संस्कृतिप्रति चेतना जगाउने उद्देश्यले पहिलो पटक फोटो खिच्ने काम सम्पन्न भएको छ । ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकाको तेस्रो अंकको निम्ति उक्त फोटो खिचिएको हो । महालक्ष्मी नगरपालिका–१ इमाडोल नयाँ बस्तीस्थित वाम्बुले राई समाज, नेपाल (वाम्रास)को कार्यालय ‘वाम्रास भवन’मा पत्रिकाकै निम्ति भनेर पहिलो पटक फोटो खिच्ने काम गरिएको हो ।

‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकाको तेस्रो अंकको निम्ति वाम्रास भवनमा फोटो सुटिङ

पत्रिकाका सम्पादक तथा प्रकाशन गणेशकुमार राईको परिकल्पना, मोडेल सीता राईको कोरियोग्राफी तथा विकास सौगात र तेज किरातीको फोटोग्राफी रहेको छ । ललितपुरमा रहेका वाम्बुले राई युवा, किशोर, किशोरी, बालबालिकाहरूलाई मौलिक पहिरनमा उपस्थित हुन आग्रह गरिएको थियो ।

युवा समूहमा कामना, अनुका, आशिष, रिनाखा, मेनुका, अबिन रहनु भएको थियो । त्यसैगरी बाल समूहमा निष्ठा, निनिरेम्मा, निक्सेम, रिम्सामा, पुष्पल, वाम्बाहाङ, स्विकृति, नेरिश, बिबिना, रेन्जो, ऋतु, रजनी, आयुषा, अबिन राई रहनु भएको थियो ।

पत्रकार श्याम राई र अभिभावक नानुकला राईले नारा लगाएर अगुवाई गर्नुभएको थियो ।

प्लेकार्डमा उङ्् आचु तिकिया ? वाम्बुले राडु तिकिमे (हामी को हौं ? वाम्बुले राई हौं), वाम्बुले राडु – रान्चो बाकिमे ! (वाम्बुले राई असल छौं), वाम्बुले योर स्वाइमा (वाम्बुले भाषा बोलौं), वाम्बुले योर ¥याक्तिमा (वाम्बुले भाषा लेखौं), वाम्बुले राडु तिकिमे, रितुम मुक्तुम ब्वाकिमे (वाम्बुले राई हौं, रीति मुन्दुम हामीसित छ), राडु योरल्वाँ र्याक्टिमा, वाम्बुलेङ पहिचान याप्टिमा (किराती भाषा लेखौं, वाम्बुले पहिचान बचाऔं) लगायत शब्द लेखिएका थिए ।

त्यस अवसरमा अभिभावकहरू वाम्बुले राई समाज, नेपाल (वाम्रास)का अध्यक्ष गजुरधन राई, उपाध्यक्ष अम्बरबहादुर राई, सीतामाया राई, टिका राई, प्रबिमाया राई, जिमनु राई, औला राई, प्रेमकुमारी राईलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.