कवि सोनाम सज्जन किरातीको रचना– चुमिरहन्छन्

कला साहित्य -संस्कृति

चुमिरहन्छन्


-सोनाम सज्जन किराती

इन्स्युरेन्स विना
गुडिरहेको जीवन
खास बाटोहरूमा
भर नहुँदो रहेछ

जहाँ अनुमानित
अपमानहरूले खिल्ली उडाइदो रहेछ

यसर्थ ,एक्लो बन्न बाध्य
भइँदो रहेछ

बाटो पक्की कच्ची दुवै छ
विपनाको इजाजत
नपाएको जिन्दगीले
कच्चीमै धेरै गुड्नु पर्छ

जहाँ सहजताको
अनुमान फेल हुन्छ
अनि खाउलोहरू
कदापि पार गर्न सकिदैन
न त्यो खाल्डो पुर्न सिकाउँछ
यो संसारका ठगहररू
यसरी सजिलो बाटोहरूमा
हिंडेर रमिरहेको हुन्छ
असहजतामा हिडेकालाई सताएर
सहजता चुमिरहेको हुन्छ
यस्तै छ बाटो
हिंडिरहनेहरूको हालत।

हलेसी तुवाचुङ नगरपालिका–२ दाम्ली, खोटाङ
हाल– काठमाडौंं ।

Leave a Reply

Your email address will not be published.