सन्दर्भ : योग दिवस – योग नै किन ?

विचार / ब्लग
प्रल्हाद प्रसाद दहाल

मानिस प्रकृतिको एउटा अभिन्न अंग हो । प्रकृतिमा अस्थित्वमा आए संगै मानिस गतिशिल छ । चाहे त्यो ढुङ्गे युग होस वा मध्य युग यात आजको एक्काइसौं शताब्दिको बैज्ञानिक युग । हरेक कालखण्डमा मानिसको अस्थित्व गतिशिलताका कारण नै रहि रहेको छ ।

ढुङ्गे युगमा खानपिनको लागि शिकार गर्न भागदौड गरेर मानिसले शरिलाई जानि नजानी गतिशिल बनाउथे । जहाँ शरिरसंगै मन र मस्तिस्कको भूमिका अनोन्यश्रीत हुन्थ्यो । किनकी एकाग्रता बिना शिकारमा सफलता पाउन प्रायः असम्भब थियो । जब मध्य युगमा पशुपालन र खेतिपातीलाई आप्mनो जिबनमा जोड्न थाले सोहि कर्मले मानिसका लागि गति प्रदान गर्यो । तर यस युगमा आएपछि मानिसको शारीरिक गति यथावत रहे पनि एकाग्रताको गति भने खस्किदो अवस्थामा अगाडि बढ्यो । किनकी शिकारको लागि लगाउनु पर्ने जति एकाग्रता र शारीरिक प्रयास यस बिधाका लागि आबश्यक देखिएन । जसले गर्दा बिस्तारै शारीरिक काम र मानसिक काम अलग बिधा जस्तै हुन थाले ।

वर्तमान युगलाई शहि तरिकाले मूल्याङ्कन गर्ने हो भने मानिसको गतिशिलतामा शारीरिक र मानशिक गतिशिलता स्पष्ट रुपमा ध्रुविकृत हुँदै गएको प्रस्ट देखिन्छ । हरेक कामलाई शारीरिक र मानसिक कामको रुपमा कित्ताकाट गरिएको पाईन्छ । जसको परिणाम स्वरुप मानिस शारीरिक रुपमा शिथिल र मानसिक रुपमा बिच्छिप्त देखिन्छ । अझ स्पष्ट रुपमा भन्ने हो भने आधुनिक बैज्ञानिक आविस्कारको उपयोग संगै मानिसको दिनचर्यामा भिन्नता आएको छ । जसको परिणाम स्वरुप मानिस शारीरिक गतिशिलताबाट बिमुख प्रायः छ । मस्तिष्कले अनावस्यक तनाव व्यहोरीरहेको छ । सामान्य भाषामा भन्ने हो भने मानिसमा आलस्यता बडिरहेको छ ।

अर्काे तरिकाले भन्दा शारीरिक परिश्रमको काम गर्ने मानिसहरु शारीरिक गतिसंगै मन र मस्तिष्कलाई एकाग्र गरेर काम गर्न असमर्थ हुँदैछन् । अनि मस्तिष्कलाई खियाएर काम गर्नु पर्ने मानिसहरुको शारीरिक गतिशिलता शून्य प्रायः हुँदै गएको छ । मनलाई त्यसमा सँगै एकाकार गराउनु त झन् एकादेशको कथा तुल्य हुँदैछ । समग्रमा भन्नुपर्दा मन, मस्तिष्क र शरीर एकाकार हुनुको सट्टा ध्रुविकृत हुदैगईरहेको छ । जसको परिणाम स्वरुप मानिसको गतिशिलताको स्वरुपमा परिवर्तन आएको छ ।

यसको स्वरुपमा परिवर्तन आएसँगै मानिस प्रकृतिबाट प्रत्यक्ष परोक्ष रुपमा टाढा भागिरहेको छ । बास्तविकताबाट टाढा भागेका कारण आज अनगिन्ति समस्या भोग्न बाध्य छ । यी सारा समस्याको न्युनिकरण गर्नका लागि मन, मस्तिष्क र शरिर ध्रुविकृत नभई एकाकार हुन आवस्यक छ । जोडिन आवस्यक छ । जुन जोडिने कर्मलाई नै योग भनिन्छ ।

योगको जननी मानिने ग्रन्थ गितामा “योगः कर्मसु कौशलम्” भनिएको छ । जसको अर्थ कामलाई कुशलता वा निपूर्णता पूर्वक निर्बाह गर्नु भन्ने हुन्छ । शैथिल्यतालाई कायम राखि पूर्ण सुसुचित भएर गरिएको कामबाट निपूर्णता प्राप्त हुन्छ । यसर्थ योग मनलाई बैज्ञानिक तबरले नियन्त्रण गर्ने कौशलता हो ।

योग सुत्रमा महर्षि पतञ्जलीद्धारा “योगः चित्त वृत्ति निरोधः” भनि उल्लेख गरेको पाईन्छ । जस अनुसार योगले चित्तको वृत्तिलाई वास्तविक निरोध गर्दछ । मनमा अनेक प्रकारका राम्रा नराम्रा विचारहरु उत्पत्ति र लय भइरहेका हुन्छन् । जसले हाम्रो मनलाई अस्थिर बनाएको हुन्छ । योगले मानिसमा रहेका यस्ता पक्षको निरोध गर्दछ ।
योग क्षेत्रमा अत्यन्तै महत्वपूर्ण ग्रन्थका रुपमा लिईएको योग वशिष्टमा “मनः प्रशमन उपायः योगः इत्यभिधीयते” भनिएको छ । जस अनुसार एउटा कौशलता पूर्ण चाल जसले मनलाई शान्त राखोस त्यो नै योग हो । अर्थात मनको विचार शून्य अवस्था योग हो ।

उल्लेखित सम्पूर्ण परिभाषाहरुलाई केलाएर अध्ययन गर्ने हो भने मनको अस्थिरतालाई नियन्त्रण गर्नुलाई योग भनिएको छ । जुनकार्य गर्नकालागि शरीर मन र मस्तिस्कको एकाकार हुन । एक अर्काको परिपुरको रुपमा जोडिन अत्यन्त आवस्याक छ । जसको परिणामबाट मानिसमा निम्न कार्यमा फाईदा पुग्दछ । जस्तैः

आचरण शुद्दि : 
अहिले मानिसको जिवनमा खड्किएको महत्वपूर्ण पक्ष भनेको गिर्दाे मानविय आचरण हो । यसको परिणाम स्वरुप सिंगो सामाजिक संरचना, ब्यक्तिगत र पदिय दायित्व, भूमिका, जिम्मेवारी,कर्तव्य, नैैतिकता, ब्याबहार आदि खलबलियको छ । मानिस हुनका नाताले मुख्य मानविय गुण त्याग, क्षमा, समर्पण र उपकार भन्ने कुरा लोप प्राय भएको छ । जसले गर्दा घर, परिवार, समाज र राष्ट्रमा दिनानुदिन हत्या, बलात्कार, द्धन्द, बैमन्स्यता मौलाउँदो छ । दाजुभाई र बाऊबाट छोरी सुरक्षित हुन छोडेका छन् । आमाले आप्mना सन्तानको हत्या आँफै गरेकाछन्, भ्रष्टाचार खुलेआम छ । यो सबैको जड भनेको मानविय आचरणमा सुधार नआएका कारण भएको हो । यसको निराकरणका लागि मन, मस्तिष्क र शरिरको गति एकाकार भएर समान गतिमा अगाडि बड्न आवस्यकछ । जुन कुरा भयो भने म कुन ठाउँमा छु ? के गर्दै छु ? सहि वा गलत ? भन्ने कुरा मानिसले विचार गर्दछ र सहि मार्ग चयन गर्दछ । यसर्थ आचरणको सुधारका लागि योग आवस्यक छ ।

स्वस्थ जिबनः
स्वस्थ जिबन जिउने अभिलासा जो कोहिको हुन्छ । तर स्वयमको व्यवहारका कारण मानिस यसबाट विमुख भईरहेको हुन्छ । वर्तमान बैज्ञानिक युगमा मानिस प्रायः गरी नसर्ने रोगको शिकार भईरहेको पाईन्छ । जुन कुरा स्वयमको जिवनशैली, खानपान, रहनसहन, र अन्य ब्यक्तिगत व्यवहारले निर्धारण गर्दछ । तनाव जन्य रोगहरु जस्तैः निन्द्रा नपर्ने, अपच, कब्जियत, मधुमेह, प्रेसर, मोटोपना, विभिन्न मानसिक समस्या लगाएतका अनगिन्त रोगहरु यसैको परिणाम हो । यी यावत समस्याको निराकरणका लागि मन, मस्तिष्क र शरिरको गतिलाई सन्तुलनमा राख्न अति आवस्यक छ ।

शैक्षिक प्रगतिः
शिक्षा हरेक क्षेत्रको लागि विकासको मेरुदण्ड हो । सम्पूर्ण राष्ट्रमा राष्ट्रिय भविष्यको परिकल्पना त्यहाँको राष्ट्रिय शिक्षा नितिले तय गर्दछ । भविष्यका कर्णधार विद्यार्थि हुन र उनिहरुमा सधै नैतिकता र सकारात्मक आचरणको विकाश हुन आवस्थक हुन्छ । शैक्षिक क्षेत्रलाइ सुधारी समय सापेक्ष मानविय मूल्यमान्यता को स्थापना गर्न वालवालिकाको मन, मस्तिष्क र शरिरको गति एक अर्काद्धारा नियन्त्रित हुन जरुरी छ । जसबाट भविष्यमा सुन्दर , शान्त, शब्य र एकिकृत मानविय समाज र राष्ट्रको परिकल्पना गर्न सकिन्छ ।

खेल जगतः
बर्तमान विस्व एकै आगन भनेर चिनिएको युगमा खेलकुदले एक अर्काे राष्ट्र विच पहिचान जोडने कार्य गर्दछ । यो मानिसलाई यौटै विचारधारामा संग्रहित गर्ने धागो पनि हो । शारीरिक सुगठन देखि लिएर, विभिन्न व्यायाम, कुस्ति, एथलेटिक्स, सर्कस सम्मका विधाहरुलाई यसले समेटेको छ । तर यहाँ बडिभन्दा बडि शारीरिक गतिलाई जोड दिईन्छ जसले गर्दा मन र मस्तिष्कले गौण रुपमा मात्र आप्mनो गतिप्रभाहित गर्छ । सो को परिणाम स्वरुप खेल जिबनबाट निस्कृय भएसँगै धेरै किसिमका समस्याबाट मानिसहरु प्रताडित भईरहेको पाईन्छ । यो त्रिपक्षिय गति सन्तुलनको अभावको परिणाम हो ।

सबै मानिसहरु कुनै न कुनै कर्ममा लागेका हुन्छन् र आप्mनो जिवन ब्यतित गरिरहेका हुन्छन् । कोहि पेशा व्यवशायमा हुन्छन, कोहि सुरक्षामा खटिएका हुन्छन् कोहि कृषि पेशा, खेलकुद, निजामति अनि समाजसेवा, राजनीति लगाएत समाजको आबस्यक्ता र भौगोलीक, राजनीतिक संरचना अनुसारको कर्म गरीरहेका देखिन्छन् । जुनसुकै अवस्थामा जहाँ पनि रहेको भए पनि मानिस सक्रिय जिबन ब्यतित गरि रहेको हुन्छ । त्यो सामान्य जिबन जिउनका लागि कसैले शारीरिक कसैले मानसिक सक्रियता देखाएको हुन्छ । यी सबै कर्मले शरीरलाई स्टिमुलेट (उत्तेजित) गरिरहेको हुन्छ । अर्थात भनौ गति प्रदान गरीरहेको हुन्छ । यहाँ शरिरको शक्रियता हुन्छ तर रिल्याक्सेसन (आराम) पक्षलाई त्यति ध्यान दिईएको पाईदैन वा आरामलाई प्राथमिकतामा राखिएको हुँदैन ।

सक्रियता र आराम दुबै प्रक्रितिले निर्धारण गरेको हुन्छ । जस्तै दिन र रात, सूर्य र चन्द्रमा लाई नियाल्ने हो भने यो कुराको पुष्टि हुन्छ । दिन कामको लागि र रात आरमको लागि प्रक्रितिले निधारण गरेको तथ्य हो । जब उज्यालो र तातो हुन्छ शरिर सक्रिय हुन्छ जब अध्यारो र शितल हुन्छ तव आराम हुन्छ । यहि सिद्धान्तमा योगले काम गरेको हुन्छ र आरामलाई बढि जोड दिएको हुन्छ ।तर अन्य बिधामा यो कुरालाई महत्व दिएको हुँदैन ।

अष्टांग योगलाई आधार मानेर हेर्ने हो भने । यसमा यम,नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान, समाधि भनेर सम्पूर्ण पक्षलाई समेटेर राखेको छ । जहाँ गर्नुहुने नहुने काम अर्थात पालना गर्नु पर्ने नियम देखि शरिरलाई सक्रियबनाउने आसन, स्वासप्रस्वास क्रिया, ज्ञानेन्द्रियको नियन्त्रण देखि एकाग्रता, ध्यान सम्मका सबैले पालन गर्न सक्ने कार्यलाई समेटिएको हुन्छ । त्यसै गरी विभिन्न मुद्राहरु, शरिरमा हुने बन्दाजहरु, र षट्कर्म जस्ता आन्तरीक सफाई विधिहरु उल्लेख गरिएको हुन्छ ।

समग्रमा यी सम्पूर्ण विधालाई सहि तरिकाले अवलम्वन गर्न सके जुनसुकै किसिमको समस्यालाई न्यूनिकरण गर्न र हावि हुन नदिन सकिने बैज्ञानीक तथ्यको विकास हुँदै गएको सन्दर्भमा अन्य शारीरिक कसरतको तुलनामा योग विधालाई अब्बल मान्दा अत्युक्ति नहोला । यसर्थ योग नै किन भन्ने प्रश्नको जबाफ भनैकै यसको बहुपक्षिय गुण हो त्यसैले यस विधालाई अवलम्वन गरौं ।

praladhdahal@gmail.com
(लेखक योग थेरापिष्ट तथा प्रदेश नं १ योग खेलकुद संघको टेक्निकल कोअर्डिनेटर  हुनुहुन्छ )

Leave a Reply

Your email address will not be published.