दशै बहस – दशै बहिष्कार गर्दा राम्लिहाङ र रिदामाहाङलाई झुन्डाएर हत्या

समाचार
शालिक शातासक राई

किरातीहरुले दशै बहिष्कार गर्ने १० आधारहरु:-
(कुनै पनि भाषा, धर्म, लिपि, सस्कार /सस्कृती, साझा हो र बिश्व कै सम्पदा हो यद्द्पि दशै किराती समुदायको होइन र किराती समुदायलाई जबर्जस्ति लागू गरियो । यो बिचारले कुनै समुदाय प्रति आघात पुगेमा क्षमा प्राथी छु ।
दशै बहिष्कारको १० कारणहरु तपशिल छन । )

१, धार्मिक :-
किरातहरु धार्मिक दर्शन भित्र प्राकृतिवाद र पित्रबाद छ । CBS 2011 अनुसार किरात धर्म मान्ने ११९८८०७ अर्थात ३.१% रहेको छ । प्रकृतिबाद : प्रकृतिमा भएको सबै बन, जङगल ,खोला नाला ,भिर पाखा पुजा आराधाना गर्नु मान्नु हो । पित्रबादमा आफ्नो पिता पुर्खाहरु जो चुल्होमा कुलमा गएका छन उनिहरुको सम्झन्नु नया बाली आफू खानु अगाडि उनिहरुलाई तर्पन दिनु हो ।
हिन्दु धर्म CBS 2011 अनुसार ८१.३% रहेको छ ।जुन प्रकृतिबाद र पितृबाद छैन । हिन्दु धर्ममा दशै अनिबार्य चाड पर्द्छ ।

२,ऐतिहासिकता:-
नेपालको इतिहासमा किरातकालिन इतिहास ३२ पुस्ता राजाहरु जस्को शासनाबधि २००० ( करिब दुई हजार बर्ष ) रहेको प्रमाण छ । र अहिले प्रथम राज हाङ यलमबर स्मृतिमा चलाएको “यलमबर सम्बत ” पनि ५०७९ चलिरहेको छ । यी शासन कालमा दशै कतै मनाएको वा भएको भेटिदैन । खास गरि राणा कालमा आएर दशै मान्न्ने / जबर्जस्ती मान्न लगाउने निकै ठूलो प्रभाव देखिन्छ ।

३, मुन्दुम:-
मुन्दुम किरातहरुको दर्शन हो , यस्मा जीबनपदती लुकेको छ जति पनि किरातीहरु मूल्य , मान्यता परम्परा आदिमा बाचेको छ , निर्भर भएको छ त्यो मुन्दुमबाट निर्देसित भएको छ । बडादशै, दशेरा, बिजयादशमी यो मुन्दुमको कुनै पनि ठाउमा उचारण समेत छैन त्यसो भएकोले दशै किरातीहरुले मान्दैन ।

४, मौसम/ समय :-
दशै २ पटक मनाइछ चैत्र शुक्ल प्रतिपदादेखि र आश्बिन शुक्ल तिथिमा यसमा किराँती चाड कुनै पर्दैन बरु किरातिहरु उधौली मङ्सिरमा र उभौली बैशाख तिथिमा भब्य सभ्य रुपमा मनाउने चलन छ ।

५, मिथक/ कथा :-
दशैमा काली, नबदुर्गा, महिषाशुर, भगवती आदि लाई मान्दछन र यी पात्रहरुको बिरता कथा आउँछ तर किरातिहरु अध्यात्मिक पुर्खा नायिमा पारुह सालपा, रिभरिमा , सुम्निमा पारुहाङ , तयामा खियामा ररैछाकुले/ खाक्चिल्लुप आदि मान्दछ र उनिहरुको बिरताको कथा गाइन्छ ।

६, मूल्य /मान्याता :-
दशै कुनै पनि किराँती मूल्य मान्यता भित्र पर्दैन राम र रावनको कथा आचरण किराँती मूल्य मान्यताको कथामा आउदैन त्यसैगरि नबदुर्गा , महिषासुरको कथा छैन त्यसकारन दशै किराँती मान्दैन ।

७, सास्कृतिक सहिद :-
(राम्लिहाङ र रिदामाहाङ ।)
रिदामाहाङ र राम्लीहाङ दशै किरातीहरु होइन भनी प्रतिकार गर्दा तत्कालिन श्री ३ जङग बहादुर रानाको निर्देशनमा १८६७ मा निरमम्ता पुर्बक हत्या गरियो । उक्त हत्या गरिएको ठाउमा धनकुटाको चुलिबनमा राम्लिहाङ रिदामाहाङ्को शालिक स्थापना गरिएको छ । अहिले सास्कृतिक सहिद राम्लिहाङ र रिदामाहाङलाई मनिन्छ ।

८, राजनैतिक:-
१८३१ मा पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण पश्चात् वल्लोकिरात , माझकिरात, पल्लोकिरात दशै अनिवार्य लागू गरयो । कब्जा गरिएको गढी / कोटघर आदि हिन्दुकरन गरि मन्दिर स्थापना गर्यो ।

९, सामाजिक:-
नैतिक र सामाजिक हिसाबबाट ७०% बढी हिन्दु राज्य भएको समाजमा बध्यता बस सामाजिक हिसाबले दशै मान्नु पुगे ।

१०, राज्यको निति:-
दशैमा राज्यको उच्च तहबाट नै संरक्षणको लागि करोडौं रकम बिनियोजन गरि सेवा सुबिधा दिइयो र दशैलाई अनिबार्य लागू गरियो । राज्यको नीति नै गैर हिन्दु धर्मालम्बीलाई नि अनिबार्य शर्त लागू गरियो । आदिबासीहरु चाड पर्बलाई कुनै प्रोत्साहन दिएन ।

प्रतिक्रिया :-
shatasak@gmail.com
राम्लिहाङ र रिदामाहाङको शालिक फोटो शालिक शातासक राईको फेसबुकबाट

Leave a Reply

Your email address will not be published.