कोरोनाले खोस्यो, सिंगापुर भर्ती लागेका ६ युवाको सपना

समाचार

यो वर्ष बेलायतमा ३ सय ४० र सिंगापुर १ सय ३४ जना छानिए
गणेश राई
काठमाडौं– भोजपुर कुलुङका तन्नेरी कोरोना भाइरस महामारी त्रासका वावजुद यसै पटक सिंगापुर पुलिस फोर्समा छनोट भएका थिए । महामारीले गर्दा यो पटक ‘इन्टेक–२०२१’मा गत वर्ष अन्तिम छनोटबाट बाहिरिएकालाई मात्र भिड्ने अवसर दिइएको थियो । ब्रिटिस आर्मी मुख्यालयले ब्रिटिस आर्मी र सिंगापुर पुलिस फोर्सका निम्ति नेपाली युवा छनोट गर्दैआएको छ । त्यसैअनुसार यसपाली ७ सय ७० नेपाली युवालाई मात्र अन्तिम प्रतिस्पर्धामा बोलाएको छ ।

मुख्यालय र ब्रिटिस गोर्खा नेपाल (बिजिएन)ले यो वर्ष भोजपुरलगायत ५६ जिल्लाका युवा पोखरा बोलाएका थिए । पूर्वसूचना अनुरुप पोखरास्थित ब्रिटिस क्याम्पमा छनोटका निम्ति प्रवेश गर्नुअघि चौध दिन क्वारेन्टाइन बसेको हुनुपथ्र्यो । सामूहिक नभई ३२–३२ जनाको टोलीलाई आलोपालो छनोट गरिएका थिए । ब्रिटिस गोर्खाको भन्दा एक महिनाअघि सिंगापुरका निम्ति छनोट गरिएको थियो, जस भोजपुरका ती तन्नेरी पहिलो चरणमै छानिएका थिए ।

त्यसरी छोरा ‘सिंगापुर लाहुरे’ बनेको खबरले उता गाउ“घरमा उमंग छायो । खुसियालीमा बाबु–आमाले आफ्नो किराना पसलका सामान आधा दाममा बा“डे । भोज पनि चलाए । यो पटक अभिभावकलाई नबोलइने भएकाले छोरालाई विदाइ गर्न पोखरा पुग्न पाएनन् । छोरा भर्ती भएको दस दिनपछि ‘कोरोना पोजिटिभ’ देखिएपछि रेक्रुटिङ टिमले विदाइ ग¥यो ।

संघर्षपूर्वक भर्ती लागेका भोजपुरका यी तन्नेरीस“गै ६ जना युवा त्यसरी नै निकालिएका छन् । फर्काइएका युवा पा“चथर, दाङ, गोरखा, लमजुङका हुन् । बेलायत सरकारले भर्ती भिडेका जवानमध्ये कसैमा कोरोना पोजिटिभ देखिए फर्काइने पूर्व सूचना जारी गरेको थियो । भर्ती हुनुअघि उनीहरूले अभिभावकको हस्ताक्षरसहित ‘कोरोना पोजिटिभ’ नभएको पत्र बुझाएका थिए ।

‘कोभिड–१९ को कुनै लक्षण नदेएिको र केन्द्रीय छनाटमा भाग लिनुभन्दा पहिले १४ दिनसम्म अलग्गै बसेको छु,’ मन्जुरीपत्रमा छ, ‘मेरो बाबा, आमा तथा अभिभावक साक्षी छन् । मैले केन्द्रीय छनोटमा भाग लिनको लागि यात्रा गर्दा नेपाल सरकारको निर्देशनअनुसार सामाजिक दूरी तथा मास्कको प्रयोग गरेको छु ।’

बिजिएनका एक सदस्यका अनुसार सर्त बुझाउनुअघि सावधानी नपनाउ“दा ती ६ युवाको ‘सैनिक करिअर’ टुंगिएको हो । ‘कम्तिमा चौध दिनको क्वारेन्टाइनको पालना गरेका भए ती भाइहरूको करिअरमा दुर्घटना हुने थिएन,’ ती सदस्यले भने । भर्ती कोटा घटेपछि बा“की १ सय ३४ जना कुलशतापूर्वक सिंगापुरस्थित ब्यारेक प्रवेश पाएका छन् । उनीहरूलाई सिंगापुरबाट भिडियो कलमा अन्तरवार्ता लिइएको थियो ।

ब्रिगेड अफ गोर्खाजका निम्ति देशभरिबाट ५ सय ६० जनालाई अन्तिम प्रतिस्पर्धामा बोलाइएका थिए । तीमध्ये ३ सय ४० जना छनोट गरिएका छन् । उनीहरूलाई वैयक्तिक विवरणजन्य कागजात, सामान्य मेडिकल टेस्ट गरी भर्ती लिइएका थिए । विगतमा शारीरिक, भौतिक, शैक्षिक प्रतिस्पर्धा गराइन्थ्यो । भर्ती जा“च लिन बेलायतबाट कुनै प्रतिनिधि आएका थिएनन् भने ब्रुनाई युनिटका प्रतिनिधि आएका थिए । भर्ती लिइएका जवानलाई भिडियो कलमार्फत् अंग्रेजी भाषा सुनाइ र बोलाइ अन्तरवार्ता लिइएको थियो ।

‘ब्रिटिस आर्मीमा छनोटमा परेकालाई चाहिं होसियारीपूर्वक तारे होटेल क्वारेन्टाइनमा राखिए,’ बिजिएन सदस्यले भने, ‘भर्ती लिइएका कसैलाई निस्कासन गरिएका छैनन् ।’ बेलायत सरकारले ब्रिगेड अफ गोर्खाजमा सैनिक संख्या बढाउने नीति लिएको छ । तर, यो पटक विगतभन्दा थोरै संख्यामा भर्ती गरिएका छन् । गत वर्ष ब्रिटिसमा ४ सय ३२ जना र सिंगापुरमा २ सय २० भर्ती लिइएको थियो ।

अर्को वर्षको तयारी
‘रेक्रुट इन्टकर(आरआई)–२०२२’ का रजिस्ट्रेसन आवेदन खोलेको छ । ब्रिटिस आर्मी मुख्यालयले आफ्नो वेबसाइट आर्मी डट एमओडी डट युकेमा उक्त जानकारी गरेको हो । जसमा प्रतिस्पर्धीको न्युनतम उमेर १८ देखि अधिकतम २१ वर्षको हुने जनाएको छ । २०५७ पुस १७ देखि २०६० पुस १७ भित्र जन्मेकाले सहभागी हुन पाउने उल्लेख छ ।

फोटो क्याप्सन : पोखरामा ब्रिटिस आर्मी भर्ती छनोट इन्टेक–२० मा सफल रेकरुट परेड प्रदर्शन गर्दै ।

तस्बिर : आर्मी डट एमओडी डट युके

 

Leave a Reply

Your email address will not be published.