यस्तो छ, ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकाको नयाँ अंक

बिशेष समाचार

लिभु संवाददाता
काठमाडौं । २०५० सालदेखि प्रकाशन हुँदै आएको ‘लिब्जु–भुम्जु’ पत्रिकाको ८०औं अंक ‘इक लिब्जु–भुम्जु’ पिडिएफ संस्करण प्रकाशित भएको छ । कोरोना भाइरस (कोभिड–१९) ले गर्दा पत्रिका समयभित्र छापिन सम्भव भएन । त्यसैले सो समयावधिको पत्रिका पिडिएफ कपिमात्रै डिजाइन गरी देश, विदेशमा इन्टरनेटको पहुँच भएका पाठकलाई वितरण गरिने छ ।

‘इक लिब्जु–भुम्जु’ त्रैमासिक (लिब्जु–भुम्जु पत्रिकाको निरन्तरता पूर्णाङ्क ८०) वर्ष ६ अंक ७, २०७६ माघ–चैत अंक हो । पत्रिकाको यस अंकमा किरात वाम्बुले राई जातिको पहिरन र गरगहना विशेष सामग्री समावेश गरिएका छन् । आवरणमा गरगहना पहिरिएकी दिप्या वाम्बुले राईको फोटो रहेको छ । त्यसैगरी भित्री पानामा कमलसरी राईको फोटो राखिएको छ । ‘समाज हेर्ने ऐना’ शीर्षकमा सम्पादकीय रहेको छ ।

पहिलो खण्डको आवरण लेखमा गणेश राईद्वारा लिखित ‘किरात वाम्बुले राई चिनारीको जोहो’, गणेश वाम्बुले राई र कुम्भराज राई लिखित ‘मुन्दुम र वाम्बुले टोपी संस्कृति’ र गणेश राई लिखित ‘परम्पराअनुसार नै गरगहना लगाउनु उचित’ शीर्षक आलेख रहेका छन् । खण्ड–२ फोटो फिचर रहेको छ ।
तेस्रो खण्डमा गगनबहादुर राईको ‘ऐतिहासिक ठाउँमा २१औं वाम्बुले कविता प्रतियोगिता’, जगत राई (प्लोकोचे) ‘हराएको लाहुरे’ अप्सन क्याम्पाको ‘अब हामी सुन्दर गाउँको सभ्य गाउँले’, बसन्त राईको ‘पाठ्यपुस्तक नेपालीमा अध्ययन–अध्यापन राई (वाम्बुले) भाषामा’ र मान राई ‘ह्वएन उई ट्रान्फर्म इन्टु आई’ शीर्षक अंग्रेजी लेख रहेको छ ।

चौथा खण्डमा कबिराज राई लिखित ‘दृश्य उही’ खसनेपालीमा नाटक रहेको छ । पाँचौं खण्डमा राजुमान राई लिखित वाम्बुले भाषामा ‘राजुमानङ त्वामल्वाम योर–१’ र छैटौं खण्डमा वाम्बुले जुहारी सालाङ विकास सौगातको प्रस्तुति रहेको छ । यस्तै, सातौं खण्डमा मिलनकान्छा किरातीको ‘कोरियामा कोशी किनारका लोकसुसेलीहरू’ आलेख समेटिएको छ ।

अन्तिममा ‘लिब्जु उपो सामाथान संरक्षण समाजमा नयाँ नेतृत्व’ र ‘धरान प्रज्ञा प्रतिष्ठान सदस्यमा शुभचन्द्र राई’ समाचार रहेका छन् । लिब्जु–भुम्जु पत्रिका अक्षयकोषको विवरण र लिब्जु–भुम्जु पत्रिकाका ग्राहकलाई सूचना जानकारी दिइएको छ । पत्रिकाको पछाडि पृष्ठमा २०५० सालदेखि २०७७ सालसम्म प्रकाशित किराती वाम्बुले राई जाति, भाषा, संस्कृति, साहित्य, पुस्तक तथा पत्रपत्रिका, संगीत एलबम, वृत्तचित्र कृतिहरूको फोटो रहेका छन् ।

पत्रिकाको पिडिएफ कपि लिंक क्लिक गरेर हेर्न सक्नु हुनेछ :

EK Libju-Bhumju Volume 7 pdf

 

Leave a Reply

Your email address will not be published.